माघ २३, २०८२ शुक्रबार | २२:५९:४९
दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित

दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित

काठमाडौं । सातदोबाटो युवा क्लबमाथि ३–१ को सहज जित हासिल गर्दै पोखराको लालिगुराँस एसोसिएसन क्लब एन्फा राष्ट्रिय लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा लालिगुराँसलाई जित दिलाउन अब्दुल युसुफले दुई गोल गरे । त्यस्तै एक गोल लछ्छु थापाको नाममा रह्यो । २–० ले पछाडि परेको अवस्थानमा सातदोबाटोका लागि सुवास गोलेले एक गोल फर्काएका थिए ।

जितसँगै ६ खेलमा लालिगुराँसले १४ अंक जोडेको छ । तेस्रो हार बेहोरेको सातदोबाटोको ५ अंकसहित १२औं स्थानमा छ ।

दिनको पहिलो खेल दशरथ रंगशालामै भएको थियो । जहाँ शीर्ष स्थानको मछिन्द्रले श्री भगवती क्लबमाथि २–० को जित हासिल गर्यो । मछिन्द्रका लागि प्रदीप बुढाथोकी र फ्रान्क इसाकले गोल गरे । मछिन्द्रको यो पाँचौं जित हो । अपराजित मछिन्द्रले लिगमा एक बराबरी खेलेको छ ।

भगवतीको यो चौथो हार हो । ४ अंकसहित भगवती १५औं स्थानमा छ ।

लिगमा भोलिबाट १५ दिनसम्म कुनै पनि खेल हुनेछैनन् ।
 


भिडियो
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता