चैत्र ६, २०८२ शुक्रबार | ००:५०:५८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा

काठमाडौं । पोखरामा जारी साफ यु-१९ महिला च्याम्पियनसिपमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग खेल्दैछ । पोखरा रंगशालामा खेल दिउँसो ३ बजे हुनेछ ।

दुबैले हारका साथ प्रतियोगिताको सुरुआत गरेका थिए । उद्घाटन खेलमा भुटानले बंगलादेशसँग १२-० को फराकिलो हार बेहोर्यो । त्यसपछि भारतले नेपालमाथि १-० को जित निकाल्यो ।

चार टोलीको सहभागीता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ । लिग चरणपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनल खेल्ने सेटअप छ । त्यसैले सोमबार नेपाल र भुटान दुबैलाई ‘अर्ली एक्जिट’का खतरा छ । नतिजा बराबरी आएमा दुबैको फाइनल पुग्ने चुनौती कठिन मोडमा पुग्नेछ । हारे एक खेलअगावै टोली फाइनल समीकरणबाट बाहिरिनेछ ।

माथिल्लो उमेर समूहमा भुटान र नेपाल छैटौंपटक आमने–सामने हुँदैछन् । यसअघिका सबै भिडन्तमा नेपाल भुटानमाथि हाबी रहँदै आएको छ । नेपालले ४.६ को औसतमा कूल २३ गोल गरेको छ । गत वर्ष जुलाईमा सम्पन्न छैटौं संस्करणमा नेपालले दुबै लेगमा भुटानविरुद्ध फराकिलो जित हासिल गर्यो । पहिलो लेग ६–१ ले नेपालको पक्षमा गएको थियो । दोस्रो लेगमा नेपाल ८–० ले विजयी भयो ।

पहिलो लेगमा पाँचमध्ये दुई गोल अट्याकिङ मिडफिल्डर सेनु परियारले गरेका थिए । सेनुका लागि भुटान ‘फेबरेट’ प्रतिद्धन्द्धीभन्दा फरक पर्दैन । ढाकामै सम्पन्न पाँचौं संस्करणमा नेपालले भुटानमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको थियो । खेलको निर्णायक गोल सेनुले नै गरेकी थिइन् । यति मात्र कहाँ हो र ? गत वर्ष साफलगत्तै अगस्टमा भएको एएफसी यु–२० छनोटमा नेपालले घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो । नेपाललाई सुरुआती अग्रता सेनुले नै दिलाएकी थिइन् ।

पोखरामा सेनुले छैटौंपटक उमेर समूहमा देशको प्रतिनिधित्व गरिरहेकी छन् । उनीसँगै सेन्ट्रल मिडफिल्डर तथा कप्तान सुशीला केसी र स्ट्राइकर वर्षा ओली छैटौं प्रतियोगिता खेलिरहेका छन् । सँगै पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सेन्टरब्याक माया मास्के, सबै टोलीका हेर्नलायक खेलाडी हुन् । तर, सेनुले भुटानविरुद्ध खेल्ने नखेल्ने टुंगो छैन । प्रतियोगिता मुखैमा आउँदा घाइते भएकी सेनुले भारतविरुद्धको खेल गुमाएकी थिइन् ।

भारतविरुद्ध गोलका लागि संघर्ष गरेकी वर्षालाई आज गोल गर्नैपर्ने दबाब रहनेछ । आफ्नो उपस्थितिमा पछिल्ला तीन भेटमा नेपालले भुटानविरुद्ध १५ गोल गर्दा वर्षाले एक गोल पनि आफ्नो नाममा लेखाउन सकेकी छैनन् । यो कुरामा वर्षा पक्कै पनि ‘अवेर’ छिन् । गत संस्करण वर्षाले ४–४–२ फर्मेशनमा स्ट्राइकिङ पोजिसनमा पूर्णिमा राईलाई साथ दिएकी थिइन् । पूर्णिमाले चार गोल आफ्नो नाममा लेखाउँदा वर्षाले स्कोरसीटमा आफ्नो नाम लेखाइन् । दोस्रो खेलदेखि मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मिना देउवालाई पहिलो रोजाईमा मौका दिए । वर्षा भने अट्याकिङ मिडफिल्डरका रुपमा देख्न थालिन् । एउटा आश्चर्यजनक तथ्य के पनि छ भने वर्षाले माथिल्लो उमेर समूहमा गोलको खाता खोल्न सकेकी छैनन् ।

यसपाली नेपाल अनुभवी वर्षामै अडिएको छ । भारतविरुद्ध मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ४–१–४–१ फर्मेशनमा टोलीलाई उतारेका थिए । भुटानविरुद्ध पनि वर्षा एक्लै स्ट्राइकिङ पोजिसनमा हुने अनुमान गरिएको छ । यस्तोमा उनलाई चाहिने भनेको अट्याकिङ मिडफिल्डरहरुको साथ हो । उनीसँगै भूमिका बुढाथोकी र सिर्जना बडुवालको जिम्मेवारी पनि ‘भाइटल’ रहनेछ ।

एउटा छुट्टाउनै नहुने प्रशंग भनेको सन् २०२२ मा ढाकामा सम्पन्न साफ यु–१५ च्याम्पियनसिप हो । जतिबेला नेपालले भुटानसँग दुई लेगमा प्रतिस्पर्धा गरेको थियो । पहिलो लेगमा नेपाल ७–० ले विजयी भएको थियो । त्यतिबेला वर्षाले चार गोल गरेकी थिइन् । अनि सेनुले पनि एक गोल गरेकी थिइन् ।

दोस्रो लेगमा नेपाल १–० ले विजयी भयो । निर्णायक गोल सेनुकै थियो ।

नेपाल र भुटानको खेलअघि दिनको पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । भारत र बंगलादेश एक खेलअगावै फाइनल पुग्ने दाउमा हुनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो