चैत्र १२, २०८२ बिहीबार | १७:३८:३६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

शंकरको शतकमा पुलिसको जित

काठमाडौं । शंकर रानाको शतक तथा दिनेश खरेलको अलराउण्ड प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा हराएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा पुलिसले बागमतीमाथि ७ विकेटको जित हात पारेको हो । २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा ओपनर शंकरले ११६ रनको शतकीय इनिङ खेले । दिनेशले बलिङमा महत्वपुर्ण ३ तथा ब्याटिङमा ७० रनको अर्धशतकीय इनिङ खेले ।

शंकरले पुलिसका लागि सर्वाधिक ११६ रनको शतकीय इनिङ खेले । १२८ बलको सामना गर्दै शंकरले १३ चौका र ४ छक्का प्रहार गरे । पहिलो विकेटका लागि शंकर र दिनेशले १५९ रनको कीर्तिमानी साझेदारी गरे । पिएम कपको इतिहासमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो ।

यसअघि पहिलो विकेटका लागि एपिएफका प्रदिप ऐरी र आसिफ शेखले १५० रनको ठूलो साझेदारी गरेका थिए । सन् २०२२ मा भएको पिएम कपमा आर्मीविरुद्ध यो साझेदारी गरेका थिए । यो पिएम कप भने ट्वान्टी फर्म्याटमा भएको थियो ।

पुलिसका लागि कप्तान आरिफ शेख ४३ तथा रशिद खान १० रनमा अविजित रहे ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा पुलिसले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४९ दशमलब २ ओभरमा २६५ रनको ऐतिहासिक योगफलमा अल आउट भएको थियो ।

बागमतीले पिएम कपको इतिहासमा कुनै पनि विभागीय टोलीविरुद्ध बनाएको यो सर्वाधिक ठूलो योगफल हो । बागमतीले यसअघि तत्कालिन प्रदेश नंम्बर ३ को नामबाट खेल्दै एपिएफ क्लबविरुद्ध सन् २०१९ को प्रतियोगितामा २४७ रन बनाएको थियो ।

बागमतीका लागि पवन थापाले सर्वाधिक ७९ रनको बनाए । पवनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । पवनले यसै प्रतियोगिताबाट पिएम कपमा डेब्यु गरेका थिए । चौथो विकेटका लागि पवनले इशान पाण्डेसँग मिलेर १२४ रनको साझेदारी गरे । उपकप्तान इशानले ८० बलमा ७१ रनको इनिङ खेले ।  

गण्डकीसँग भएको अघिल्लो खेलमा समेत इशानले ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए । आशुतोष घिरैया २२, उत्तम थापा २१ तथा कप्तान सन्दीप लामिछाने १३ रनमा आउट भए ।

पुलिसका लागि दिनेश खरेल र रशिद खानले समान ३ तथा करण केसीका नाममा २ विकेट रह्यो । डिफेन्डिङ च्याम्पियन पुलिस तेस्रो खेलमा दोसो जितका साथ ४ अंकमा छ । जितपछि आर्मीलाई दोस्रो स्थानमा झार्दै पुलिस शीर्ष स्थानमा उक्लिएको छ । बागमतीको भने तेस्रो खेलमा यो दोस्रो हार हो । 

प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।

२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो