फाल्गुन १५, २०८२ शुक्रबार | १६:२५:२६
लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान

लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान

सम्मानपछि लोकेशकी आमा (बीचमा) र शेर मल्लसँग एसपिएका प्रवन्ध निर्देशक सुवास शाही (बायाँ) । तस्बिर सौजन्यः आयोजक

काठमाडौं । भारत र श्रीलंकामा जारी आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाएर फर्किएको नेपाली राष्ट्रिय टोलीका दुई खेलाडीलाई धनगढीको एसपिए कलेजले शुक्रबार नगदसहित सम्मान गरेको छ ।

एसपिएले आफ्ना विद्यार्थी लोकेश बम तथा ब्राण्ड एम्बेसडर शेर मल्ललाई शुक्रबार कलेजको २७ औं वार्षिकोत्सवको अवसरमा जनही १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको जनाएको छ ।

विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले आफ्नो समूहका सबै खेल मुम्बईको वाङ्खडे रंगशालामा खेलेको थियो । समूह चरणमा तीन हार र एक जितको नतिजाका साथ २ अंक जोडेर पुछारमा रहँदै नेपाल घर फर्किएको थियो ।

समूहको पहिलो खेलमा उत्कृष्ट प्रदर्शनका बावजुद नेपाल पूर्व च्याम्पियन इङ्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । त्यही जोशका साथ दोस्रो खेलमा इटालीविरुद्ध मैदान उत्रिएको नेपाल उक्त खेलमा १० विकेटको अनपेक्षित हारको सिकार भएको थियो । तेस्रो खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले नतिजा सुम्पिएको नेपालले अन्तिम खेलमा स्कटल्यान्डमाथि ७ विकेटको जित हासिल गर्दै घर फर्किएको थियो ।

पहिलो खेलमा दुई पटकको पूर्व च्याम्पियन इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमले अविजित ३९ रनको योगदान गरेका थिए । उक्त खेलमा शेर मल्लको नाममा एक विकेट थियो ।

इटालीविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै १९.३ ओभरमा १२३ रनमा सीमित हुँदा ५ बल खेलेका लोकेशले ३ रन बनाएका थिए । इटालीविरुद्धको खेलमा शेरले मैदान उत्रिने मौका पाएका थिएनन् ।

दुई पटकको पूर्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध नेपालले १३३÷८ को स्कोर बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा १३४ रन बनाएर नतिजा आफ्नो पक्षमा पारेको थियो । त्यस क्रममा नेपालका लागि लोकेशले १५ बलमा १३ रन बनाएका थिए भने यो खेलमा पनि शेर टिममा थिएनन् ।

समूहको अन्तिम खेलमा स्कटल्यान्डलाई हराएपछि नेपाल जितविहिन भएर फर्किनु परेन । अन्तिम खेलमा स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य ३ विकेटको क्षतिमा पछ्याउने क्रममा लोकेश क्रिजमा उत्रिनै परेन भने शेरले यो खेलमा पनि मौका पाएनन् ।   


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||