पुस २८, २०८२ मंगलबार | ०६:२५:१०
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व

काठमाडौं । जेम्स स्कुलमा जारी तेस्रो जेम्स थन्डर बोल्ट्स कपअन्तर्गत टेनिसमा मंगलबार जेम्सले ३ स्वर्ण, ६ रजत र ८ कांस्य पदक हासिल गरेको छ ।

१२ वर्षमुनिको छात्र एकलमा जेम्सका रोनिथ प्रधानले स्वर्ण पदक जित्दा जेम्सकै आरोहनराज श्रेष्ठले रजत पदक जिते । १४ वर्षमुनिको छात्रा एकल र १८ वर्षमुनिको छात्रा एकलमा पनि जेम्सकै खेलाडीले स्वर्ण पदक जिते ।

१४ वर्षमुनिको विधामा जेम्सकी शायना आचार्यले स्वर्ण पदक जित्दा जेम्सकै निधि न्यौपानेले रजत तथा जेम्सकै जेसिका महर्जन र पूर्णिमा अधिकारीले कांस्य पदक जिते ।

यु–१८ छात्रा एकलमा जेम्सकी निभा श्रेष्ठले स्व्र्ण, जेम्सकै अनुष्का पुनले रजत तथा जेम्सकै सोफिया रानाभाट र लोजिना थापा मगरले कांस्य पदकमा कव्जा जमाए ।

त्यस्तै यु–१२ छात्रा एकलमा गोदावरी रेसिडेन्सियल स्कुलकी काव्या थापा मगरले स्वर्ण, जेम्सकी परिधि घिमिरे थापा र आरोही सुवेदीले रजत तथा तथा जेम्सकै बेला योन्जन श्रेष्ठ र रोयिबा महराले कांस्य पदक जिते ।

यु–१८ छात्र एकल विधातर्फ गोदावरी रेसिडेन्सियल स्कुलका सन्दीप जिसीले स्वर्ण, जेम्सका शाश्वत केसीले रजत तथा जेम्सकै ब्रज जोशी र तनिष लामाले कांस्य पदक जिते ।

बुधबार सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट सम्भावना देखाएका जेम्स स्कुलका मुस्कान भट्ट, प्रेशा कंशाकार, अक्सा निरौला तथा वसिष्ठराज शाहीलाई ‘इमर्जिङ एथलिट’ पुरस्कार प्रदान गरियो ।

फुटबलतर्फ मंगलबार तेस्रो स्थानका लागि भएका खेलमा यु–१२ छात्रमा डिएभी स्कुलले पाठशाला फाउन्डेसनलाई पेनाल्टीमा ३–१ को नतिजामा हरायो ।

यु–१६ छात्रमा भिएस निकेतन स्कुलले पाठशाला फाउन्डेसनलाई २– ० ले पराजित गरी तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी बास्केटबलतर्फ यु–१६ छात्रमा एलआरआई स्कुलले रातो बंगला स्कुललाई ४१–३२ ले पराजित गरी तेस्रो स्थान सुरक्षित गर्यो भने यु–१८ छात्रा विधामा जेभियर इन्टरनेसनल कलेजले ब्लुबर्ड कलेजलाई ३०–२४ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।

यु–१८ छात्रमा गोल्डेनगेट इन्टरनेसनल कलेजले सेन्ट जेभियर्स स्कुलमाथि ५५–४४ को जित दर्ता गर्दै तेस्रो स्थान प्राप्त गर्यो ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||