चैत्र १, २०८२ आइतबार | १७:४७:५८
फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित

चित्लाङले एपिएफलाई रोक्यो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा पुछारबाट तेस्रो स्थानमा रहेको चित्लाङ एफसीले उपाधिको दाबेदार एपिएफ एफसीलाई गोलरहित बराबरीमा रोकेको छ ।

आइतबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा दुबै टोलीले पाएका अवसरहरुलाई सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै एपिएफले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ११औं खेल सकिँदा एपिएफ २५ अंकका साथ दोस्रो स्थानमा छ ।

समान अंकका बावजुद मछिन्द्र गोल भिन्नतामा अगाडि छ । यद्यपि मछिन्द्रले एक खेल कम खेलेको छ । यो नतिजासँगै चित्लाङले १२ खेलमा ८ अंक जोडेको छ ।

आइतबार बिहान सातदोबाटोमै भएको दिनको पहिलो खेलमा जावलाखेलले काँक्रे बिहारलाई ४-१ ले हरायो । जितसँगै १०औं स्थानमा रहेको जावलाखेलले १० खेलमा १३ अंक जोडेको छ । समान खेलमा काँक्रे बिहारको मात्र १ अंक छ ।

खेलमा काँक्रे बिहारले सुरुआती अग्रता लिएको थियो । दीपेन्द्र चुनाराले छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जावलाखेलका लागि बौबाकर सिसोखोले १६औं मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा निकोलस ह्यामिल्टनले दुई तथा विकास दर्लामी मगरले एक गोल गरे ।

दशरथ रंगशालामा साँझ ६ बजे हुने दिनको तेस्रो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज युनाइटेड आमने–सामने हुनेछन् ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||