मंसिर २०, २०८२ शनिबार | ००:४५:२८
साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा
शनिबारको दिन

एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ?

काठमाडौं । एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटमा उपविजेता बनेर नेपाली टिम स्वदेश फर्किसकेको छ । प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै नेपाल फाइनलमा पुगेको थियो । तर, उपाधि भिडन्तमा नेपाल घरेलु टोली युएईसँग २७ रनले पराजित हुँदा च्याम्पियन हुनबाट वञ्चित भयो ।

समूह चरणमा हङकङ र साउदी अरबलाई हराएको नेपालले सेमिफाइनलमा मलेसियालाई पन्छाएको थियो । च्याम्पियन बन्न असफल भए पनि नेपाली खेलाडीले प्रतियोगिताबाट धेरै अनुभव बटुलेका छन् । घरेलु मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को महोत्सव चलिरहँदा युवा खेलाडी भने आफूलाई निखार्नमै व्यस्त रहे । एनपिएलकै कारण विपिन शर्मालगायत अनुभवी खेलाडी प्रिमियर कपमा जान पाएनन् । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ खेलाडीलाई अवसर दिएको थियो ।  

अब, भने नेपाली खेलाडीको वास्तविक परीक्षाको समय आएको छ । यही टिमले युएईमै १२ देखि २१ डिसेम्बरसम्म हुने एसिसी एसिया कप खेल्दै छ । यो प्रतियोगिता पनि एकदिवसीय फम्र्याटमै हुनेछ ।

नेपालले एसिया कपको समूहमा तीनवटा टेस्ट राष्ट्रसँग खेल्ने छ । डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै समूहमा अफगानिस्तान र श्रीलंकाको सामना गर्दै छ । समूह ‘बी’ को प्रतिस्पर्धा नेपालका लागि फलामको चिउरा चपाउनुसरह हुने छ । अफगानिस्तानसमेत एक पटकको च्याम्पियन हुँदा नेपाललाई गाह्रो पक्कै हुनेछ । फेरि कमजोर तयारीबीच नेपाली खेलाडी युएईमै हुने एसिया कपमा सहभागी हुँदै छन् ।

हालसम्म एसिया कपमा भारत सर्वाधिक ७ पटकको च्याम्पियन हो । यसपालि पनि भारतले आइपिएललगायत घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधा दर्जन बढी खेलाडीलाई एसिया कपमा खेलाउँदै छ । बंगलादेशले पछिल्लो दुई पटक उपाधि जित्दा सन् २०१७ मा अफगानिस्तान पहिलो पटक च्याम्पियन बनेको थियो । यता, समूह ‘ए’ मा भारतसहित मलेसिया, पाकिस्तान र आयोजक युएई छन् ।

प्रिमियर कपमा नेपाल प्रदर्शन कस्तो ?नीरजको शतकमा साउदीविरुद्ध प्रभावयुएईमा भएको आइसिसी पुरुष यु–१९ प्रिमियर कपमा नेपालले पहिलो खेलमै साउदी अरेबियालाई ८ विकेटले पराजित ग¥यो । सुरुमा ब्याटिङ गरेको साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १९ रनको लक्ष्य दियो । प्रत्युत्तरमा नेपालले ३०.४ ओभरमै २ विकेट गुमाएर २ सय १९ रन बनाएको हो । नेपालका ओपनिङ ब्याटर नीरजकुमार यादवले ११४ रनको शतकीय इनिङ्स खेले । उनले ९० बल खेल्दा १३ चौका र १ छक्का प्रहार गरे । निश्चल क्षेत्रीले अविजित ६६ रन बनाएका थिए ।

हङकङविरुद्ध नेपालको रवाफ नेपालले हङकङविरुद्ध फराकिलो जित निकाल्यो । ११९ रनको जित निकाल्दै नेपाल समूह ‘ए’ मा चार अंकसहित शीर्षस्थानमा रहेको थियो । समूहमा नेपाल दुबै टोलीलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्न सफल भयो । नेपालले सुरुमा ब्याटिङ गर्दै २७० रन बनायो । कप्तान अशोक धामीले ७३ तथा दर्श सुनारले ४५ रन बनाए । नेपालले अतिरित्त २५ रन पाएको थियो । जवाफमा हङकङले ४०.५ ओभरमा अलआउट हुँदा मात्र १५१ रन बनाउन सक्यो । अपराजित पौडेलले एक्लैले ४ तथा अशोक धामीले ३ विकेट लिएका थिए ।

सेमिफाइनलमा सानदार प्रदर्शनसमूह विजेता बनेर सेमिफाइनलमा पुगेको नेपालले सानदार प्रदर्शन गर्दै मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । समूह ‘डी’ विजेता बनेर सेमिफाइनल पुगेको मलेसियाका ब्याटर नेपाली बलरसामु टिक्न सकेनन् । नितेशकुमार पटेल र चन्दन राम चम्किएपछि मलेसियाका शीर्ष आठ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि नितेशले ८ ओभरमा दुई मेडनसहित ४ विकेट लिएका थिए । चन्दनले ५ ओभरमा एक मेडनसहित ३ विकेट लिए । ब्याटिङतर्फ भान्स क्षेत्रीले अविजित २३ तथा निश्चल क्षेत्रीले अविजित १५ रन जोड्दै लगातार चौथो खेलसम्म अपराजित यात्रा कायम राखेको थियो ।

फाइनलमा ब्याटिङसँगै चुक्यो नेपाललगातार तीन खेलमा अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाएको नेपाल निर्णायक खेलमा भने घरेलु टोली युएईसँग पराजित भयो । फाइनलमा नेपालको ब्याटिङ चल्न सकेन । सुरुमा ब्याटिङ गरेको युएईलाई नेपाली बलरले १४७ रनमै रोकेका थिए । दयानन्द मन्डलले एक्लैले ६ विकेट लिएका थिए । अपराजित पौडेलले पनि २ विकेट लिए । तर, ब्याटिङमा नेपालका खेलाडी चल्न सकेनन् । शतक बनाएका नीरज पनि एक रन बनाएर आउट भए । कप्तान अशोकले सबैभन्दा धेरै ३४ रन बनाएका थिए । ८.१ ओभरमा १६ रन जोड्दा ४ विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो । अन्त्यमा नेपाल २७ रनले पराजित भयो ।