काठमाडौं । इङ्ल्यान्ड तथा रियाल मड्रिडका स्टार खेलाडी जुड वेलिंघम एक महिना मैदान बाहिर हुने भएका छन् ।
आइतबार राति घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको रायो भ्यालेकानोविरुद्धको खेलमा घाइते भएपछि उनी करिब एक महिना मैदान बाहिर हुने पक्का भएको हो ।
२२ वर्षीय खेलाडीको ह्यामस्ट्रिङ इन्जुरी भएको छ । घाइते भएपछि उनी ९ मिनेटमै मैदान छाड्न बाध्य भएका थिए । सोही खेलमा रियाल २–१ ले विजयी हुँदै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको थियो । शीर्ष स्थानको बार्सिलोनाको समान २२ खेलबाट ५५ तथा रियालले ५४ अंक छ ।
अब, रियालले वेलिंघमबिना अर्काे आइतबार भ्यालेन्सियासँग खेल्नेछ । यस्तै, च्याम्पियन्स लिगको प्लेअफमा पोर्चुगिज बेन्फिकासँग पनि वेलिंघमले खेल गुमाउने पक्का भएको छ ।
राति नै भएको खेलमा एथ्लेटिको क्लबले रियाल सोसिडाडसँग १–१ को बराबरी खेलेको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
