यसपालि नेपालले उपाधि जित्न दाबेदारी प्रस्तुत गर्दा यस्ता खेलाडीहरूको मुख्य भूमिकामा हुन सक्नेछ । खेलाडी डटकमले एन्फासँग प्राविधिक सहयोग लिँदै साफमा नेपालका लागि प्रभावकारी रहने यी ६ खेलाडीको सूची तयार पारेको छ:
अहिले नेपाली खेलकुदले जति चर्चा कमाइरहेको छ, ती सबै उपलब्धि केलाउने हो भने महिला खेलाडीबाट प्राप्त भएको छ ।
चेल्सी छाड्दाको समय क्लब र पोचेटिनोबीचको सम्बन्ध तीतो भइसकेको थियो । अब प्रश्न हो, के उनको अमेरिका बसाइ मीठो हुनेछ त ? यो काम साँच्चै गाह्रो भने छ ।
यस पटक नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गरेका थिए ।
पारा ओलम्पिकमा पलेशासँगै तेक्वान्दोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । दुवै खेलाडीले पहिलो चरण पार गर्न भने सकेनन् ।
यसपालिको पेरिस ओलम्पिकमा विश्वभरका १० हजार ५०० खेलाडी ३२ खेलमा भिड्दै छन् ।
नेपालको फुटबललाई केन्द्रमा राखेर स्मरण गर्ने हो भो समग्रमा यो वर्ष बिर्सनलायक रह्यो । मैदानभित्र र प्रशासनमा पनि आशाको सञ्चार गराउँदै क्रिकेटले सर्वत्र चर्चा कमाइराख्दा फुटबलको दैनिकी द्वन्द्वमात्रै रह्यो ।
तिन महिना अगाडि सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानले पहिलो पटक नेपालसँग ऐतिहासिक बराबरी खेलेको थियो । नेपाल च्याम्पियन रहेको उक्त प्रतियोगितामा भुटानले आयेजक नेपाल र लाओसविरुद्ध विगतका दिनभन्दा सुधारिएको प्रदर्शन गरेको थियो ।
पहिलो शब्दको यति चर्चा किन गरिएको हो भने, खेलाडी डटकमले आफ्नो प्रसारण/प्रकाशन सुरु गरेको आजकै दिन पहिलो वर्ष पूरा गरेको छ । त्यसकारण हामीले पहिलोपल्ट नेपालबाट ओलम्पिक खेल्नेहरूलाई सम्झिएका छौं ।
पहिलो पटक यु–२० उमेर समूहका आधारमा आयोजना भएको प्रतियोगितामा नेपाल उपाधिविहीन भए पनि केही खेलाडीको प्रदर्शन भने उच्च रह्यो । करिब ७ सयको खुला छनोटबाट २३ खेलाडीभित्र स्थान बनाएका केही खेलाडी पहिलो पटक उच्चस्तरीय प्रतियोगितामा अनुभवसँगै आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।
भर्खर नाम सुनिएका किशोर खेलाडीबाट कोलकाता लिगमा ‘डेब्यु’ खेलमै ह्याट्रिक । त्यसपछि त के चाहियो र । नेपालको गुल्मीमा जन्मिएका थापा अब भारतीय क्लब फुटबलमा ‘सरप्राइज प्योकज’ बने ।
यही खराब ब्याटिङ जारी रहने हो भने नेपाल रेलिगेट हुने सम्भावना छ । आइसिसी विश्वकप लिग-२ को शीर्ष पाँचभित्र नअटाएमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुम्ने छ ।
छिमेकी भारतसँगै दक्षिण एसियाकै अर्को देश श्रीलंकामा पनि रग्बीको रवाफ तुलनात्मक रूपमा माथि छ । नेपालमा भने पुरानो खेल भए पनि क्यालेन्डर फेर्नुभन्दा माथिको गतिविधि हुन नसक्दा रग्बीले खासै प्रभाव जमाउन सकेको छैन । त्यसो त संस्थागत रूपमा दर्ता हुनुअघि पनि नेपालमा रग्बी प्रतियोगिता हुने गरेको थियो । तर, त्यो अत्यन्तै सीमित दायराभन्दा बाहिर पुग्न सकेको थिएन ।
सुन्दर नरसिंहले १५ वर्षको उमेरमा योङ एनआरटीबाट सहिद स्मारक ‘बी’ डिभिजन खेल्न थाले । एनआरटीले ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरिहँदा उनी जस्तै युवा खेलाडीको बाहुल्य रहेको योङ एनआरटीले ‘बी’ डिभिजनमा प्रतिस्पर्धा गरिरहेको थियो । २०३६ सालमा ‘ए’ डिभिजनमा बढुवा भएको योङ एनआरटी २०४० सालमा ‘बी’ डिभिजनमा घटुवा भयो । खेलाडी अभाव हुन थालेपछि भने योङ एनआरटी फुटबल गतिविधिबाट अलग भयो ।
कोटेश्वरको फुटबल संस्कार यस्तै थियो । २०५० को दशकको पूर्वार्द्धसम्म पनि कोटेश्वरमा कुनै यस्तो मानिस थिएन, जसले फुटबल नखेलिकन युवाअवस्था कटाएको होस । धावनमार्ग लम्ब्याउनका लागि विमानस्थललाई वरिपरीबाटै तारबार गरेपछिमात्र हो, कोटेश्वरको फुटबल सुस्ताउन थालेको ।
आगामी साताबाट कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय फुटबल टोली अहिले कतार भ्रमणमा छ । तर राष्ट्रिय टोलीको पर्यायझै भइसकेका मुख्य ११ खेलाडी भने कतार भ्रमणमा छैनन् । उनीहरू कुवेतमा नेपालले एसियन कपको छनोटमा चुनौती प्रस्तुत गर्दा पनि हुने छैनन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जेठ २२ देखि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गर्यो । राखेपले यस प्रतियोगितालाई एसियाली खेलकुदका लागि छनोट चरण भएको जनाएको थियो ।
यो खेललाई के–के मात्र भन्न सकिन्न ? सबैभन्दा पहिले त यो पक्कै पनि हेभिवेट फाइट भयो । त्यसपछि ‘ब्लकबस्टर’ खेल पनि भयो यो । अझ ठ्याक्कैभन्दा लिग टाइटल डिसाइडर । अरू झन के के । यो खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहादमा हुनेछ । नेपालमा खेल सुरु हुने समय रहेको छ, रातिको ९ः१५ बजे ।
यसरी नेपाली फुटबलले महिना दिनको अन्तरमा चार सपुतलाई गुमाएको थियो । यी दुई विमान दुर्घटनाका कारण पूरा नेपाल स्तब्ध भएको थियो । यसको सबैभन्दा बढी क्षति भने नेपाली फुटबललाई नै परेको थियो ।
हाम्रा लिगका तथ्यांकहरू भताभुंग छन् । छरपस्ट छन् । नत्र ठोकेर भन्न मिल्यो, नेपाली लिग इतिहासमा कुमार थापा जत्तिको खेलाडी अरू कोही छैनन् । लिगका तथ्यांक दुरुस्त नहुँदा पनि हामी भन्न सक्छौं, उनी सहिद स्मारक लिग ‘ए’ डिभिजनका ‘लेजेन्ड’ हुन् ।
प्रश्न त अझै धेरै छन् । मूल प्रश्न भने यही हो । के यी सबै प्रश्नको उत्तर दिन एन्फा तयार र जिम्मेवार छ ?