भाद्र २७, २०८२ शनिबार | १०:४३:२१
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने
शनिबारको दिन शनिबारको दिन

यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ?

काठमाडौं । नेपालको एएफसी यु-२३ एसियन कप फुटबलको चुनौती यसपालि पनि छनोट चरणमै सीमित भएको छ । ताजकिस्तानको राजधानी दुसान्बे प्रस्थान गरिरहँदा टोलीले सकारात्मक नतिजा ल्याउने आस देखाएका थिए । तर, त्यो भएन । तीन खेलमा नेपालले एक अंक पनि बटुल्न सकेन ।

नेपालको समूहमा थिए घरेलु टोली ताजकिस्तान, सिरिया र फिलिपिन्स । सबै खेलमा नेपालले समान ४ गोल सामना गरेको थियो । ताजकिस्तान र फिलिपिन्सविरुद्ध गोल गर्न नसकेको नेपालले सिरियाको पोस्टमा दुई गोल फर्काएको थियो ।

युवा टोलीले प्रतियोगिताका लागि करिब दुई महिना बन्द प्रशिक्षणमा बिताएको थियो । यसबीच टोलीलें प्रतियोगिताको तयारीस्वरुप सिनियर राष्ट्रिय टिमसँग तीन अभ्यास खेल खेलेको थियो । सिनियर टोली बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा रहँदा यो अवसर जुरेको हो ।

प्रतियोगिताको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक नवीन न्यौपानेले सिनियर टोलीसँग मैत्रीपूर्ण खेलले खेलाडीको कमीकमजोरी औंल्याउन सहज भएको प्रतिक्रिया दिएका थिए । टोलीमा इनर्जेटिक खेलाडी रहेको र दुई महिनामा आफूले सबै पक्षमा काम गर्न पाएको उनको दाबी थियो । तर, यी कुराले ताजकिस्तानमा खासै अर्थ राखेन ।

बल पोसेसन कायम गर्न नसक्नु नेपालको अर्को कमजोरी रह्यो । विपक्षी खेलाडीबाट बल ‘इन्टरसेप्ट’ गरेपछि छिनभरमै खेलाडीले पोसेसन गुमाउनुपर्ने परिस्थिति हुन्थ्यो ।

हामी के मा चुक्यौं ? न्यौपाने भन्छन्, ‘हामीले तीनवटै टोलीसँग अट्याकिङ फुटबल खेल्यौं । अवसरहरू पनि सिर्जना गरेका थियौँ । डिफेन्सिभ लाइन ‘अर्गनाइज’ नहुँदा ‘सिल्ली’ गोलहरू खायौं । त्यसले गर्दा हामीले सकारात्मक नतिजा ल्याउन सकेनौं । आउने प्रतियोगिताहरूका लागि हामीले डिफेन्समा धेरै मिहिनेत गर्नुपर्ने देखें मैले ।

एएफसी यु-२३ एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध बल अगाडि बढाउने प्रयासमा कृतिशरत्न छुन्जु (निलो जर्सी) । 

दोस्रो खेलमा सिरियासँग हारसँगै नेपालको एसियन कप पुग्ने चुनौती एक खेलअगावै समाप्त भएको थियो । तेस्रो खेलमा ‘अन्तर्राष्ट्रिय एक्सपोजर’ दिने उद्देश्यका साथ न्यौपानेले वैकल्पिक खेलाडीलाई पहिलो रोजाइमा मैदान उतारेका थिए । दोस्रो हाफमा केही प्रमुख खेलाडी प्रतिस्थापन भएका थिए । समग्रमा प्रतियोगिता अवधिभर कुल २३ मध्ये २२ खेलाडीले ‘प्लेइङ मिनेट्स’ पाए ।

अन्य टोली शारीरिक पक्षमा नेपालभन्दा बलिया थिए । जसको बेफाइदा नेपालमाथि परेको थियो । बल पोसेसन कायम गर्न नसक्नु नेपालको अर्को कमजोरी रह्यो । विपक्षी खेलाडीबाट बल ‘इन्टरसेप्ट’ गरेपछि छिनभरमै खेलाडीले पोसेसन गुमाउनुपर्ने परिस्थिति हुन्थ्यो । जसको फाइदा विपक्षी खेलाडीले लिए । आफूसँग बल हुँदा भने टोलीले अवसरहरू सिर्जना गर्न सकेनन् ।

‘उनीहरूले हाम्रो ‘लुपहोल’ देखिरहेको थियो । डिफेन्सिभ लाइनको कमजोर एरियामा उनीहरूले बल सप्लाइ गरिरहेको थियो । यहीँबाट हामीले गोल खान पुग्यौं,’ ताजकिस्तानसँगको खेलपछि प्रशिक्षक न्यौपानेले भनेका थिए, ‘उनीहरूको ‘इन्डुरेन्स’ घट्दा हामीले बल पोसेसन कायम गर्यौं । तर, अवसर भने सिर्जना गर्न सकेनौं ।’

सिनियर टोलीको अनुभव र लिगमा भिजिएका खेलाडीले ताजकिस्तानमा देखाएको प्रदर्शनले वास्तवमै नेपाली फुटबलको स्थिति छर्लङ्ग पारेको छ । 

