पुस २, २०८२ बिहीबार | ०६:१३:०९
एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै

सबैको नजरमा पर्ने ६ खेलाडी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) सह–आयोजनामा साफ महिला च्याम्पियनसिप फुटबल बिहीबार नेपाली भूमिमा आयोजना हुँदै छ । सातौं संस्करण घरमै हुँदा नेपालको मुख्य लक्ष्य उपाधि नै हो ।  

तेस्रो पटक नेपालमा आयोजना भएको साफमा नेपाल ५ पटक फाइनल पुगेर उपाधिविहीन छ । समग्रमा नेपाली महिला फुटबल टोली १२औं पटक उपाधि जित्ने योजनामा छ । यसअघि पनि ११ पटक फाइलनमा पुगेर नेपाल उपाधिबाट वञ्चित भएको थियो । यसपल्ट नेपाल राजेन्द्र तामाङको प्रशिक्षणमा उपाधिविहीन यात्रामा पूर्णविराम लगाउने योजना बुन्दैछ ।

नेपाली टोलीमा यसपल्ट अधिकांश खेलाडी अनुभवी छन् । महिला फुटबलमा यही टिमलाई स्वर्णिम पुस्ता मानिएको छ । गोलकिपर अञ्जिला तुम्बापो सुब्बा, गीता राना, रेनुका नगरकोटे, अमृता जैसी, अनिता बस्नेत, सावित्रा भण्डारी, हीराकुमारी भुजेल, सरु लिम्बूजस्ता अनुभवी खेलाडी छन् । प्रीति राई, दीपा शाही, पूजा राना, समिक्षा घिमिरे, विमला बिक, निशा थोकर, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, सविता रानामगर जस्ता युवा खेलाडी रहँदा टोली थप बलियो बनेको छ ।

अघिल्लो पटक सदाको तगारो भारतलाई सेमिफाइलनमा पराजित गरे पनि नेपाल पुनः बंगलोदशसँग फाइनलमा पराजित हुन पुगेको थियो । बंगलादेशले ऐतिहासिक उपाधि जित्दा नेपालले उपविजेतामै चित्त बुझाएको स्थिति थियो ।  

यसपालि नेपालले उपाधि जित्न दाबेदारी प्रस्तुत गर्दा यस्ता खेलाडीहरूको मुख्य भूमिकामा हुने सक्नेछ । खेलाडी डटकमले एन्फासँग प्राविधिक सहयोग लिँदै साफमा नेपालका लागि प्रभावकारी रहने ६ खेलाडीको सूची तयार पारेको छ:

अन्जिला तुम्बापो सुब्बा (गोलकिपर)


गोलकिपर अन्जिला अहिले नेपाली महिला टिमको सबैभन्दा अनुभवी खेलाडी हुन् । १४ वर्षमै नेपालको उमेर समूहबाट खेलिसकेकी उनले ५० खेलको कोसेढुंगा पार गरिसकेकी छन् । साफ च्याम्पियनसिपकै लागि उनी व्यावसायिक फुटबल खेल्नका लागि ग्रिसको भिसा त्यागेर बसेकी छन् । पछिल्लो साफ च्याम्पियनसिपमा भारतविरुद्ध सेमिफाइलनमा ऐतिहासिक जित निकाल्दा उनी नै कप्तान थिइन् । भारतीय लिगमा सेथु एफसीबाट दुई सिजन खेलेपछि २८ वर्षीया एञ्जिला झनै आफूलाई अब्बल पार्न सफल भएकी छन् ।

गीता राना (रक्षक)


अग्ली कदकी गीता नेपाली टोलीकी मुख्य रक्षक हुन् । उनी रहँदा अन्य रक्षकलाई दबाब कम हुनेछ भने गोलरक्षकलाई पनि सुरक्षित महसुस हुनेछ । काउन्टरमा समेत उनले प्रभावकारी साथ दिँदै आएकी छन् । पेनाल्टी प्रहार निकै सफल मानिने २८ वर्षीया गीता विपक्षी स्ट्राइकरका लागि निकै चुनौती बन्दै आएकी छन् । गीताले पछिल्लो पटक भारतको सेथु एफसीबाट आफूलाई थप प्रमाणित गरिसकेकी छन् । बर्दियामा जन्मेकी गीताले पछिल्लो साफमा नेपाल उपविजेता हुँदा फाइनलसहित चारै खेलेकी थिइन् ।

