फाल्गुन १४, २०८२ बिहीबार | १४:५४:०१
नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट राष्ट्रिय लिगमा आज तीन खेल हुँदै रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट राष्ट्रिय लिगमा आज तीन खेल हुँदै रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी

आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल

काठमाडौं । ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटमा चिनाइरहनुपर्ने नाम होइन । एकहिसावमा उनलाई नेपाली क्रिकेटको पर्याय भनियो भने पनि अन्यथा हुँदैन । नेपाली क्रिकेटका ‘लेजेन्ड’ हुन उनी । टुँडिखेल र किर्तिपुरको सुविधाहिन मैदानमा घिस्रिइरहेको नेपाली क्रिकेटलाई विश्वकपको मञ्चसम्म प्रभावशाली उपस्थिती जनाउने अवस्थामा पुर्याउन राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्रको योगदान जति चर्चा गरे पनि कमै हुन्छ ।

प्राविधिक रुपमा ज्ञानेन्द्र आधुनिक नेपाली क्रिकेटले पाएका सबभन्दा सशक्तमध्येका एक ब्याटर हुन् । अन्तर्राष्ट्रिय स्पर्धाहरुमा नेपालको इनिङ धर्मराइरहँदा क्रिजमा ज्ञानेन्द्रको उपस्थितीले समर्थकलाई ढ्क्क बनाउथ्यो । उनी यति विश्वासिला ब्याटर थिए की, ज्ञानेन्द्र क्रिजमा भएपछि जस्तोसुकै कठिन तथा उतारचढावपूर्ण इनिङले पनि सफलताको गन्तव्य पाउने आशाको सञ्चार गराउथ्यो ।

स्वभावले ज्ञानेन्द्र निक्कै मिजासिला छन् । उनको व्यक्तित्व नै मिठो छ । कसैलाई भनि नबिजाउने र सबैलाई समेटेर अगाडि बढ्ने स्वभावले ज्ञानेन्द्र नेपाली खेल जगतमा प्रिय छन् । एउटा क्रिकेटरको रुपमा गल्लीमा सीमित नेपाली क्रिकेटलाई विश्वकपसम्म पुर्याएर राष्ट्रिय गौरवको कथा लेख्ने अवस्थासम्म डोर्याउँदाको अनुभव उनीसँग छ ।

कठिन अन्तर्राष्ट्रिय स्पर्धामा देशलाई जिताउन आवश्यकताअनुसार आक्रामक तवरले ब्याट घुमाउने देखि धैर्यपूर्वक इनिङ सम्हालेका कैयौं अनुभव छन् । कप्तानको जिम्मेवारीमा रहँदा नेपालको जितलाई केन्द्रमा राखेर टिमभित्र नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ । त्यसका लागि फरक पृष्ठभूमि, फरक सोच र फरक स्वभावका सहयात्रीहरुलाई देश जिताउने एउटै लक्ष्यका लागि एकाकार पार्न समन्वयकारी भूमिका खेल्ने परिपक्वता पनि छ । ज्ञानेन्द्रको क्रिकेट करियर चर्चा गर्दा तथ्यांकहरुको स्मरण जरुरी पर्दैन । समग्रमा उनको योगदान र व्यक्तित्वले नै सबथोक बोल्छ ।

एउटा खेलाडी, कप्तान र राष्ट्रिय ‘ए’ टिमको मुख्य प्रशिक्षकको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका ज्ञानेन्द्रको खेलकर्मले सधै सदभाव, भाइचारा, अनुशासन, एकता र राष्ट्रिय गौरवलाई प्रवर्धन गर्यो । यस हिसावमा उनी नेपाली राजनीतिका लागि उपयुक्त पात्र होइनन । खासगरि, नेपाली राजनीति आपसी विभाजनको यन्त्र बनिरहेका बेला एकतालाई प्रवर्धन गर्ने उनको राजनीतिमा के काम ?

दशकौंदेखि निरन्तर समाजमा कटुता र द्वेश मात्र फेलाइरहेको राजनीतिमा सदभाव र भाइचाराको वकालत गर्ने ज्ञानेन्द्र कसरी सुहाउनु ? राष्ट्रिय गौरवका कथा लेख्नका लागि अनुशासन, इमान्दारी र मेहनतलाई मुलमन्त्र बनाउने ज्ञानेन्द्रहरु बेइमानी, ठगी र अनुशासनहिनताको पर्याय बनेको राजनीतिमा कहाँ अटाउनु ?

