फाल्गुन १४, २०८२ बिहीबार | १८:५८:३०
तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत

पुलिसको ६० रनको अग्रता

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ६० रनको अग्र्रता लिएको छ ।

जय ट्रफी मेन्स एलिट कपको बिहीबारबाट सुरु लिग चरणको अन्तिम खेलको पहिलो इनिङमा सामान्य अग्रता लिएको हो । पुलिसले पहिलो दिनको खेल सकिदा ४ विकेट गुमाएर २ सय ४५ रन बनाएको छ ।

पुलिसका दिल्शाद अलि र आरिफ शेख अविजित रुपमा क्रिजमा छन् । ओपनर कुशल भुर्तेल ९६ तथा शंकर राना ४८ रनमा आउट भए ।

बिहान टस जितेर पुलिसले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले ५३ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ८५ रनमात्र बनाउँन सक्यो । बागमतीका लागि विपिन आचार्यले ७५ बलमा अविजित ४६ रनको इनिङ खेले । ८४ रन जोड्दा ८ विकेट गुमाएर संकटमा पुगेको बागमतीका विपिन र गौतम केसीले नवौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।

गौतमले २१ रन बनाए । बागमतीको माथिल्लो क्रम धराशाही भएको इनिङमा तेस्रो नम्बरमा आएर इशान पाण्डे ४१ रनमा आउट भए । सुर्य तामाङ २४ तथा  कप्तान सन्दीप लामिछाने १४ रनमा आउट भए ।

पुलिसका लागि करण केसीले ४, ललित राजवंशीले ३ तथा सागर ढकाल, राशिद खान र क्शल भुर्तेलले समान १ विकेट लिए । प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष चार टोलीको सहभागीता रहेको छ । दुईदिवसीय ढाँचामा भइरहेको प्रतियोगिताको शुक्रबार सकिने लिग चरणबाट शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल भने तीनदिवसीय ढाँचामा हुनेछ ।

पुलिस जय ट्रफीको साबिक विजेता हो । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||