रेनुका नगरकोटे  (मिडफिल्डर) 


रेनुका नेपाली महिला टोलीकी नियमित खेलाडी हुन् । तर, पछिल्ला वर्षहरू उनका लागि खासै फलदायी भएको छैन । जब प्रतियोगिता नजिकिन्छ, तब घाइते हुँदै आएकी छन् । उनको अभावमा गोलकिपर एञ्जिलाले कप्तानी जिम्मेवारी लिँदै आएकी हुन् । रौतहटबाट नेपाली फुटबलमा उदाएकी रेनुकाले मध्यभागमा निकै राम्रो खेल पस्कँदै आएकी छन् । रक्षकलाई साथ दिने र काउन्टरमा समेत ध्यान दिने हुँदा रेनुका सदाबहार नेपाली टोलीको मुख्य खेलाडी हुन् । पहिलो चरणको राष्ट्रिय महिला लिगमा पनि उनले यो प्रमाणित गरिसकेकी छन् ।

सरु लिम्बु (मिडफिल्डर) 


सरु नेपाली फुटबलको एक अर्की उदाहरणीय नाम हो । उमेर समूहदेखि नै उनी उच्च प्रदर्शन गर्न सफल भइन् । त्यसैले सानै उमेरमै राष्ट्रिय टोलीको ढोका खोल्न सफल भएकी छन् । घाइते हुँदाबाहेक उनी सधैं टिम सदस्यमा छन् । मोरङकी २५ वर्षीया सरु मिडफिल्डरको जिम्मेवारी लिँदै काउन्टर अट्याकमा सधैं सफल हुँदै आएकी छन् । अग्रपंक्तिमा तीव्र गतिकी सावित्रा भण्डारी हुँदा सरुले उनको भूमिकामा न्याय दिँदै आएकी छन् ।

प्रीति राई (मिडफिल्डर) 


होचो कदकी प्रीति राई नेपाली टोलीकी मुख्य खेलाडी हुन् । युवापुस्ताबीच निकै चर्चामा रहेकी प्रीतिको खेल पनि उस्तै छ । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपमा लेवनानविरुद्ध गोल गरेपछि २० वर्षीया प्रीतिको चर्चा देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि बढ्दो छ । उनले पहिलो पटक भारतीय लिग खेल्दै आफूलाई प्रमाणित गरिसकेकी छन् । ड्रिब्लिङ गर्न, लामो दूरीको बल प्रहार गर्न र बल कन्ट्रोलमा राख्न प्रीति माहिर छिन् । राष्ट्रिय महिला लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एपिएफ क्लबको अपराजित यात्रालाई साथ दिएकी छन् ।

सावित्रा भण्डारी (स्ट्राइकर) 


नेपाली महिला फुटबलमा सावित्रासँग थुप्रै इतिहास जोडिएको छ । उनी युरोपमा व्यावसायिक खेल खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन् । हाल उनी फ्रेन्च लिगमा व्यस्त छिन् । त्यसअघि इजरायलको लिग खेलिन् । भारतीय घरेलु लिगमा निकै सफल खेलाडी हुँदै सर्वाधिक गोलकर्ताको पहिलो स्थानमा रहिन् । नेपालबाट घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय फुटबलमा पनि २८ वर्षीया सावित्रा सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छिन् । दक्षिण एसियाकै तीव्र गतिकी फुटबलर सावित्राको गति रोक्न रोक्न विपक्षीलाई निकै हम्मेहम्मे पर्छ । यसपटक उपाधि जित्ने योजनामा रहेको नेपालका लागि मुख्य हतियार नै सावित्रा हुन् ।  


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team