माघ १९, २०८२ सोमबार | ००:३४:१९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित हासिल गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा अन्तिम समय सम्हालिन नसक्दा फ्रेन्ड्सले एक अंक गुमायो । नवराज गुरुङले इन्जुरी समयमा गोल गर्दै मनाङलाई तीन अंक दिलाए ।

खेलको १२औं मिनेटमा एन्ड्रियु इबोले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको दुई मिनेट बित्न नपाउँदै प्रशान्त लक्समले फ्रेन्ड्सलाई खेलमा फर्काएका थिए । अन्तिम सेकेन्ड्सतिर फ्रेन्ड्सले आफूलाई सम्हाल्न नसक्दा लिगमा तेस्रो हार बेहोर्यो ।

मनाङको यो लगातार दोस्रो जित हो । जितसँगै मनाङ पाँच खेलमा ६ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लियो । समान खेलबाट ४ अंक जोडेको फ्रेन्ड्स नवौंबाट १०औं स्थानमा झरेको छ ।

दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबमाथि ३–१ को पुनरागमन जित हासिल गर्यो । श्री भगवतीले खेलको १२औं मिनेटमा अजित लामाको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमै जिलेश्पीजंग कार्कीले खेललाई बराबरीमा ल्याए । त्यसपछि नवयुग श्रेष्ठले दुई गोल गरे ।

जितसँगै पाँच खेलमा ११ अंक जोड्दै आर्मी चौथो स्थानमा उक्लियो । श्री भगवती समान खेलबाट चार अंक जोड्दै १२औं स्थानमा झरेको छ ।

दिनको पहिलो खेलमा अंकविहीन काँक्रे बिहार क्लबलाई ३–० ले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड पाँचौं स्थानमा उक्लियो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्लानिङलाई जित दिलाउन बवीन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।

लिगमा प्लानिङको यो तेस्रो जित हो । यो नतिजासँगै पाँच खेलमा १० अंक जोड्दै प्लानिङले दुई स्थान सुधार गर्यो । समान खेल खेलेको काँक्रे बिहारले सबैमा विपक्षीलाई नतिजा सुम्पिएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।