फाल्गुन २५, २०८२ सोमबार | २१:४३:१०
पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल

नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ?

काठमाडौं । नेपाली फुटबलले पाएको अहिलेसम्मकै सर्वोत्कृष्ट खेलाडी सावित्राको कप्तानी इनिङ्सको सुरुआत सुखद रहेन । सावित्राको हक लाग्नेजस्तो त हुँदै भएन । विवादसँगै सुरु भयो नेपाली महिला फुटबलकी सुपरस्टारको कप्तानी सुरुआत ।

तीन महिनाअघि उज्वेकिस्तानको तास्केन्दमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितामा नेपालको प्रदर्शन उम्दा रहयो । तर, मैदानभित्र चेलीहरुको बहादुरीसँग सुहाउने खालको प्रशासन नेपाली फुटबलको संरचनाभित्र थिएन । प्रशासनको नालायकीका कारण प्रतियोगितापछि नेपाली फुटबलको कुशासन फेरि एकपटक उदांगियो ।

टोली विना कप्तान उज्वेकिस्तान उडेको थियो । नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बा टोलीमा भए पनि उनको नाम कप्तानका रुपमा उल्लेख थिएन । फलस्वरुप लाओसविरुद्धको पहिलो खेलमा ठूलै समस्या उत्पन्न भयो । टिम म्यानेजरले सिनियर खेलाडी रेणुका नगरकोटेलाई कप्तानको भूमिका दिँदै ‘प्लेयर लिस्ट’ आयोजक समक्ष दर्ता गराए । पछि मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले त्यसलाई मानेनन् । र सावित्रालाई कप्तानको ‘आर्मब्यान्ड’ लगाइदिए । नेपाली राष्ट्रिय महिला फुटबलले ११औं कप्तान पायो ।

एएफसीको आधिकारिक ‘डकुमेन्ट’मा रेणुकाको नाम कप्तानका रुपमा छ । तर, मैदानमा भने सावित्राले टोलीको नेतृत्व गरिन् । सावित्राले छनोट प्रतियोगिताको तीनवटै खेलमा कप्तानको आर्मब्यान्ड लगाइन् ।

एएफसीको आधिकारिक ‘डकुमेन्ट’मा रेणुकाको नाम कप्तानका रुपमा छ । तर, मैदानमा भने सावित्राले टोलीको नेतृत्व गरिन् । सावित्राले छनोट प्रतियोगिताको तीनवटै खेलमा कप्तानको आर्मब्यान्ड लगाइन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र एक मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई, तस्विर सौजन्यः एन्फा ।

निर्णायक खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भयो । उपविजेतामा सीमित भएसँगै नेपालले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा छनोट हुने सुनौलो अवसर गुमायो ।

ग्लोबल स्टेजमा आफ्नो सम्भावना प्रस्तुत गर्न अझै चार वर्ष कुर्नुपर्ने विडम्बनाबीच राष्ट्रिय टोली त्रिदेशीय प्रतियोगिता खेल्न बुधबार बिहान भारतको सिलोङ प्रस्थान गर्दैंछ । सिलोङमा नेपालले घरेलु टोलीसँगै इरानसँग खेल्ने तालिका छ । यी दुवै टोलीले अस्ट्रेलियामा आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् ।

यसपाली भने एन्फाले खुलेरै सावित्रालाई कप्तानका रुपमा सार्वजनिक गर्यो । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले शनिबार सावित्राको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरे । मंगलबार बिदाई कार्यक्रममा न्यौपाने र सावित्राले राष्ट्रिय झण्डा फहराए ।

सिलोङमा त्रिदेशीय प्रतियोगितापछि नेपालले पुनः भारतसँग सिक्किममा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । जुन प्रतियोगिता ‘फिफा विन्डो’ भित्र पर्दैन । जसका कारण न्युजिल्यान्डको वेलिङ्टन फिनिक्सबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा खेल्न पाउने की नपाउने यकिनले भन्न सकिने अवस्था छैन । क्लबले रिलिज गरेको अवस्थामा मात्र सावित्राले सिक्किममा खेल्न पाउनेछिन् ।

कुरा सिक्किमको मात्र होइन । सावित्रा प्रतिस्थापन हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएमा कप्तानी आर्मब्यान्ड कसले लगाउने छ त ? न्यौपाने मैदानमै उप–कप्तान को हो भनेर टुंगो लाग्ने तर्क गर्छन् ।

यस्तोमा प्रश्न उब्जिन्छ, सावित्रका नभए सिक्किममा नेपाली टोलीको नेतृत्व कसले गर्ला ? वा भनौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीको उप–कप्तान को हो ?

