माघ १९, २०८२ सोमबार | ०४:५४:३०
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी टोटनहमसँग २–२ को बराबरी खेल्दा म्यानचेष्टर युनाइटेडले भने रोमाञ्चक जित निकालेको छ । आइतबार राति युनाइटेड फुलहमविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ ।

युनाइटेडको जितमा बेन्जामिन सेस्कोले इन्जुरी समयमा विजयी गोल गरेका हुन् । ब्रुनो फर्नान्डेजको पासमा उनले गोल गरे । यसअघि युनाइटेडको लागि म्याथ्युस कुन्हा र कासेमिरोले गोल गरेका थिए ।

फुलहमको लागि राउल जिमेनेजले गोल गरेका हुन् । जर्जले आत्माघाती गोल गरेका थिए ।

जितपछि युनाइटेडले चेल्सी र लिभरपुललाई पछि पारेको हो । २४ खेलबाट ४१ अंकसहित युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।

यता, सिटीले २–० को अग्रता जोगाउन नसक्दा टोटनहमसँग अंक बाढ्न बाध्य भयो । रायन चेर्कीले ११औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । एन्टोनी सेमेन्योले ४४औं मिनेटमा गोल गर्दा पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो ।

डोमिनिक सोलन्केले ५३औं मिनेटमा अग्रता २–१ मा झारेका थिए । उनले नै ७०औं मिनेटमा बराबरी गोल गर्दै टोलीको हार टारेका हुन् ।

बराबरीपछि सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी चार अंकमा झार्ने अवसर गुमायो । अब, दुई टोलीबीच ६ अंकको अग्रता भएको छ । २४ खेलबाट सिटीको ४७ तथा आर्सनलको ५३ अंक छ । बराबर खेलेको टोटनहम २९ अंकसहित १४औं स्थानमा छ ।

राति नै भएको अन्य खेलमा ब्रेन्टफोर्डले एष्टन भिल्लालाई १–० ले हराउँदा नटिंघम फोरेष्टले क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।