माघ १९, २०८२ सोमबार | ०४:३२:०७
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा

काठमाडौं । पोखरामा जारी साफ यु-१९ महिला च्याम्पियनसिपमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग खेल्दैछ । पोखरा रंगशालामा खेल दिउँसो ३ बजे हुनेछ ।

दुबैले हारका साथ प्रतियोगिताको सुरुआत गरेका थिए । उद्घाटन खेलमा भुटानले बंगलादेशसँग १२-० को फराकिलो हार बेहोर्यो । त्यसपछि भारतले नेपालमाथि १-० को जित निकाल्यो ।

चार टोलीको सहभागीता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ । लिग चरणपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनल खेल्ने सेटअप छ । त्यसैले सोमबार नेपाल र भुटान दुबैलाई ‘अर्ली एक्जिट’का खतरा छ । नतिजा बराबरी आएमा दुबैको फाइनल पुग्ने चुनौती कठिन मोडमा पुग्नेछ । हारे एक खेलअगावै टोली फाइनल समीकरणबाट बाहिरिनेछ ।

माथिल्लो उमेर समूहमा भुटान र नेपाल छैटौंपटक आमने–सामने हुँदैछन् । यसअघिका सबै भिडन्तमा नेपाल भुटानमाथि हाबी रहँदै आएको छ । नेपालले ४.६ को औसतमा कूल २३ गोल गरेको छ । गत वर्ष जुलाईमा सम्पन्न छैटौं संस्करणमा नेपालले दुबै लेगमा भुटानविरुद्ध फराकिलो जित हासिल गर्यो । पहिलो लेग ६–१ ले नेपालको पक्षमा गएको थियो । दोस्रो लेगमा नेपाल ८–० ले विजयी भयो ।

पहिलो लेगमा पाँचमध्ये दुई गोल अट्याकिङ मिडफिल्डर सेनु परियारले गरेका थिए । सेनुका लागि भुटान ‘फेबरेट’ प्रतिद्धन्द्धीभन्दा फरक पर्दैन । ढाकामै सम्पन्न पाँचौं संस्करणमा नेपालले भुटानमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको थियो । खेलको निर्णायक गोल सेनुले नै गरेकी थिइन् । यति मात्र कहाँ हो र ? गत वर्ष साफलगत्तै अगस्टमा भएको एएफसी यु–२० छनोटमा नेपालले घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो । नेपाललाई सुरुआती अग्रता सेनुले नै दिलाएकी थिइन् ।

पोखरामा सेनुले छैटौंपटक उमेर समूहमा देशको प्रतिनिधित्व गरिरहेकी छन् । उनीसँगै सेन्ट्रल मिडफिल्डर तथा कप्तान सुशीला केसी र स्ट्राइकर वर्षा ओली छैटौं प्रतियोगिता खेलिरहेका छन् । सँगै पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सेन्टरब्याक माया मास्के, सबै टोलीका हेर्नलायक खेलाडी हुन् । तर, सेनुले भुटानविरुद्ध खेल्ने नखेल्ने टुंगो छैन । प्रतियोगिता मुखैमा आउँदा घाइते भएकी सेनुले भारतविरुद्धको खेल गुमाएकी थिइन् ।

भारतविरुद्ध गोलका लागि संघर्ष गरेकी वर्षालाई आज गोल गर्नैपर्ने दबाब रहनेछ । आफ्नो उपस्थितिमा पछिल्ला तीन भेटमा नेपालले भुटानविरुद्ध १५ गोल गर्दा वर्षाले एक गोल पनि आफ्नो नाममा लेखाउन सकेकी छैनन् । यो कुरामा वर्षा पक्कै पनि ‘अवेर’ छिन् । गत संस्करण वर्षाले ४–४–२ फर्मेशनमा स्ट्राइकिङ पोजिसनमा पूर्णिमा राईलाई साथ दिएकी थिइन् । पूर्णिमाले चार गोल आफ्नो नाममा लेखाउँदा वर्षाले स्कोरसीटमा आफ्नो नाम लेखाइन् । दोस्रो खेलदेखि मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मिना देउवालाई पहिलो रोजाईमा मौका दिए । वर्षा भने अट्याकिङ मिडफिल्डरका रुपमा देख्न थालिन् । एउटा आश्चर्यजनक तथ्य के पनि छ भने वर्षाले माथिल्लो उमेर समूहमा गोलको खाता खोल्न सकेकी छैनन् ।

यसपाली नेपाल अनुभवी वर्षामै अडिएको छ । भारतविरुद्ध मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ४–१–४–१ फर्मेशनमा टोलीलाई उतारेका थिए । भुटानविरुद्ध पनि वर्षा एक्लै स्ट्राइकिङ पोजिसनमा हुने अनुमान गरिएको छ । यस्तोमा उनलाई चाहिने भनेको अट्याकिङ मिडफिल्डरहरुको साथ हो । उनीसँगै भूमिका बुढाथोकी र सिर्जना बडुवालको जिम्मेवारी पनि ‘भाइटल’ रहनेछ ।

एउटा छुट्टाउनै नहुने प्रशंग भनेको सन् २०२२ मा ढाकामा सम्पन्न साफ यु–१५ च्याम्पियनसिप हो । जतिबेला नेपालले भुटानसँग दुई लेगमा प्रतिस्पर्धा गरेको थियो । पहिलो लेगमा नेपाल ७–० ले विजयी भएको थियो । त्यतिबेला वर्षाले चार गोल गरेकी थिइन् । अनि सेनुले पनि एक गोल गरेकी थिइन् ।

दोस्रो लेगमा नेपाल १–० ले विजयी भयो । निर्णायक गोल सेनुकै थियो ।

नेपाल र भुटानको खेलअघि दिनको पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । भारत र बंगलादेश एक खेलअगावै फाइनल पुग्ने दाउमा हुनेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।