पुस ५, २०८२ आइतबार | १९:५६:३९
ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित

मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन

काठमाडौं । आयोजक मातृभूमि स्कुलको ‘ए’ टिमले आइतबार सम्पन्न मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फको उपाधि जितेको छ । छात्रातर्फ भने बौद्ध चिल्ड्रेन हेभन स्कुलले उपाधिमा कव्जा जमायो ।

सानोथिमीस्थित आफ्नै कोर्टमा भएको छात्रको फाइनलमा मातृभूमि ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५६–२४ को स्कोरमा पराजित गरेको थियो । खेलमा मातृभूमि ‘ए’ का आभास राउतले सर्वाधिक १८ स्कोर गरे ।

छात्रातर्फ उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वल्र्ड स्कुललाई ३४–२८ को नतिजामा हरायो । बौद्ध चिल्ड्रेनका लागि फाइनलमा जस्मिन गुरुङले सर्वाधिक १८ स्कोरको योगदान गरेकी थिइन ।

फाइनलमा सर्वाधिक स्कोर गर्ने आभास र जस्मिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । छात्रमा मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा छात्रामा मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

छात्रमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा छात्रामा चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । छात्रमा प्यारागन पब्लिक र छात्रामा केएमसीले अनुशासित टिमको पुरस्कार पाए ।

विजेतालाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृती केसी पन्तले पुरस्कृत गरे । आठ दिन सम्म चलेको प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फ समान ८ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I