फाल्गुन २५, २०८२ सोमबार | ११:४५:४८
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

काष्ठमण्डपलाई फुटसल उपाधि

अतिथिहरुका साथ विजेता काष्ठमण्डपको टोली । तस्बिर सौजन्यः राष्ट्रिय खेलकुद परिषद

काठमाडौं । आयोजक काष्ठमण्डप स्कुलको ‘ए’ टिमले सोमबार एआइटिएममाथि २-० को जित हासिल गर्दै काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डपका तर्फबाट दुवै गोल प्रशान्त मेन्याङबो लिम्बूले गरेका थिए ।

त्यसअघि सोमबारै भएको सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३-० तथा एआइटिएमले द सेलिब्रेसन कोएडलाई २-१ को अन्तरमा हराएर फाइनलको ढोका खोलेका थिए ।

तेश्रो स्थानका लागि भएको खेलमा सेलिब्रेसनले काष्ठमण्डप  ‘बी’ लाई ३-१ ले पराजित गर्यो ।

प्रतियोगिताको विजेता काष्ठमण्डप  ‘ए’ले पुरस्कारस्वरुप ५० हजार रुप्रयाँ प्राप्त गर्दा उपविजेता एआइटिएमले २५ हजार तथा तेस्रो हुने सेलिब्रेसनले १५ हजार रुपैया प्राप्त गरे ।

यसैगरी फाइनलमा २ गोल गरेका प्रशान्त उत्कृष्ट खेलाडी घा्ेषित हुँदा विजेता टिमकै प्रभात देवकोटा उत्कृष्ट गोलकिपर भए । दुवैले पुरस्कारस्वरुप जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजेतालाई नेपालस्थित मलेसियन दूतावासका प्रतिनिधि मोहम्मद फिरदाउस अज्मान, स्टडी प्लसका संस्थापक निर्देशक उमेश अधिकारी, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल डा. शिवा थापालगायतले पुरस्कृत  गरे । 

भक्तवीरसिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा भएको दुईदिने प्रतियोगितामा आयोजकको २ सहित ८ टिमले लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||