कार्तिक २८, २०८२ शुक्रबार | २३:२६:१६
सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी

सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर

काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले  ‘हस्पिटालिटी’ पार्टनरका रुपमा साथ दिएको छ ।

सुदूरपश्चिम र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच शुक्रबार काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश खड्का र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले हस्ताक्षर गरे ।

सम्झौतापछि खड्काले हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।

‘सिद्धार्थजस्तो हस्पिटालिटी क्षेत्रमा राम्रो सेवा दिँदै आइरहेको कम्पनीसँग जोडिन पाउँदा हामी खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला थपिएको छ ।’

पन्तले यो साझेदारले हस्पिटालिटी क्षेत्रलाई नै राम्रो प्रभाव पार्ने तर्क गरे । उनले भने, ‘सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी सुदूरपश्चिम रोयल्सको  ‘हस्पिटालिटी’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीका कारण हस्पिटालिटी क्षेत्र थप अघि बढ्नेछ भन्ने विश्वास गरेका छौं ।’

सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।

हिक्मत महरालाई ‘आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President