पुस ८, २०८२ बुधबार | २०:५९:२२
अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक ललितपुर मेयर कप ब्याड्मिन्टन यसै महिना राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक ललितपुर मेयर कप ब्याड्मिन्टन यसै महिना राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय

थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक

थन्डरबोल्टस कपका विजेता तथा अतिथिहरु पुरस्कार वितरण समारोहमा । तस्बिर सौजन्यः आयोजक

काठमाडौं । जेम्स स्कुलले लगातार तेस्रो पटक थन्डरबोल्टस कप विद्यालयस्तरीय बहुखेल महोत्सवको च्याम्पियन भएको छ ।

विभिन्न १२ खेलका ३२ विधामा प्रतिस्पर्धा गराइएको थन्डरबोल्टस कपको तेस्रो संस्करणमा जेम्स अंकतालिकाको शीर्ष स्थानमा रहँदा एभिएम स्कुल दोस्रो तथा निसर्ग बाटिका स्कुल तेस्रो भए ।

४९ अंकका साथ च्याम्पियन भएको जेम्सले पुरस्कारस्वरुप ५ लाख रुपैयाँ प्राप्त गर्यो । दोस्रो स्थानको एभिएमले २० तथा तेस्रो भएको निसर्गले ११ अंक जोडेका थिए ।

च्याम्पियन स्कुलका साथै विभिन्न व्यक्तिगत विधाका विजेता खेलाडी, टिम तथा विद्यालयहरुलाई समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र जेम्स स्कुलका अध्यक्ष राजेश खड्का लगायतले पुरस्कृत गरे ।

फुटबलका अत्यावश्यक गतिविधि समेत गर्न नसकेको भनेर आलोचित एन्फा महासचिव राईले पुरस्कार वितरण समारोहमा जेम्स स्कुलको खेलकुद अभियानबाट आफू खुसी भएको बताए ।

‘स्कुल स्पोर्टसलाई हाँक्ने अभियानमा जेम्स स्कुलले नेतृत्व लिइरहेको देख्दा खुसी लागेको छ । युवा प्रतिभाहरू यस्तै खाले देशव्यापी प्रतियोगिताबाट उत्पादन हुनेछन्,’ राईले भने ।

समापन समारोहमा स्पोट्र्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन व्हिटल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतको उपस्थिति थियो ।

आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले सहभागी विद्यालय तथा खेलाडीहरूलाई बधाई दिँदै धन्यवाद ज्ञापन गरेका थिए । प्रतियोगितामा कुल १०७ स्कुलका ३५ सय खेलाडीको सहभागिता थियो ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I