पुस २८, २०८२ मंगलबार | ०५:४६:०३
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक

थन्डरबोल्टस कपका विजेता तथा अतिथिहरु पुरस्कार वितरण समारोहमा । तस्बिर सौजन्यः आयोजक

काठमाडौं । जेम्स स्कुलले लगातार तेस्रो पटक थन्डरबोल्टस कप विद्यालयस्तरीय बहुखेल महोत्सवको च्याम्पियन भएको छ ।

विभिन्न १२ खेलका ३२ विधामा प्रतिस्पर्धा गराइएको थन्डरबोल्टस कपको तेस्रो संस्करणमा जेम्स अंकतालिकाको शीर्ष स्थानमा रहँदा एभिएम स्कुल दोस्रो तथा निसर्ग बाटिका स्कुल तेस्रो भए ।

४९ अंकका साथ च्याम्पियन भएको जेम्सले पुरस्कारस्वरुप ५ लाख रुपैयाँ प्राप्त गर्यो । दोस्रो स्थानको एभिएमले २० तथा तेस्रो भएको निसर्गले ११ अंक जोडेका थिए ।

च्याम्पियन स्कुलका साथै विभिन्न व्यक्तिगत विधाका विजेता खेलाडी, टिम तथा विद्यालयहरुलाई समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र जेम्स स्कुलका अध्यक्ष राजेश खड्का लगायतले पुरस्कृत गरे ।

फुटबलका अत्यावश्यक गतिविधि समेत गर्न नसकेको भनेर आलोचित एन्फा महासचिव राईले पुरस्कार वितरण समारोहमा जेम्स स्कुलको खेलकुद अभियानबाट आफू खुसी भएको बताए ।

‘स्कुल स्पोर्टसलाई हाँक्ने अभियानमा जेम्स स्कुलले नेतृत्व लिइरहेको देख्दा खुसी लागेको छ । युवा प्रतिभाहरू यस्तै खाले देशव्यापी प्रतियोगिताबाट उत्पादन हुनेछन्,’ राईले भने ।

समापन समारोहमा स्पोट्र्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन व्हिटल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतको उपस्थिति थियो ।

आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले सहभागी विद्यालय तथा खेलाडीहरूलाई बधाई दिँदै धन्यवाद ज्ञापन गरेका थिए । प्रतियोगितामा कुल १०७ स्कुलका ३५ सय खेलाडीको सहभागिता थियो ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||