फाल्गुन १४, २०८२ बिहीबार | २२:१६:५२
जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित

गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान

पोखरा । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष एवं उनकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ ।

एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन अभ्यासलाई सहज बनाउन उक्त सहयोग गरिएको गुरुङ दम्पत्तिले जनाएको छ । ६ वटा पोलमा ३ हजार वाट क्षमताको फ्लडलाइटको औपचारिक शुभारम्भ बुधबार साँझ गुरुङ दम्पत्तिले स्विच अन गर्दै गरेका थिए ।

पूर्व अध्यक्ष विक्रम थकालीको प्रस्ताव र पूर्व उपाध्यक्ष विश्वराज बरालको समन्वयमा फ्लडलाइट जडान कार्य सम्पन्न भएको क्लवका महासचिव गंगाराज पौडेलले बताए ।

कार्यक्रममा बोल्दै रामचन्द्र गुरुङले एकेडेमीमा रहेका बालकहरूका साथै विभिन्न पेशा-व्यवसायमा आवद्ध व्यक्तिहरूले पनि साँझपख मैदान प्रयोग गरी शारीरिक रूपमा तन्दुरुस्त रहन तथा मैत्रीपूर्ण फुटबल खेल विकास गर्न सक्ने बताए । विदेशमा जस्तै साँझ र बेलुकी अभ्यास गर्ने संस्कार विकास गर्न सहयोग पुर्याउने उद्देश्यले फ्लडलाइट जडानमा साथ दिएको उनको भनाई थियो ।

क्लबका अध्यक्ष केशवबहादुर थापाले गुरुङ दम्पत्ति परिवारबाट लामो समयदेखि सहारा क्लब र आहा रारा पोखरा गोल्डकपका लागि निरन्तर सहयोग प्राप्त हुँदै आएको बताए । थापाले भने, ‘सहारा क्लवको बिषमया राम्रोसंग बुझेका हुनाले उहाँहरु पोखरा आउदा केही न केही कोशेली लिएर क्लवसमक्ष आउनुले हामीलाई सँधै प्रोत्साहन गरेको छ ।’

सचिव ज्ञानेन्द्र गुरुङले रात्रिकालीन खेल अभ्यासले खेलाडीहरूलाई ‘फ्लडलाइट अनुभव’ दिलाउनुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, पूर्व अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, पूर्व उपाध्यक्ष विश्वराज बराल, पूर्व महासचिव रामजीप्रसाद अधिकारी, पूर्व कोषाध्यक्ष नवराज अधिकारी, आजीवन सदस्य सुदर्शन रन्जित, समाजसेवी चन्द्रावती गुरुङ लगायतको उपस्थिति थियो ।

पोखरा-१७ दोभिल्लामा २०६९ माघ २६ गतेदेखि सञ्चालनमा आएको सहारा फुटबल एकेडेमीमा हाल ९० बाइ ६० मिटरको फुटबल मैदान छ । नयाँ फ्लडलाइट जडानसँगै अब एकेडेमीमा नियमित रात्रिकालीन अभ्यास सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । सहारा एकेडेमीमा हाल ३० जना बालकहरु छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||