वैशाख ८, २०८२ सोमबार | १७:०२:३४
एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित
शनिबारको दिन

पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज

झापा । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित आयोजक काँकरभिट्टा ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा आज (शनिबार) प्रतिस्पर्धा गर्दैछन् ।

दुवै टोलीले प्रतियोगिताको पाँचौ संस्करण आइपुग्दा पहिलो पटक फाइनलमा स्थान बनाएका हुन् । यस अर्थमा प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित छ ।

२०७१ सालबाट सुरु भएको प्रतियोगितामा यसअघि विर्तामोड युनाइटेड, झापा ११, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । पुलिसले पछिल्लो पटक आर्मीलाई हराउँदै उपाधि जितेको थियो । पूर्व च्याम्पियनरू यस पटक सहभागी नै भएनन् । लगातार चार संस्करण प्रतियोगिता आयोजना भएपछि कोरोना महामारीका कारण रोकिएको प्रतियोगिताको पाँचौं संस्करण हुन पाँच वर्ष नै कुर्नु पर्यो ।

चर्च ब्वाइज झापा गोल्डकप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको च्याम्पियन हाे । 

सहिद स्मारक स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज यो प्रतियोगिता पनि जित्न तयार छ । फाइनल अघिविश्राम पाउँदा टिमलाई सहज हुने प्रशिक्षक सुमन श्रेष्ठ बताउँछन् । ‘लगातार मोफसल प्रतियोगिता खेल्दा खेलाडीलाई पनि निकै गाह्रो भएको छ । फाइनल अघि एक दिन विश्राम पाएका छौं । फाइनल जित्ने लक्ष्यमा हुँदा यसले धेरै सहज हुने गर्दछ,’ यस पटक टिमलाई तीन प्रतियोगिताको उपाधि जिताइसकेका श्रेष्ठले भने, ‘मेरो लक्ष्य यो प्रतियोगिताको उपाधि जित्दै यस पटक मोसफल टुंगाउने छ । त्यसमै केन्द्रित छौं ।’

ट्रफीका साथ चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकी( बायाँ) काँकरभिट्टाका उपकप्तान दिवस उराउ, तस्विरः सरोज सापकोटा/खेलाडी । 

प्रशिक्षक श्रेष्ठ यो प्रतियोगिता लगत्तै नेपाल सुपर लिग (एनएसएल)मा केन्द्रित हुने बताउँछन् । उनी पोखरा थन्डर्सको मुख्य प्रशिक्षक हुन् । यस पटक श्रेष्ठले आफ्नो प्रशिक्षणमा चर्च ब्वाइजलाई झापा गोल्डकप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि दिलाइसकेका छन् । यसपटक पटक चर्च ब्वाइजले खेलेको १० मध्ये आठ प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ । चर्च ब्वाइज इलाम गाेल्डकप, विराट गोल्डकप र  भारतको सिक्किमा भएको चिफ मिनिस्टर कपमा भने उपविजेता बनेकाे थियाे ।

टिमलाई आफ्नो कप्तानीमा तीनै उपाधि जिताएका एकराज बुढाथोकी लगातार मोफसल प्रतियोगिता खेल्दा थकित भए पनि यो प्रतियोगिता जित्नेरै छाड्ने बताउँछन् । सेमिफाइनल सोचेको भन्दा राम्रो हुँदा उनी हौसिएका छन् । ‘सेमिफाइनल सोचेको भन्दा निकै राम्रो भयो । लगातार खेल्दा थकित छौं । तर पनि उपाधि जितेर यो पटक मोफसलको यात्रा टुंगाउन चाहन्छौं,’ उनले भने ।

काँकरभिट्टा पनि घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उपाधि घरमै राख्न चाहन्छ । 

चर्च ब्वाइजले प्रतियोगिताको पहिलो खेलमा एनएसएलको टोली झापा एफसलाई सेडन डेथमा हराएको थियो । सेमिफाइनलमा भने ‘ए’ डिभिजन लिग पूर्व विजेता मछिन्द्र एफसीविरुद्ध अप्रत्यासित कमब्याक गर्न सफल भयो । पहिलो हाफमै ३-० ले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा चार गोल गरेको थियो ।

मछिन्द्रविरुद्ध ह्याट्रिक गरेका अबायोमी फकुन्ले, तस्विरः सरोज सापकोटा/खेलाडी ।  

सेमिफाइनलमा विदेशी खेलाडी अबायोमी फकुन्लेले ह्याट्रिक गरेको थिए । फाइनलमा समेत उनी नै टोलीको मुख्य हतियार हुनेछन् । राष्ट्रिय टिमबाट खेलिसकेका सुरज जिउठकुरीसँगै उमेर समूहमा नेपालको प्रतिनित्व गरिसकेका समीर तामाङ, राजेश परियार, जया गुरुङ, गौरव श्रेष्ठ जस्ता खेलाडी चर्च ब्वाइजमा छन् ।

यता, आयोजक टोली पनि घरेलु समर्थकको साथ घरमै उपाधि राख्ने योजनामा छ । टोलीले सुधारिएको प्रदर्शन गरिरहेको छ । प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार रहेको बताए । ‘हामी फाइनलका लागि तयार छौं । टोलीमा रहेका खेलाडी क्षमतावान छन् । त्यसैले हामी हामी उपाधिको हकदार छौं ।’

आयोजक काँकरभिट्टाले पहिलो खेलमा भारतको जर्जियन एफसीलाई ४-२ ले पराजित गरेको थियो । सेमिफाइनलमा धरान एफसीविरुद्ध पछि परेको स्थितिमा खेल उल्टाउँदै सेडनडेथमा जित निकाल्न सफल भएको थियो । खामिर गिल्सानको कप्तानीमा रहेको टिममा विश्वास चौधरी, दिवस उराउ, पासाङ लामा, विवेक गुरुङ, निशान लिम्बू जस्ता खेलाडी छन् । विदेशी खेलाडी रोबार्ट, इब्राहिम र फ्राङ्कुलिन कुइटे टालाले पनि सानदार प्रदर्शन गरिरहेका छन् ।

‘चर्च ब्वाइज राम्रो टिम हो । उनीहरु औसतममा बलियो छन् । तर, हामी उपाधि जित्न खेल्छौं,’ खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित उपकप्तान दिवसले भने ।

काँकरभिट्टा (पहेंलो) र धरान प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा /खेलाडी ।