मंसिर २७, २०८२ शनिबार | ००:१०:४२
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत
शनिबारको दिन

सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने

काठमाडौं । अम्पायर स्पोर्टस कम्पनीको नाममा सुदूरपश्चिम रोयल्सको स्वामित्व छ । टोलीका मालिक हुन् स्वतन्त्रप्रताप शाह । अस्ट्रेलियामा बसोबास गर्ने शाह एनआरएन अस्ट्रेलियाका सचिव हुन् । उनी अन्तर्राष्ट्रिय युवा व्यवसायी महासंघको संस्थापक अध्यक्ष पनि हुन् ।

शाहले अस्ट्रेलियाका लागि नेपालको पर्यटन सद्भावना दूतको भूमिकामा काम गरिसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका शाहले ब्रिसबेनमा अम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । जसले क्विन्सल्यान्ड राज्यस्तरमा हुने विभिन्न क्रिकेट गतिविधिमा भाग लिने गर्छ ।

प्रशिक्षक जगत टमाटाको नेतृत्वमा रहेको सुदूरपश्चिमले यसपालि एउटै मात्र लक्ष्य बोकेको छ । त्यो हो आफ्नो ‘अनफिनिस्ड बिजनेस’ पूरा गर्ने । एनपिएलको पहिलो सिजन सुदूरपश्चिम उपाधिको एकदमै नजिक पुगेको थियो । तर, एउटा खराब दिनका कारण टोली उपाधि चुम्नबाट वञ्चित भयो । फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमको चुनौती ५ विकेटले पन्छाएको थियो । त्यसअघि सुदूरपश्चिमले एक खेलबाहेक सबैमा जित हासिल गरेको थियो ।

दीपेन्द्रसिंह ऐरी मार्की रहेको टोलीले यसपालि पनि न्युजिल्यान्डका अलराउन्डर स्कट कग्गुलाइन र अमेरिकी स्पिनर हर्मित सिंहसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कग्गुलाइन पहिलो सिजन सबभन्दा धेरै विकेट लिने खेलाडी हुन् । उनले १७ खेलाडीलाई पवेलियन फर्काएका थिए । हर्मितले भने ८ विकेट लिएका थिए । यी दुईसँगै टोलीले अस्ट्रेलियन ब्याटरद्वय क्रिस लिन र जस ब्राउनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम र समग्र एनपिएलमै कग्गुलाइन र लिन हेर्नलायक खेलाडी हुन् ।

सुदूरपश्चिमले मार्की दीपेन्द्रसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत र दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो । हिक्मत महरा ‘आइकोनिक खेलाडी’का रुपमा टोलीमा भित्रिएका छन् ।

सुदूरपश्चिमका मार्की दीपेन्द्रसिंह ऐरी । 

दीपेन्द्र र विनोदका लागि पहिलो सिजन विशेष रह्यो । दीपेन्द्रको अलराउन्ड प्रदर्शनका कारण सुदूरपश्चिमले सहजै फाइनलसम्म यात्रा तय गरेको हो । प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी चुनिएका दीपेन्द्रले पुरस्कारस्वरुप कार जितेका थिए । दीपेन्द्रले सात इनिङ्समा ९ विकेट लिए । ब्याटिङतर्फ ९ इनिङ्समा ३७.८३ को औसतमा कुल २२७ रन जोडे ।

विनोद सर्वाधिक रन बनाउने घरेलु खेलाडीको सूचीको दोस्रो स्थानमा रहे । उनले सेफ जैबसँग मिलेर पहिलो विकेटका लागि बलियो साझेदारी गर्थे । फाइनलमै यी दुईले शतकीय साझेदारी गरेका थिए । प्रतियोगिता अवधिभर जैब र विनोदको पार्टनरसिप हेर्नलायक थियो । यसै कारण पनि सुदूरपश्चिम राम्रो योगफल खडा गर्न सफल हुन्थ्यो । कुल २३५ रन जोडेका उनी उच्च रनकर्ताको दौडमा समग्रमा छैटौं स्थानमा थिए । यी दुईसँगै मध्यक्रमका ब्याटर इशान पाण्डेको प्रदर्शन पनि सम्झनलायक नै थियो ।

टोलीको बलियो पक्ष भरपर्दा घरेलु खेलाडीसँगै घरेलु समर्थकको साथ पनि हो । पहिलो सिजन सुदूरपश्चिमको खेल हुँदा त्रिवि क्रिकेट मैदानमा पाइला टेक्ने ठाउँ हुँदैनथ्यो । यसपालि पनि टोलीले त्यही साथको अपेक्षा राखेको छ ।

सुदूरपश्चिमले प्रतियोगिताको तेस्रो दिन अर्थात मंसिर ३ गते काठमान्डु गोर्खाजसँग खेल्दै पहिलो पटक एनपिएल उपाधि जित्ने अभियान सुरु गर्नेछ ।

 सुदूरपश्चिमको टोली

रिटेन: दीपेन्द्रसिंह ऐरी (मार्की) विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे, नरेन साउद

मिनी अक्सनबाट अनुबन्धः दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई

विदेशी खेलाडीः  क्रिस लिन, जोश ब्राउन, स्कट कुगेलेइन हर्मित सिंह

मुख्य प्रशिक्षकः जगत टमाटा