काठमाडौं । फरवार्ड जिलेश्पीजंग कार्की चम्किँदा त्रिभुवन आर्मी क्लबले जावलाखेल युवा क्लबलाई २–० ले हराएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन दुबै गोल जिलेश्पीले गरे । जिलेश्पीले पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८०औं मिनेटमा सम्भव भएको थियो ।
लिगमा आर्मीको यो चौथो जित हो । योसँगै ७ खेलमा १४ अंक जोड्दै आर्मी अंकतालिकाको छैटौं स्थानमा उक्लियो । जावलाखेलको यो चौथो हार हो । समान खेलमा ९ अंक जोड्दै जावलाखेल आठौं स्थानमा छ ।

लिगमा शुक्रबार दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा चित्लाङ एफसीले संकटा एफसीको सामना गर्नेछ । दिउँसो ४ बजे दोस्रो खेलमा फ्रेन्ड्स क्लब र लालिगुँरास एसोसिएसन आमने–सामने हुनेछन् । दुबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
