फाल्गुन १३, २०८२ बुधबार | २२:३७:१५
साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका

मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबमाथि २–० को जित हासिल गर्दै विभागीय टोली एपिएफ एफसी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको तेस्रो खेलमा एपिएफलाई जित दिलाउन प्रदीप लामा र युवराज खड्काले गोल गरे । पहिलो हाफमा प्रदीपले टोलीलाई अग्रता दिलाएका थिए ।

जितसँगै एपिएफ ७ खेलमा १९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लियो । एपिएफले दोस्रो स्थानको लालिगुँरास एसोसिएसन क्लबसँग दुई अंकको स्पष्ट अग्रता लिएको छ । एक खेल बढी खेलेको मनाङ ८ अंकका साथ नवौं स्थानमा छ ।

दिनको पहिलो खेलमा लालिगुँरासले पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रेबिहार क्लबविरुद्ध ४–१ को सहज जित हासिल गर्यो । लालिगुँरासको जितमा अब्दुल युसुफ हाउलेले ह्याट्रिक गरे । सुरुआती अग्रता मुकुन्द निउरेले दिलाएका थिए । चार गोलले पछाडि रहेको अवस्थामा काँक्रेबिहारका लागि सोनाम आचार्यले सान्त्वना गोल फर्काएका थिए ।

दिनको दोस्रो खेलमा सातदोबाटो युवा क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्यो । यो नतिजासँगै सातदोबाटो ७ खेलमा ६ अंक जोड्दै अंकतालिकाको १२औं स्थानमा उक्लियो । श्री भगवती १४औं स्थानमा यथावत रह्यो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||