फाल्गुन १४, २०८२ बिहीबार | ००:३४:५०
श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान

श्रीलंका विश्वकपबाट बाहिरियो

काठमाडौं । न्युजिल्याण्डसँग पराजित हुदै श्रीलंका ट्वान्टी २० विश्वकपबाट बाहिरिएको छ ।

भारत र श्रीलंकामा भइरहेको विश्वकपमा बुधबार सम्पन्न सुपर ८ को खेलमा न्युजिल्याण्डले ६१ रनको फराकिलो जित हात पारेको हो । यस विश्वकपमा सुपर ८ बाट बाहिरिने श्रीलंका पहिलो टोली बनेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार गरेको थियो । न्युजिल्याण्डको जितमा प्लेयर अफ द म्याच भएका रचिन रविन्द्रले अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङ तर्फ २२ बलमा ३२ तथा बलिङमा ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए ।

कप्तान मिचेल स्यान्टेनरले २६ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए । कोल म्याकोन्चीले २३ बलमा अविजित ३१ रन जोडे । सातौं विकेटका लागि कोल र कप्तान स्यान्टेनरले ८४ रनको साझेदारी गरे ।

न्युजिल्याण्डको सुरुवात राम्रो हुन सकेको थिएन । उसले १२ दशमलब १ ओभरमा ६ विकेट गुमाएर मात्र ८४ रन जोडेको थियो । तर बाँकी ७ दशमलब ५ ओभरमा १ विकेट गुमाएर ८४ रन जोड्न सफल भयो ।

श्रीलंकाका लागि दुश्मन्था चमिरा र महेश थिक्शेनाले समान ३ तथा दुनिथ विल्लालागेले १ विकेट लिए । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कमान्डु मेन्डिसले सर्वाधिक ३१ रन जोडे । अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । श्रीलंकालाई कम रनमा रोक्न न्युजिल्याण्डका रविन्द्रले ४ तथा म्याट हेनरीले २ विकेट लिए ।

जितका साथ न्युजिल्याण्ड सुपर ८ को दोस्रो खेलमा जितका साथ दोस्रो स्थानमा उक्लदा २ खेलमा अंक बिहिन श्रीलंका चौथो स्थानमा छ । समूह २ बाट इङ्ल्याण्डले सेमिफाइनलमा स्थान बनाइसकेको न्युजिल्याण्ड र पाकिस्तान दोस्रो टोली बन्ने लक्ष्यमा छ ।

श्रीलंका सन् २०१४ को विश्वकपमा च्याम्पियन बने यताका पाँच संस्करणमा सेमिफाइनलका लागि छनोट हुन सकेको छैन । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||