पछिल्लो एक वर्षमा प्रशिक्षक न्यौपानेको यो दोस्रो ताजकिस्तान भ्रमण हो । गत वर्षको नोभेम्बरमा सिनियर टोलीले दुसान्बेमा घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । न्यौपाने टोलीका अन्तरिम मुख्य प्रशिक्षक थिए । उनले त्यतिबेला ताजकिस्तानविरुद्ध स्ट्राइकर नीराजन धामीलाई अन्तर्राष्ट्रिय डेब्युको अवसर दिएका थिए । यसपालि युवा टोलीको जिम्मेवारी लिइरहँदा न्यौपानेका लागि नीराजन प्रमुख खेलाडीमध्ये एक थिए ।

एएफसी यु-२३ एसियन कप छनोटमा सिरियासँगको खेलका क्रममा नेपाली कप्तान आयुश घलान (रातो जर्सी) । 

नीराजनसँगै अट्याकिङ मिडफिल्डर तथा कप्तान आयुश घलान, लेफ्ट ब्याक सुमित श्रेष्ठ र अर्का मिडफिल्डर कृतिशरत्न छुन्जुले सिनियर टोलीबाट खेलिसकेका खेलाडी हुन् । आयुश र सुमित त सिनियर टोलीकै पहिलो रोजाइमा खेल्दै आएका युवा प्रतिभा हुन् ।

न्यौपानेले उमेर समूहमा खेलिसकेका, घरेलु ‘सी’ र ‘बी’ डिभिजन लिगबाट सम्भावना भएका र नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई प्रारम्भिक छनोट चरणमा बोलाएका थिए । पछि आयुशसँगै अन्तर्राष्ट्रिय फुटबलको अनुभव भएका चार खेलाडीलाई जोड्दै प्रशिक्षक न्यौपानेले अन्तिम २३ सदस्यीय टोली तयार पारेका थिए ।

ताजकिस्तानविरुद्ध उत्रिएको पहिलो रोजाइको कुरा गर्ने हो भने सात खेलाडीले दुई वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । सातै जनाले मार्चमा सम्पन्न एनएसएलको तेस्रो सिजन पनि खेले । पहिलो खेलमा एएफसीको प्रतिबन्धमा परेका आयुश, कृतिश, दीपेश, सुमित र सन्तोष खत्री त टोलीका स्टार खेलाडी नै थिए । सिनियर टोलीको अनुभव र लिगमा भिजिएका खेलाडीले ताजकिस्तानमा देखाएको प्रदर्शनले वास्तवमै नेपाली फुटबलको स्थिति छर्लङ्ग पारेको छ । हामी कुन दिशातर्फ गइरहेको छ भन्ने देखाएको छ । खेलाडीको प्रदर्शनले दिन बिराएर खेल्नुपर्ने ‘ए’ डिभिजन लिग र एक महिने फ्रेन्चाइज लिगको संरचनामै प्रश्न उब्जाएको छ ।

सन् २०१२ मा पहिलो संस्करणको छनोट प्रतियोगितामा नेपालले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । नेपालले छनोट प्रतियोगितामा हासिल गरेको एकमात्र जित यही हो । 

समूहका प्रतियोगिता हुँदै ‘बी’ डिभिजनमा होमिएका सीमान्त थापा, राम थापा, नीरज कार्कीलगायत खेलाडी पछिल्लो एक वर्ष घरेलु फुटबलमा व्यस्त रहे । सुजन बलम्पाखी मगर, सञ्जिव लामालगायतका खेलाडी विभागीय टोली नेपाल पुलिस क्लबबाट मोफसलका प्रतियोगिता खेलिरहेका थिए । ‘हेड अफ एन्फा एकेडेमी’ न्यौपानेले बी र सी डिभिजनमा खेलाडीलाई नजिकबाट ‘स्काउट’ गरिरहेका थिए ।

एएफसी यु-२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्दै फिलिपिन्स र नेपाल (रातो जर्सी) । 

अर्को कुरा जतिबेला प्रतियोगिताको तयारीस्वरुप नेपाली युवा टोलीले सिनियर टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको थियो । अन्य मुलुकका खेलाडीले यस बीचमा अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाइरहेका थिए । ताजकिस्तानकै कुरा गर्ने हो भने टोलीले प्रतियोगिताको तयारीस्वरुप नेपालको दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । यसरी हेर्दा नेपालको प्रतियोगिताप्रतिको मानसिकता केवल सहभागिता मात्र जनाउने देखियो ।

यो प्रतियोगितामा त्यसै पनि नेपालको इतिहास एकदमै कमजोर छ । सन् २०१२ मा पहिलो संस्करणको छनोट प्रतियोगितामा नेपालले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । नेपालले छनोट प्रतियोगितामा हासिल गरेको एकमात्र जित यही हो । त्यसयता ६ मध्ये ५ संस्करणमा नेपालले छनोट प्रतियोगितामा सहभागिता जनाएको छ । जसमा नेपालले अहिलेसम्म एक अंक पनि बटुल्न सकेको छैन ।