चैत्र १६, २०८२ सोमबार | १८:३०:२०
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन

पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी

काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सोमबार सुरु हुँदै छ । त्यसका लागि सहभागी सबै आठ फ्रेन्चाइज अन्तिम चरणको तयारीमा व्यस्त छन् ।

गत वर्ष पहिलो संस्करणको प्रदर्शनका आधारमा यसपालि टोलीको तयारी निर्भर रहन्छ । जहाँ सबभन्दा बढी सचेत चाहिँ लुम्बिनी लायन्स हुनेछ । किनकि पहिलो संस्करणको प्रदर्शन लुम्बिनी लायन्सका लागि बिर्सनलायक रह्यो । कमजोर प्रदर्शनको पहिचानसहित पुछारमा रहेर टोलीले एनपिएल वानको यात्रा टुंग्याएको थियो ।

फर्चुन हेल्य केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीका अध्यक्ष ईश्वर जिसी हुन् । टोलीले दोस्रो सिजनका लागि भने गत वर्षबाट पाठ सिक्दै राम्रो तयारी गरेको छ । यसपालि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइट जडान भइरहेकाले राती खेल्नुपर्ने सम्भावनाका कारण त्यसमा अध्यस्त हुन लुम्बिनीले लामो समय भारतमा अभ्यास गर्यो ।

टोलीले नयाँ प्रशिक्षकका रूपमा भारतका टिनु योहान्ननलाई नियुक्त गरेको छ । पहिलो सिजनमा भारतकै नन्दन फडनिसले मुख्य प्रशिक्षकको हैसियतमा लुम्बिनीको नेतृत्व गरेका थिए ।

यसपालि भारतकै रोबिन सिंहले मेन्टरका रूपमा टोलीलाई सफलताको बाटोमा डोर्याउने जिम्मेवारी लिएका छन् । गत सिजनको कमजोर उपस्थितिबाट तर्सेका कारण लुम्बिनीले यसपालि फेरि खराब प्रदर्शन नदोहोरियोस भनेर तयारीमा कुनै कसर बाँकी राखेको छैन ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि निरन्तरता दिएको छ ।

विराटनगरविरुद्ध ब्याटिङ गर्दै रोहितकुमार पौडेल । 

लुम्बिनीले रिटेन गरे पनि अलराउन्डर विवेकुमार यादव भने यस पटक उपलब्ध हुने छैनन् । उनी चोटको शल्यक्रियापछि आराम गरिहेका छन् । लुम्बिनीले विवेकको स्थानमा सुमित महर्जनलाई भित्र्याएको छ । गत सिजन काठमाडौंका लागि ५ खेल खेल्दा सुमितले ८७ रन प्रहार गरेका थिए ।

टोलीले अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ता र आदिल खानलाई अनुबन्ध गरेको थियो ।

६ विदेशी खेलाडी भित्र्याउन पाउने नियम भए पनि लुम्बिनीले अहिलेसम्म तीन जनामात्र अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका डार्सी शर्ट, इटालीका थोमस ड्राका र अफगानिस्तानका गुलबद्दिन नैबसँग टोलीले सम्झौता गरिसकेको छ । बाँकी तीन विदेशी पनि परिस्थितिअनुसार अनुबन्ध गर्ने सोचमा रहेको बताइन्छ ।

यस पटक पनि लुम्बिनीको ब्याटिङ धेरै हदसम्म कप्तान रोहित पौडेलमै निर्भर रहनेछ । पहिलो सिजनमा रोहितको प्रदर्शन उत्कृष्ट थियो ।

उनले ७  खेलबाट २ अर्धशतसहित २७९ रन बनाएका थिए । डार्सी शर्टको आगमनपछि लुम्बिनीको ब्याटिङ तुलनात्मक रूपमा थप सन्तुलित बनेको छ । लुम्बिनीले ब्याटिङमा सन्दीप जोरा, दिलीप नाथ, सुमित महर्जनजस्ता खेलाडीलाई पनि भरपूर प्रयोग गर्न सक्छ ।

सन्दीपले भर्खरै सम्पन हङकङ सुपर सिक्सेसमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले यो लय एनपिएलमा पनि कायम राख्ने लुम्बिनीको विश्वास छ । दिनेश अधिकारी र गुलबद्दिन नैब पनि ट्वान्टी–२० मा राम्रो विकल्पका रूपमा रहनेछन् ।

पहिलो सिजन लुम्बिनीको बलिङ पनि निकै खराब देखिएको थियो । यस पटक पनि टोलीले त्यतातिर त्यति ध्यान दिएको देखिँदैन । टोलीले यसको परिपूर्ति बाँकी रहेका तीन विदेशी खेलाडी खेलाडीको कोटाबाटै गर्नुपर्ने छ ।

कप्तान रोहित बलिङमा पनि योगदान गर्न सक्छन् । गत सिजन उनले ८ विकेट लिएका थिए । शेर मल्लको आगमनले लुम्बिनीको बलिङ आक्रमणलाई केही धार दिन सक्छ । गत सिजन च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका शेरले ७ विकेट लिएका थिए । लुम्बिनीले अविनाश गौतम, नैब जस्ता खेलाडीलाई पनि बलिङमा उतार्ने छ । यस्तै टोलीसँग तिलकराज भण्डारी र डार्सी शर्ट विकल्पका रूपमा रहनेछन् ।

पहिलो सिजनमा लुम्बिनीको प्रदर्शन

पहिलो सिजन लुम्बिनीले ७ खेल खेल्दा मात्र एक जित दर्ता गरेको थियो । पुछारमा रहेको लुम्बिनीले चितवन राइनोजलाई मात्र पराजित गरेको थियो ।

टोली जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

लुम्बिनीको टोली रिटेनः रोहितकुमार पौडेल (मार्की), सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, अविनाश गौतम

परिवर्तन गरिएका खेलाडीः विवेककुमार यादवको स्थानमा सुमित महर्जन

मिनी अक्सनबाट अनुबन्धः दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ता, आदिल खान

विदेशी खेलाडीः डार्सी शर्ट, थोमस ड्राका, गुलबद्दिन नैब

प्रशिक्षकः टिनु योहन्ननमेन्टरः रोबिन सिंह