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र एक मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई कार्यक्रममा कप्तान सावित्रा भण्डारी, तस्विर सौजन्यः एन्फा ।

कुरा सिक्किमको मात्र होइन । सावित्रा प्रतिस्थापन हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएमा कप्तानी आर्मब्यान्ड कसले लगाउने छ त ? न्यौपाने मैदानमै उप–कप्तान को हो भनेर टुंगो लाग्ने तर्क गर्छन् ।

‘नेपालमा सिनियर खेलाडीलाई कप्तानको आर्मब्यान्ड दिने चलन छ । यदी सावित्रा प्रतिस्थापन हुनुपर्ने परिस्थिति आएमा मैदानमा को सिनियर छ, त्यसलाई आर्मब्यान्ड दिनेछौं,’ न्यौपानेले भने, ‘एन्फासँग यसबारे छलफल भएको छैन ।’

एन्फासँग पनि यसको ठोस जवाफ छैन । एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, ‘उप–कप्तानलाई लिएर टोलीसँग छलफल भएको छैन । कसलाई यो जिम्मेवारी दिने नदिने भन्ने कुरा प्रशिक्षकको व्यक्तिगत विषय हो । हामीले यसमा हस्तक्षेप गर्नु हुन्न ।’

भलादमी व्यक्तित्वको छविसाथ नेपाली फुटबलमा झण्डै तीन दशक बिताइसकेका मुख्य प्रशिक्षक नवीन न्यौपानेको परिपक्वताले त्यस्तो स्थितीबाट जोगाउला भन्ने आशा गर्न सकिन्छ । तर टिम व्यवस्थापनका बाँकी पात्र र एन्फाको चरित्र उही छ । यस्तोमा कहिलेकाँही परिस्थिती मुख्य प्रशिक्षकको नियन्त्रणबाहिर पुगेमा के गर्ने ?

समयमै निर्णय नगर्दा उज्वेकिस्तानमा भएको रँडाकोले नेपाली महिला फुटबललाई एन्फा राजनीतिमा मात्र नभई मैदानमा खेलाडी स्तरमा समेत विभाजित गर्ने प्रयास गरेको थियो । एन्फाले उज्वेकिस्तानको रँडाकोबाट पाठ सिकेको देखिँदैन । आफै रँडाको मच्चाउनेले त्यसबाट सिकोस पनि कसरी ? तर उज्वेकिस्तानकै परिस्थिती भारतमा फेरि दोहोरियो भने के गर्ने ?

भलादमी व्यक्तित्वको छविसाथ नेपाली फुटबलमा झण्डै तीन दशक बिताइसकेका मुख्य प्रशिक्षक नवीन न्यौपानेको परिपक्वताले त्यस्तो स्थितीबाट जोगाउला भन्ने आशा गर्न सकिन्छ । तर टिम व्यवस्थापनका बाँकी पात्र र एन्फाको चरित्र उही छ । यस्तोमा कहिलेकाँही परिस्थिती मुख्य प्रशिक्षकको नियन्त्रणबाहिर पुगेमा के गर्ने ?

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने ।

प्रश्नहरु जायज छन् । शंकाहरु स्वभाविक छन् । सँगै नेपाली फुटबललाई ग्लोबल स्टेजमा सगौरव प्रस्तुत गर्ने आशा गरिएका चेलीहरुको एकताप्रतिको चेत र क्षमतामाथि विश्वास छ । सायद नेपाली फुटबलका सबै कमजोरीहरुभन्दा बढि । मुख्य प्रशिक्षकको सुझबुझमा चेलीहरुका गुण समेत थपिँदा भारतबाट सुखद नतिजाका साथ नेपाली फुटबलका सबैखाले नालायकीमाथि लेप लाग्ने कुराको अपेक्षा स्वभाविक बन्छ । तिहार, नेपाल सम्बत र छटलाई थाँती राख्दै देशका लागि विदेशी भूमिमा भिड्न लागेका चेलीहरुलाई तिहारको शुभकामना !


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||