फाल्गुन १५, २०८२ शुक्रबार | ०९:५४:५५
जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

जय ट्रफी : अन्तिम दिनको खेल आज

काठमाडौं । राजधानीमा भइरहेको जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको अन्तिम राउण्डको दोस्रो दिनको खेल आज(शुक्रबार) रहेको छ ।

मुलपानी क्रिकेट मैदान तथा टियु क्रिकेट रंगशालामा बिहिबारबाट सुरु दुई खेलको अन्तिम दिनको खेल शुक्रबार रहेको हो । दुवै खेल समाप्ती पछि प्रतियोगिताको फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

टियुमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुदैछ । पहिलो दिनसम्ममा पुलिसले बागमतीविरुद्ध ६० रनको अग्रता बनाइसकेको छ । पहिलो इनिङमा अग्रता लिएको पुलिसका लागि दोस्रो दिनको खेल ३७ रनमा अविजित दिल्शाद अलि र १७ रनमा रहेका कप्तान आरिफ शेखले सुरुवात गर्नेछन् ।

सुरुवातमा ब्याटिङ गरेको बागमती १ सय ८५ रनमा अल आउट भएको थियो । बागमतीका लागि विपिन आचार्यले अविजित ४६ तथा इशान पाण्डेले ४१ रन बनाएका थिए । पुलिसका लागि करण केसीले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङको सुरुवात गरेको पुलिसले पहिलो दिनको खेल सकिदा ४ विकेट गुमाएर २ सय ४५ रन जोडेको छ । पुलिसका लागि ओपनर कुशल भुर्तेल शतक बनाउनबाट ४ रनले चुकेका थिए । शंकर राना ४८ तथा अमित श्रेष्ठ ३९ रनमा आउट भएका थिए । बागमतीका लागि इशान पाण्डेले २ विकेट लिएका थिए ।

शुक्रबारै मुलपानी मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको खेल हुनेछ । पहिलो दिनको खेल सकिदा एपिएफ १ सय १२ रनले पछि रहेको छ । पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाएर २ सय ५२ रनमा इनिङ समाप्तीको घोषणा गरेको थियो ।

आर्मीका लागि ओपनर तृतराज दासले १ सय २ रनको शतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इम्रान शेख ७१, बसिर अहमद २० तथा कुशल मल्ल १७ रनमा आउट भए । एपिएफका लागि युवराज खत्रीले ५ तथा कप्तान रोहितकुमार पौडेलले २ विकेट लिएका थिए ।

त्यसपछि आफ्नो पहिलो इनिङको खेल सुरु गरेको एपिएफले पहिलो दिनको समाप्तीमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको छ । एपिएफका कप्तान रोहितले ४८ रनका साथ दोस्रो दिनको सुरुवात गर्नेछन् । दिपक बोहोरा २१, आरिफ शेख र लोकेश बम समान १४ तथा सुमित महर्जन १५ रनमा आउट भए । आर्मीका लागि सोमपाल कामीले ४ तथा नरेन साउदले २ विकेट लिए ।

प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष चार टोलीको सहभागीता रहेको छ । दुईदिवसीय ढाँचामा भइरहेको प्रतियोगिताको शुक्रबार सकिने लिग चरणबाट शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल भने तीनदिवसीय ढाँचामा हुनेछ । पुलिस क्लब जय ट्रफीको साबिक विजेता हो । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||