वैशाख ६, २०८२ शनिबार | ०४:५५:४३
एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन
शनिबारको दिन

भलिबल वर्ष २०८१: खेलाडीलाई घरेलुमा खेल्न भ्याइनभ्याइ

काठमाडौं । वर्ष २०८१ मा नेपालको राष्ट्रिय खेल भलिबलको घरेलु तालिका निकै व्यस्त रह्यो । वर्षभर नै खेलाडीलाई देशका विभिन्न स्थानमा भएका प्रतियोगिताहरू खेल्न भ्याइनभ्याइ भयो ।

नेपाल भलिबल संघको नेतृत्वमा जितेन्द्रबहादुर चन्दले दुई वर्ष पूरा गर्दा केही हदसम्म भलिबललाई व्यवस्थित गर्नेतर्फ ध्यान दिइएको छ । अझै धेरै गडबडी छ नै । संघभित्र बोलवालाको रजगज धेरै छ । त्यसतर्फ सुधार हुनुपर्ने आवश्यकता छ । अध्यक्ष चन्दले संघभित्र आन्तरिक सुशासनमा अझै ध्यान पुर्याउन जरुरी देखिन्छ ।  

तारिफ योग्य काम पनि निकै भएका छन् । देशभर जस्तो मन लाग्यो त्यस्तै प्रतियोगिताहरू गर्ने र स्वीकृतिविना प्रतियोगिता गर्ने होडबाजी रोकिएको छ । अब, देशभर प्रतियोगिता गर्न नेपाल भलिबल संघ (एनभिए)सँग स्वीकृति लिनैपर्छ । यो घरेलु भलिबलका लागि राम्रो कदम हो ।

वर्षभर केही प्रतियोगिता आयोजनाका लागि संघले स्वीकृति पनि दिएको छ । तर, त्यसको लेखाजोखा नै छैन ।

यस वर्ष एनभिएले १५ वटा घरेलु प्रतियोगिता र कार्यक्रमलाई वैशाखदेखि चैतसम्म स्वीकृति दियो । अधिकांश प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब हाबी भएको छ । यसपालि पुलिसको महिला तथा पुरुष दुवै टोलीले अधिकांश प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले केही प्रतियोगिता जित्दा त्रिभुवन आर्मी क्लबमा महिला र पुरुष टिम सहभागितामै सीमित बन्यो । प्रतिभा मालीविना अधिकांश प्रतियोगिता खेलेको न्यु डायमन्ड स्पोर्टस क्लबले चुनौती दिए पनि उपाधि जित्न निकै संघर्ष गर्नुपरेको थियो ।

 टाइगर कपमा प्रतिस्पर्धा गर्दै पुलिस (रातो जर्सी) र गण्डकी प्रदेश । 

वर्षभर केही प्रतियोगिता आयोजनाका लागि संघले स्वीकृति पनि दिएको छ । तर, त्यसको लेखाजोखा नै छैन । कुन-कुन टिमले खेले र कुन टिम च्याम्पियन बन्यो, त्यसको सूची नै पाइँदैन ।

वर्षको पहिलो दिन वैशाख १ मा नै दोस्रो किरण स्मृति भलिबल प्रतियोगिता आयोजना भयो । लगत्तै वैशाख १२ देखि शेरबहादुर स्मृति कप सम्पन्न भयो । त्यसमा विभागीय टोली एपिएफ क्लब च्याम्पियन भएको थियो । आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबलमा महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन भएका थिए ।

खेलाडीलाई कस्तो सुविधा दिने, कस्तो प्रतियोगिता हुने, पुरस्कार कस्तो हुने त्यसको मापदण्ड तोकिनुपर्छ ।

असारमा भएको सहाना प्रधान स्मृति यु-१९ कप भलिबल प्रतियोगिताको उपाधि बागमती प्रदेशले जित्यो । कास्कीमा तिजको अवसरमा भएको खुल्ला भलिबल प्रतियोगिता पुलिसले जितेको थियो ।

निकै तामझामसहित असोजमा सुरु भएको एभरेस्ट महिला फ्रेन्चाइज लिग भलिबलमा कर्णाली यश्विज च्याम्पियन बन्यो । बुटवलमा भएको मदन भण्डारी कप भलिबलको उपाधि पुलिसले जित्यो । त्यस्तै, विच भलिबलको दुवै उपाधि पुलिसले नै जित्यो । पोखरामा भएको टाइगर कपको उपाधि महिलातर्फ आयोजक एभरेस्ट र पुलिसतर्फ नेपाल पुलिस च्याम्पियन भए ।

यीकबाहेक यो वर्ष राष्ट्रिय पुरुष खुल्ला भलिबल, कोशी प्रदेश महिला मुख्यमन्त्री कप, मुख्य मन्त्री कप राष्ट्रिय पुरुष भलिबललगायतका विभिन्न प्रतियोगिता पनि भए ।

एभरेस्ट महिला फ्रेन्चाइज लिगको फाइनलमा प्रतिस्पर्धा गदै कर्णाली यश्विज (पहेंलो जर्सी) र ललितपुर क्विन्स । 

यद्यपि खेलाडी नै दर्शकमाथि जाइलाग्ने, सुरक्षा व्यवस्थित नहुने, खेलाडीले पुरस्कार नपाउने परम्परा यसपालि पनि छिटफुट भइरह्यो । यस्तो निन्दनीय कार्य रोक्न संघको ध्यान पुग्नुपर्छ ।

अब, वर्ष २०८१ मा अध्यक्ष चन्दले प्रतियोगितालाई पनि वर्गीकरण गर्नुपर्छ । भलिबलमा चर्काे माहोल बढेको फाइदा आयोजकले लिइरहेका छन् । खेलाडीलाई कस्तो सुविधा दिने, कस्तो प्रतियोगिता हुने, पुरस्कार कस्तो हुने त्यसको मापदण्ड तोकिनुपर्छ ।

एभिए लिगको च्याम्पियन हेल्प नेपाल । 

प्रतियोगिताको प्रतिवेदन सात दिनभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउनुपर्ने नियम लागू गर्न सक्नुपर्छ । आयोजकको आय-व्यय र आर्थिक पारदर्शिताको विषयमा चन्द नेतृत्व कडाइको साथ लागू भए तब मात्र राष्ट्रिय खेल भलिबलले सही दिशा लिन सक्नेछ ।