फाल्गुन २०, २०८२ बुधबार | २३:४४:३१
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी

आधार कस्दै महिला फुटबल

साफ महिला यु-१७ च्याम्पियनसिप २०२५, फाइल तस्विरः अनुप महर्जन/खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय महिला यु-१७ फुटबल टोलीका कलिला किशोरीहरु विस्तारै परिपक्व हुँदैछन् । थाइल्यान्डमा सोमबारबाट सुरु हुने एएफसी एसियन कप छनोट उनीहरुका लागि करिअरको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

यी किशोरीहरुले सानै उमेरदेखि एकेडेमीमा बसेर फुटबलको कखगघ सिक्न पाएका होइनन् । जसो तसो गाउँघरमा खुट्टा चलाएको भरमा खुला छनोटबाट छानिएर देशको प्रतिनिधित्व गर्नुपर्ने नियति स्विकार्दै अगाडि बढेका उनीहरु एसियन कप छनोटका लागि अहिले तयारी गरिरहेका छन् ।

यो तयारी उनीहरुका लागि विगतका प्रतियोगिताहरुको कमजोरी सच्याउने र फुटबल सीपलाई थप निखार्ने एउटा अवसर हो । औपचारिकताको कुरा गर्ने हो भने छनोट प्रतियोगितामा गएपछि छनोट हुनुपर्छ । तर, नेपाली टोलीको उद्धेश्य त्यतिमा मात्र सीमित छैन । औपचारिक उद्धेश्य छनोट हुने भए पनि अनौपचारिक रुपमा नेपाली टोली अझ परिपक्व हुन चाहन्छ । फुटबलको अनन्त यात्रामा निरन्तर अगाडि बढिरहन चाहन्छ ।

नेपालले आफ्नो समूहमा तुर्किमिनिस्तान र थाइल्यान्डलाई हराए अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने छ । छनोटको औपचारिकता यही हो । तर, नेपाली फुटबलको चाहना भनेको यी किशोरीहरुलाई भोलि गएर एउटा परिपक्व खेलाडी बनाउने हो । भोलि यिनै कलिला नानीहरुले राष्ट्रिय टोली सम्हाल्नुपर्छ । यो प्रतियोगिता त्यही यात्राको एउटा पढाव हो ।

एएफसी छनोटको तयारीमा नेपाली यु–१७ महिला टिम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

गत अगस्टको अन्तिम साता भुटानको थिम्पुमा सम्पन्न साफ च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएको दुई दिनपछि नै टोली एएफसी छनोटको तयारीमा जुटेको थियो । साफ च्याम्पियनसिपका २३ र अटाउन नसकेका केही खेलाडीलाई समेट्दै मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठको नेतृत्वमा टोली एक महिनाभन्दा बढी समय बन्द प्रशिक्षणमा बस्यो ।

अश्विन ११ गते अट्याकिङ मिडफिल्डर भूमिका बुढाथोकीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा भयो । टोलीमा भुटान भ्रमण गरेका तीन खेलाडी फेरिए । गोलकिपर भूपिका शाहीले पहिलो पटक टोलीमा स्थान बनाउँदा अट्याकिङ मिडफिल्डर आयुषा रेउले र स्ट्राइकर पूजा गिरीले पुनरागमन जनाए । आयुषा र पूजाले १९ महिनाअघि घरेलु भूमिमा सम्पन्न साफ च्याम्पियनसिप खेलेका थिए । गोलकिपर गंगा गुरुङ, सेन्ट्रल मिडफिल्डर डिकी स्याङ्बो तामाङ र स्ट्राइकर दीक्षा रानपाल भने टिमबाट बाहिरिए ।

टोली यसपाली अन्य के कुरामा फरक छ ?

‘यसपाली हामीले पर्याप्त प्रशिक्षण समय पाएका छौं । साफका लागि गरिएको तयारी देखि आजसम्म आइपुग्दा खेलाडी निखारिएका छन्,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘खेलाडीले ल्याएको निखार  हामीले एएफसीमा देख्न पाउँनेछौं ।’

एएफसी छनोटको तयारीमा नेपाली यु–१७ महिला टिम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

भुटानमा नेपालले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन । तुलनात्मक रुपमा कमजोर मानिने भुटानसँग दुई लेगमा चार अंक बटुलेको नेपालले भारत र बंगलादेशसँग दुवै लेगमा पराजय बेहोरेको थियो । दोहोरो लिग प्रतिस्पर्धामा नेपालले ६ खेलमा २१ गोल सामना गरेको थियो । भारतले मात्र नेपालको पोस्टमा एक दर्जन गोल गर्यो ।

टोलीको प्रदर्शन दयनीय हुनुमा कयौं कारण थिए । पहिलो कारण, कम प्रशिक्षण समय नै हो । तीन दिनको प्रारम्भिक खुला छनोट अनि तीन साताको बन्द प्रशिक्षण, टोलीको तयारी त्यतिमै सीमित थियो । थोरै प्रशिक्षण समयका बावजुद टोली भुटानमा सकारात्मक नतिजा ल्याउन सक्नेमा आशावादी थियो । तर, मैदानमा अवस्था फरक थियो ।

भुटानमा दिन बिराएर खेल्नुपर्ने तालिकाले खेलाडीलाई गाह्रो बनाएको थियो । तर, पहिलो रोजाईमा खेलेका खेलाडीलाई प्रतिस्थापन गर्न बेन्चमा बलियो विकल्प नुहुनु त्योभन्दा पनि बढी चिन्ताको विषय थियो । यसबाहेक गोलकिपरको अपरिपक्वता टोलीका लागि महँगो साबित भयो ।

१८ महिनाअघि घरेलु भूमिमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपमा नेपालको गोलपोष्ट झरना डुम्राकोटीले सम्हालेकी थिइन् । भुटानमा भने लक्ष्मी ओलीले पाँच खेलमा पहिलो रोजाईबाट खेलिन् । थाइल्यान्डमा पहिलो रोजाईको गोलकिपर को त ?

