फाल्गुन २, २०८२ शनिबार | ०३:२१:१५
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन

जनकपुरले जोगाउला साविक विजेताको रवाफ ?

काठमाडौं ।  नेपाल प्रिमियर लिग ( एनपिएल) को पहिलो सिजनको साविक विजेता हो, जनकपुर बोल्ट्स । जसको स्वामित्व ड्रिम स्पोर्टससँग  छ । यसअघि नेपाली राष्ट्रिय टिमकै पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको प्रशिक्षणमा उपाधि उचालेको जनकपुर यसपटक भने वेस्ट इन्डिजका शिवनारायण चन्दपालको प्रशिक्षणमा मैदान उत्रिने छ ।

राष्ट्रिय टिमकै नियमित सदस्य आसिफ शेख यो टिमका मार्की खेलाडी हुन् । प्रतियोगिताका अन्य टिममा मार्की खेलाडीलाई नै कप्तानी जिम्मेवारी सुम्पिएको भए पनि जनकपुरले भने पहिलो संस्करणमा अनिल साहलाई यो जिम्मेवारी दिएको थियो । यस्तै, जनकपुरले टिमको गुडविल एम्बासडर महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई बनाएको छ ।

दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाम हुन् । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् । यस्तै, पहिला संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ । यसबाहेक, सञ्जय कृष्णमुर्ती (अमेरिका) र निकोल लोफ्टी इटोन (नामिबिया) हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य दुई नाम हुन् । यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिती रहने छैन ।

जनकपुरले पहिलो संस्करणका मार्की र कप्तानसँगै ललितनारायण राजवंशी, सुभ कशांकार, तुलबहादुर थापा, किशोर महत्तो र रुपेश सिंहलाई रिटेन गरेको थियो । यस्तै, जनकपुरले अक्सनबाट सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्रीलाई भित्र्याएको थियो ।

ललितनारायण राजवंशी । 

‘प्लेयर्स टु वाच’

राष्ट्रिय टिमका आसिफ शेख, ललितनारायण राजवंशी र अनिल साहजस्ता चर्चित अनुहारले जनकपुरलाई घरेलु खेलाडीबाटै दोस्रो संस्करणमा पनि दाबेदार बनाएको छ । अझ अनुभवी स्पिनर इमरान ताहिरको आगमनले यो टिमलाई झनै बलियो बनाएको छ । ताहिर नै जनकपुरको ‘प्लेयर्स टू वाच’ मा पर्छन् । उमेरले अर्धशतक छुन चार वर्षमात्रै बाँकी रहेका ताहिरको लय भने अझै उच्च छ । उनले यसै वर्ष सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा गुयना अमाजोन वारियर्सबाट १२ खेलमा २३ विकेट लिएका थिए । दक्षिण अफ्रिकाबाट २० टेस्ट, १०७ एकदिवसीय र ३८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले कुल २९३ विकेट लिएका छन् ।

गत सिजनको प्रदर्शन

गत वर्ष जनकपुरले उपाधि जित्दा लिग चरणमा दोस्रो स्थान हासिल गरेको थियो । जनकपुरले लिगमा सूदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग क्रमशः ७२ र ३२ रनको हार बेहोरेको थियो । यसबाहेक, अन्य खेलमा जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान ८ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ७ विकेट, लुम्बिनी लायन्सविरुद्ध १ रनक र काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकालेको थियो ।

यस्तै, प्रतियोगिताको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटको हार बेहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णालीविरुद्ध २ विकेटको जित निकालेको थियो । लिग र क्वालिफायर्समा दुई पटक पराजित भएको जनकपुरले फाइनलमा भने सुदूरपश्चिलाई नै पाँच विकेटले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

बलियो र कमजोर पक्ष

उमेरले ४६ लागेको इमरान ताहिर प्लेङ्गमा हुँदा निसन्देह जनकपुरको बलिङ लाइनअप बलियो रहन्छ । तर, खेलकुदमा उमेरसँगै फिटनेसमा हुने कमीले ताहिर टिममा हुँदा फिल्डिङमा केही सम्झौता गर्नपर्ने स्थिती पनि बन्ने देखिन्छ । यो टिमको बलियो पक्ष ब्याटिङ नै हो । जहाँ आसिफ शेख, अनिल साह, लाहिरु  मिलन्था र पहिलो संस्करणमा आशालाग्दो प्रदर्शन गरेका सुभ कंशाकार प्रमुख भूमिकामा छन् । यस्तै, रुपेश सिंह पनि स्थितीअनुसार ब्याट घुमाउन सक्ने क्षमता राख्छन् । बलिङमा पनि औशतभन्दा माथि देखिने जनकपुरको कमजोरी यही भन्न सकिने स्थिती बनिसकेको छैन । तर, यी सबै अनुमानमात्रै हुन् । टिमको वास्तविकताले प्रतियोगिताका दौरान नै देखिँदै जानेछन् ।

जनकपुरको टोली

रिटेन गरिएका खेलाडीः आसिफ शेख (मार्की), अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह,  तुलबहादुर थापामगर

मिनी अक्सनबाट अनुबन्धः मयन यादव, आदित्य महता, विकास अग्री, सचिन भट्ट

विदेशी खेलाडीः लाहिरु मिलन्था, वायने पार्नेल, इम्रान ताहिर, जान निकोल लोफ्टी इटोन, सञ्जय कृष्णमुर्ती

प्रशिक्षकः  शिवनारायण चन्दपाल