चैत्र ८, २०८२ आइतबार | ०९:५०:१०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर

काठमाडौं । आठ हार, एक बराबरी । माथिल्लो उमेर समूहको साफ महिला च्याम्पियनसिप सातौं संस्करणसम्म आइपुग्दा नेपालले बंगलादेशलाई अहिलेसम्म हराउन सकेको छैन ।

बुधबार बंगलादेशसँग १०औं पटक खेलिरहँदा नेपाल ‘गर या मर’को स्थितिमा हुनेछ । शनिबार हुने फाइनलमा स्थान बनाउने हो भने नेपालले कम्तिमा पनि बंगलादेशलाई हराउनु पर्नेछ । बढीमा नेपालले के गर्नुपर्छ, त्यो अहिले थाहा छैन ।

पोखरा रंगशालामा भइरहेको साफ यु-१९ च्याम्पियनसिपअन्तर्गत दिनको पहिलो खेलमा भारत र भुटान आमने–सामने हुनेछन् । भुटानले भारतलाई हराए नेपाललाई केहि हदसम्म सजिलो हुने अनुमान छ । भारतले विजयी हासिल गरे नेपालको फाइनल यात्रामा गोल भिन्नताले प्रमुख भूमिका खेल्नेछ ।

चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनल खेल्ने सेटअप छ । लिगको अन्तिम खेल खेल्नुअघि बंगलादेशले ६ अंक बटुलिसकेको छ । भारत र नेपालले समान तीन अंक जोडेको छ । भुटान भने अंकविहीन छ । यस्तोमा भुटान जिते नेपाललाई फाइदा हुनेछ ।

मूल कुरा नेपाललाई बंगलादेशविरुद्ध जितबाहेक विकल्प छैन । बंगलादेशलाई हराएर पनि फाइनल पुग्न नसके नेपालको दूर्भाग्य हुनेछ । तर, त्यो जितमा केही सुःखद पक्ष अवश्य रहनेछ ।

सोमबार भुटानविरुद्ध नेपालले २-१ को संघर्षपूर्ण जित हासिल गर्यो । नेपालले वास्तवमै खराब खेल्यो । खेलाडीले अनिगिन्ती अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । खेलाडी आत्तिएको जस्तो देखिन्थे । अन्तिम समय नसम्हालिने हो त नेपाल दूर्भाग्यजनक हारको हकदार बन्थ्यो ।

खेलपछि मुख्य प्रशिक्षक सुमन श्रेष्ठले आफूलाई रोक्न सकेनन् । पोस्ट म्याचमा उनले असन्तुष्टि पोखे ।

‘खेलाडीहरुलाई जुन किसिमको प्रशिक्षण दिएका थियौं । मैदानमा त्यो प्रयोग भएको देखिएन । खेलाडीको प्रदर्शन एकदमै दयनीय रह्यो,’ श्रेष्ठले भने, ‘योजनाअनुसार खेलाडीले १० प्रतिशत पनि दिएनन् ।’

यस्तोमा बंगलादेशविरुद्धको जितले नेपाली फुटबललाई दुईवटा कुरा दिनेछ । एक त यो जितले बंगलादेशसँग जित्न नसकेको खडेरी तोडिनेछ । अर्को २०३१ सम्म विश्वकप खेल्ने लक्ष्य बोकेको नेपाली फुटबलका लागि यो जित सान्त्वना बन्नेछ ।

तर, बंगलादेशलाई हराउन सजिलो छैन । जुन भुटानविरुद्ध नेपालले गोलका लागि संघर्ष गरेको थियो । त्यही भुटानलाई बंगलादेशले १२-० को जित निकालेको थियो । जसमा तीन खेलाडीको ह्याट्रिक सामेल थियो ।

बंगलादेशले यही अप्रिलमा एएफसी यु–२० एसियन कपमा प्रतिस्पर्धा गर्दैछ । यो प्रतियोगितालाई बंगलादेशले त्यसैको तयारीका रुपमा लिएको छ । सिनियर टोलीका मुख्य प्रशिक्षक पिटर बटलरले पोखरामा टचलाइन सम्हालिरहेका छन् ।

भारतले यु-१७ टोलीलाई पोखरा ल्याएको छ । अप्रिल अन्तिम साता भारतले एएफसी यु–१७ एसियन कपमा आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । भारतले साफ च्याम्पियनसिपलाई त्यसैको तयारीका रुपमा लिएको छ । यु-२० एसियन कपका लागि भारतको टोली छुट्टै छ ।

एसियन कपका लागि तयारी अवस्थामा रहेको बंगलादेशविरुद्ध जित निकाल्नु नेपाललाई वास्तवमै गाह्रो हुनेछ । तर, नेपाली फुटबल समर्थकको आशा भनेको राम्रो फुटबल खेल पस्केको देख्न पाउनु हो ।

नेपालले तल्लो र माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा बंंगलादेशलाई एकैपटक मात्र हराएको छ । सन् २०२२ मा ढाकामा भएको यु-१५ च्याम्पियनसिपमा नेपालले घरेलु टोलीको चुनौती १-० ले पन्छाएको थियो । नेपालका लागि निर्णायक गोल वर्षा ओलीले गरेकी थिइन् ।

पोखरामा नेपालको स्ट्राइकिङ लाइन वर्षा ओलीमै अडिएको छ । यु-१५/१७ की ‘प्रुभन स्कोरर’ वर्षाले माथिल्लो उमेर समूहमा गोलको खाता खोल्न सकेकी छैनन् । भुटानविरुद्ध उनले कयौं मौका पाएकी थिइन् । तर, गोलका लागि संघर्ष जारी रह्यो । बंगलादेशलाई हराउने हो भने वर्षाले आफ्नो गोलको खडेरी तोड्न आवश्यक छ ।

त्यस्तै सौरभी अखन्डा प्रीति र अल्पी अख्तरको बंगलादेशी आक्रमण रोक्न अनुभवी सेन्टरब्याक माया मास्केप्रति पनि उत्तिकै जिम्मेवारी रहनेछ ।

बंगलादेशले पछिल्लो भेटमा नेपाललाई ४–० ले हराएको थियो । डबल राउन्ड रोविन लिगको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोलीका लागि स्ट्राइकर मोसम्मत सागोरिका एक्लैले चार गोल गरेकी थिइन् । यो नतिजासँगै बंगलादेशले नेपाललाई पछाडि पार्दै सर्वाधिक पाँचौंपटक उपाधि जितेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो