फाल्गुन २५, २०८२ सोमबार | १२:१८:३८
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

एलआरआई स्कुल च्याम्पियन

काठमाडौं । राजधानीमा सञ्चालित प्रथम क्युकेएस अन्तर–विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एलआरआई स्कुलले हात पारेको छ।

गत फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगितामा आज सम्पन्न फाइनल खेलमा वृहस्पति विद्या सदनलाई पराजित गर्दै एलआरआई च्याम्पियन बनेको हो।

कुल १२ टोली सहभागी रहेको यस प्रतियोगितालाई ४ समूहमा विभाजन गरिएको थियो। ५ दिनसम्म चलेको कडा प्रतिस्पर्धापछि आज १५ फागुनमा प्रतियोगिताको भव्य समापन भएको छ।

पहिलो सेमिफाइनल वृहस्पति विद्या सदनले संस्कृति इन्टरनेशनल स्कुललाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। वृहस्पतिका प्रज्वलले ३५ रनको योगदान दिएका थिए । दोस्रो सेमिफाइनल त्रियोग हाई स्कुल र एलआरआई स्कुलबीचको खेल निकै रोमाञ्चक रह्यो । दुवै टोलीले ९० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो, जहाँ एलआरआईले जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो ।

फाइनल भिडन्तमा पहिले ब्याटिङ गरेको वृहस्पति विद्या सदनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो। वृहस्पतिका लागि प्रज्वल ए। ले १६ रन जोडे भने एलआरआईका बलर स्योन र प्रशान्तले २–२ विकेट लिए ।

७१ रनको लक्ष्य पछ्याएको एलआरआई स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । एलआरआईका सुबोधले २४ रन र अंशले १८ रनको महत्वपूर्ण पारी खेले । ४ विकेटको जित निकाल्दै एलआरआईले प्रतियोगिताको ट्रफी उचाल्न सफल भयो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू

उत्कृष्ट ब्याट्सम्यान देवांश जंग लामिछाने (संस्कृति इन्टरनेशनल स्कुल)

उत्कृष्ट बलर श्रेयस अवस्थी (एलआरआई स्कुल)

प्लेयर अफ द सिरिज श्रेयस अवस्थी (एलआरआई स्कुल)

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||