असार १, २०८२ आइतबार | १४:००:१६
यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि
शनिबारको दिन

एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य

काठमाडौं । फुटबल, क्रिकेट, भलिबल अनि अब कबड्डी । कुनै बेला नेपालको राष्ट्रिय खेल मानिने कबड्डीको पनि छिट्टै फ्रेन्चाइज प्रतियोगिता हुँदै छ । अखिल नेपाल कबड्डी संघ (अनेकस) को आयोजनामा माघ ४-१९ सम्म नेपाल कबड्डी लिग (एनकेएल)को हुनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा चल्नेछ ।

नेपाली खेलकुदमा समर्थकको उत्साह र बाक्लो साथका कारण फुटबल, क्रिकेट र भलिबलमा सम्पन्न भएका फ्रेन्चाइज लिग प्रतियोगिता सम्पन्न गर्दा व्यावसायिक घराना निराश हुनुुपरेको छैन । के कबड्डीले पनि घरेलु समर्थकको उत्तिकै माया र साथ पाउनेछ त ? लगानीकर्ताले कबड्डीबाट के सोचेअनुुरुप प्रतिफल पाउला ? प्रश्न अलिकति गह्रों छ ।

किनभने, कबड्डी नेपाली खेलकुदमा गुम्सिएको खेलमध्येमा पर्छ । कतिलाई त नेपालमा कबड्डी अहिलेसम्म पनि खेलिन्छ भन्ने लाग्न सक्छ । यस्तोमा दर्शकको साथ पाउने नपाउनेमै शंका उत्पन्न हुन्छ ।

गत वर्ष चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा कबड्डीको महिला टोलीले ऐतिहासिक कांस्य पदक जित्दै राष्ट्रको लाज ढाकिदिएको थियो । यो नेपालका लागि चीनमा जितेको पहिलो पदक थियो । पछि करातेकी एरिका गुरुङको अर्को ऐतिहासिक रजत पदकमा नेपालले चीन भ्रमण अन्त्य गरिएको थियो । राज्यबाट पनि हेपिएको र छायाँमा परेको कबड्डी खेलले यसरी राष्ट्र«लाई पदक दिलाउँदा यसको चर्चा एकाएक चुलिएको थियो । एक वर्षपछि फेरि कबड्डीले खेलकुद बजार तताएको छ । 

पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स सहभागी छन् । 

माटोदेखि मैदानसम्म भन्ने मूल नारा लिएर कबड्डी संघले यो फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो । यसका लागि कर्पाेरेट हाउस एस्ट्रोइनिक्ससँग एक वर्ष अगाडि नै सम्झौता गरेको थियो । प्रतियोगिता मिति नजिकिँदै जाँदा आयोजकले तयारी अन्तिम चरण पुर्याएको छ ।

एनकेएलका प्रशिक्षक। 

पहिलो संस्करणमा ६ टिमको सहभागिता रहनेछ  । त्यसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन्  । ड्राफ्टबाट ८४ खेलाडी छनोट भएका छन् भने टोलीको नाम, टिम प्रशिक्षक, मार्की खेलाडीको घोषणा भइसकेको छ । यो एक वर्षको अवधिमा संघले के के कुरा गर्यो त ?

गत साता खेलाडी टक्सको नयाँ शृंखलामा कबड्डी संघका महासचिव अरविन्दकुमार झाले उपस्थिति जनाएका थिए । उनले यो प्रश्नको जवाफ यसरी दिएका थिए, ‘हामीले लिगका लागि खेलाडी छनोट गनुुपर्ने थियो । त्यसैले प्रत्येक प्रदेशमा गएर खेलाडी छनोटको प्रक्रिया पूरा गर्यौं । हामीले यो लिगलाई भारतीय प्रो कबड्डी लिगजस्तै गर्न खोजेका छौं । त्यसैले प्राविधिक निर्देशक पनि भारतबाटै ल्याएका छौं । यसबाहेक हामीले फ्रेन्चाइज प्रतियोगिता सञ्चालनका लागि चाहिने सबै कुरा पूरा गर्यौं ।’

यी सबै विधिवत प्रक्रिया भए । तर, अर्थतन्त्रले एनकेएललाई थेग्छ ? झा यसबारे प्रस्ट छन् । भन्छन्, ‘देशको अर्थतन्त्र ओरालो लागेको अवस्थामा छ । तर, अहिले नेपालमा खेलकुदप्रति जनताको एकदमै धेरै उत्साह छ । दर्शक बाक्लो रूपमा प्रतियोगितास्थल पुगिरहेका हुन्छन् । लगानीकर्ता पनि म लगानी गर्छु भनेर तँछाडमछाड गरिरहेको अवस्था छ । अहिले कर्पोरेट हाउसले खेलकुदमा लगानी गर्ने रुचि राखेका छन् ।’

मूल कुरा दर्शकले यसलाई स्वीकार्छ त ? हाँस्दै महासचिव झाले सुनाए, ‘कबड्डी त्यस्तो खेल हो, जसले मन नै लोभ्याउँछ । एकचोटि हेर्यो भने हेरौं हेरौं लाग्ने बनाइदिन्छ । दर्शकहरू बाक्लो रूपमा कर्भडहल आउने अपेक्षा गरेका छौं ।’

एनकेएलका मार्की खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ‘ए’ श्रेणीका खेलाडीले ७५ हजार पाउनेछन् । ‘बी’ श्रेणीका खेलाडीले ६५ हजार पाउँदा ‘सी’ श्रेणीका खेलाडी ५० हजार रुपैयाँमा अनुबन्ध भएका छन् । 

कबड्डीले दर्शकको मन जित्ने कुरामा झा किन पनि विश्वस्त छन् भने उनी भारतीय प्रो कबड्डी लिगको सफलताबारे जानकार छन् । उनी आफैं पनि एनकेएल भारतीय प्रो कबड्डी लिगजस्तै बनाउने योजनामा रहेको बताउँछन् । भन्छन्, ‘जसरी भारतीय प्रो कबड्डी लिगले विश्वव्यापी चर्चा कमाएको छ । हाम्रो योजना पनि त्यही छ । हाम्रो यो पहिलो प्रयास हो । आउने दिनमा हामी एनकेएललाई भारतीय प्रो कबड्डीकै स्तरमा लैजाने छौं । हामी कबड्डीलाई नेपालकै लोकप्रिय खेल बनाउने छौं ।’

अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा ।

झा एनकेएलले नेपाली कबड्डीको स्तर माथि लैजानेमा पनि विश्वस्त देखिन्छन् । भन्छन्, ‘हामीले पहिलो पटक फ्रेन्चाइज प्रतियोगिता गर्दै छौं । खेलाडीले राम्रो पारिश्रमिक पाउँदै छन् । आउने २\३ वर्षमा नेपाली कबड्डी खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्नेछन् ।’

एनकेएलका मार्की खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ‘ए’ श्रेणीका खेलाडीले ७५ हजार पाउनेछन् । ‘बी’ श्रेणीका खेलाडीले ६५ हजार पाउँदा ‘सी’ श्रेणीका खेलाडी ५० हजार रुपैयाँमा अनुबन्ध भएका छन् । विदेशी खेलाडीको हकमा मार्की खेलाडीसरहकै रकम छुट्याइएको झा बताउँछन् । आयोजकले उपाधि विजेताको पुरस्कार रकम भने खुलाएको छैन ।