काठमाडौँ । ज्ञान संस्कार इन्टरनेशनल स्कूल, सामाखुशी काठमाडौँले तेस्रो ज्ञान संस्कार इन्टरस्कूल नेशनल स्केट च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
विद्यालयले पुष ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो । उद्गघाटन खेलकुद मन्त्री बब्लु गुप्ताबाट हुने छ ।
२०७९ सालमा काठमाडौँ उपत्यकाको टोखा नगरपालिकामा स्थापना भएको ज्ञान संस्कार इन्टरनेशनल स्कूलले जीवनोपयोगी संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाली शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । विद्यालय स्थापनाको प्रारम्भिक चरणदेखि नै विविध शैक्षिक तथा सह–पाठ्यक्रमगत गतिविधिहरू सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा सञ्चालन हुने प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट ३०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले स्केटिङ खेल पर्यावरणमैत्री खेल भएको बताउँदै यसलाई वातावरण अनुकूल बनाएर भविष्यमा सामान्य यातायातको वैकल्पिक साधनका रूपमा समेत प्रयोग गर्न सकिने बताइन् ।
