फाल्गुन २८, २०८२ बिहीबार | ०७:२८:५७
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

पोखराको सान्त्वना जित

काठमाडौं ।  एडम रोसिङ्टनर र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध आठ विकेटको जित दर्ता गरेको छ ।

जितसँगै सात खेलमा ६ अंक जोडेको पोखराले पाँचौं स्थानमा रहेर लिग सक्काएको छ । पराजित चितवन समान खेलबाट चार अंकका साथ छैटौं स्थानमा छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पोखराले दुई बल बाँकी रहँदा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

पोखराका लागि रोसिङ्टनले ४८ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी अर्जुनले अविजित ४३ रन बनाए ।

पहिलो विकेटका लागि रोसिङ्टन र अर्जुनबीच १०० रनको साझेदारी भएको थियो । चितवनका लागि सैफ जेब र रिजन ढकालले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रनको योगफल तयार पारेको  थियो ।

चितवनका लागि देव खनालले ३५, अल्पेश रामदानीले अविजित ३३, कप्तान कुशल मल्लले २३ र सैफ जेबले १७ रन बनाए ।

पोखराका लागि धनन्नजय लक्षणले तीन तथा विपिन खत्री, किरण ठगुन्ना र रोहित चन्दले समान एक विकेट लिए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||