यति भनिरहँदा अर्को पक्षबाट पनि सोच्नु जरुरी हुन्छ । राजनीतिले देशमा विभाजनको खेती गरिरहेको छ । कटुता र द्वेश फैलाइरहेको छ । समग्रमा राजनीति बेइमान, ठग र अनुशासनहिन छ । यसकारण त राजनीतिलाई इमान्दार बनाउनुपर्छ । यसकारण त राजनीतिलाई सदभाव र भाइचाराको प्रवर्धन गर्ने माध्यम बनाउनुपर्छ । राजनीतिलाई देशको प्रगतिको माध्यमका रुपमा विकास गर्न इमान्दारी, अनुशासन र मेहनतको प्रवर्धन गर्नुपर्छ । अनि यसका लागि ज्ञानेन्द्रहरु जस्ताको राजनीतिमा जबरजस्त हस्तक्षेप हुनुपर्छ । स्वयम ज्ञानेन्द्रलाई पनि त्यस्तै लाग्छ । यसकारण उनी पनि राजनीतिमा होमिएका छन् ।

‘राजनीतिमा सबै खराबमात्र छैनन् । राजनीतिक दलहरुमा पनि असल र खराब दुवैखाले मानिसहरु छन् । असल र खराब दुवैखालका सोच र व्यवहार छन् । हाम्रो समस्या खराब मानिस र खराब सोच हावी भयो भन्ने हो । अब राजनीतिमा देशको उन्नति र प्रगतिलाई केन्द्रमा राख्ने असल मानिसहरुको संख्या बढाउनुुपर्छ । त्यसो गर्न सकियो भने असल सोच र व्यवहार स्वत हावी हुन्छ,’ राजनीतिमा डेब्यु गरेपछि पहिलो निर्वाचन अभियानमा लागेका ज्ञानेन्द्र भन्छन्, ‘अब असल मानिसहरु बाहिर बसेर राजनीति खराब भयो भनिरहने होइन, बरु आफै अगाडी बढेर त्यसलाई राम्रो बनाउन लाग्नुपर्छ ।’

यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको आम चुनावमा ज्ञानेन्द्र पनि प्रतिस्पर्धाको मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ज्ञानेन्द्रलाई समानुपातिक सूचिको आदिवासी जनजाती पहिचान समूहको ५ नम्बरमा राखेर चुनावी अभियान चलाइरहेको छ । ज्ञानेन्द्र पनि रास्वपाको चुनावी अभियान सफल पार्न देशव्यापी दौडाहामा छन् ।

‘खेलाडी र प्रशिक्षकका रुपमा देशका लागि खेल्ने खेलाउने काम दुई दशकभन्दा लामो समय गरेँ । तर अब फरक भूमिकाबाट पनि देशको सेवा गर्नुपर्छ । खेलाडीका रुपमा हामीले नेपाली क्रिकेटलाई जहाँ पुर्यायौं, सबै क्षेत्रमा नेपालको अन्तर्राष्ट्रिय उपस्थिती त्यस्तै रवाफिलो हुनुपर्छ । क्रिकेटमात्र होइन, देशमा अरु पनि खेल छन् । ती सबै खेलको प्रगति पनि यस्तै हुनुपर्छ,’ खेलकुदलाई प्राथमिकताका साथ अगाडि बढाउने बाचा पार्टी नेतृत्वबाट लिएर राजनीतिमा होमिएको बताउँदै उनले थपे, ‘खेलकुदलाई देश विकासको माध्यम बनाउनेगरि अगाडि बढ्नुपर्छ । त्यसका लागि नीति निर्माण तहमा खेलकुदको आवाज बुलन्द बनाउनका लागि म चुनावी अभियानमा लागेको हुँ । खेलाडी र प्रशिक्षक भएर क्रिकेटमा योगदान गरेँ, अब राजनीतिमा लागेर समग्र खेलकुदको सेवा गर्ने सोच हो ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||