एएफसी छनोटको तयारीमा नेपाली यु–१७ महिला टिम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

‘झरना र लक्ष्मी दुवैको कडा प्रतिस्पर्धा छ । को गएर पहिलो रोजाईमा खेल्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन,’ सहायक प्रशिक्षक प्रकाश वैद्य भन्छन्, ‘अन्य पोजिसनका खेलाडीको सेटअप भइसकेको छ । गोलकिपरको हकमा गाह्रो छ ।’

भुटानमा टोली आशिका कार्कीको ‘भर्सटाइल’ गुणमा पूर्ण रूपमा निर्भर थियो । दुवै खुट्टा एकनासले चलाउन सक्ने खुबी भएकी आशिकालाई सुरु सुरुमा लेफ्टब्याक पोजिसनमा प्रयोग गरिएको थियो । पछि टिमको आवश्यकताअनुसार आशिकालाई सेन्टरब्याक पोजिसनमा खेलाइयो । यसपाली टोलीसँग कुनै एक खेलाडीमाथि मात्र निर्भर हुनु नपर्ने कारण छ ?

‘यसपाली हामीले पोजिसन परिवर्तन गरेर खेलाडीलाई प्रयोग गरेका छौं । विंगरहरुलाई स्ट्राइकरको पोजिसनमा खेलाउने प्रयास गरेका छौं । डिफेन्सलाई मिडफिल्डमा झारेका छौं । त्यस्तो समस्या आउँदैन । खेलाडीको विकल्प पर्याप्त छ,’ श्रेष्ठ दाबी गर्छन् ।

नेपालले साफ च्याम्पियनसिपमा जम्मा ४ गोल गरेको थियो । सबै गोल मिडफिल्डरबाट सम्भव भएका थिए । सेन्ट्रल मिडफिल्डर सहारा लिम्बूले भुटानविरुद्ध दुई गोल गरेकी थिइन् । सहारासँगै अट्याकिङ मिडफिल्डरद्वय कप्तान भूमिका बुढाथोकी र बब्तिका कार्कीले ‘स्कोरसिट’मा आफ्नो नाम लेखाए । प्रतियोगितामा चार स्ट्राइकर प्रयोग गरिएको थियो । कुल ५४० मिनेटमा स्ट्राइकरबाट मात्र एउटा ‘शट अन टार्गेट’ सम्भव भएको थियो ।

एएफसी छनोटको तयारीमा नेपाली यु–१७ महिला टिम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

यसपाली सबै पोजिसनमा सुधार आएको र गोलका लागि संघर्ष गर्नुनपर्ने उप–कप्तान सहारा लिम्बु बताउँछिन् ।

‘भुटानमा मिडफिल्ड र स्ट्राइकरको तालमेल मिलेको थिएन । भुटानमा गरेका गल्तीलाई सुधारेका छौं । स्ट्राइकिङ लाइन बलियो छ । अन्य सबै पोजिसनमा पनि हामीले सुधार ल्याएका छौं,’ सहारा विश्वस्त छिन् ।

आलोचना खेलाडी जीवनको अपरिहार्य हिस्सा हो । यी कलिला किशोरीहरुले नेपाली समर्थकहरुको आलोचना पछिल्ला दुई प्रतियोगितामा खुलेरै सामना गरिसकेका छन् । तर, हरेक असफलताले एउटा पाठ बोकेको हुन्छ । त्यही पाठले मानिसको जीवनमा बल दिने काम गरिरहेको हुन्छ ।

अहिले यी किशोरीहरु बुद्धिमानी हुन आवश्यक छ । एकताबद्ध हुन आवश्यक छ । आज प्रश्न उठ्न सक्छ, तर भोलि यी किशोरीहरु नै नेपाली महिला फुटबलमा फेरि विश्वासको आधार बन्नेछन् ।

बुधबार किशोरीहरु फेरि एक पटक रातो÷निलो रंगको जर्सी लगाउँदैछन् । उनीहरु समर्थकका लागि मात्र खेलिरहेका हुने छैनन् । स्वयम आफूलाई प्रमाणित गर्नुपर्ने परिस्थिती जो छ, उनीहरुसँग ।  देशका लागि मैदानमा डटिरहँदा कति टाढा आइपुगेछु भन्ने बुझ्दैछन् । र कति टाढा जान सकिनेछ भन्ने बुझ्नेछन् ।

पूरा राष्ट्रले खेल हेरिरहेको हुनेछ । यसपाली सुखद नतिजाको अपेक्षाका साथ होइन, बलियो आशाका साथ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||