चैत्र ९, २०८२ सोमबार | १५:१५:४१
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन

काठमाडौं । तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत शनिवार सम्पन्न यु–१६ छात्रातर्फको फुटसलमा एभिएम स्कुलले पुष्पाञ्जली स्कुललाई ३–० ले पराजित गर्दै स्वर्ण पदक जितेको छ ।

यु–१२ क्रिकेटको उपाधि न्यु एराले जित्यो । न्यु एरा स्कुलले जेम्स स्कुललाई ५ रनले पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।

यसै गरी बास्केटबलतर्फ यु–१६ छात्र तर्फका खेलमा मातृभूमि स्कुल, रातो बंगला स्कुल, जेम्स स्कुल र एलआरआई स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनलमा मातृभूमि स्कुलले डिएभी स्कुलमाथि ५४–१५ को जित हासिल गर्दा जेम्स स्कुलले लर्डस लाइट एकेडेमीलाई ३१–२७ ले पराजित गर्यो ।

यु–१८ छात्रा बास्केटबलको क्वार्टरफाइनलमा गोल्डेनगेट इन्टरनेसनल कलेजले भ्याली पब्लिक स्कुललाई २७–२४ तथा जेभियर इन्टरनेसनल कलेजले इम्पेरियल कलेजलाई २८–६ ले हराउँदै सेमिफाइनल प्रवेश गरेका छन् । ब्लुबर्ड कलेज र जेम्स स्कुल पनि शीर्ष चारमा पुगेका छन् ।

टेबल टेनिस अन्तर्गतको यु–१२ छात्रा एकलतर्फ एभिएम स्कुलकी इशारा शाक्य प्रथम भइन । एभिएम स्कुलकै एन्जेला क्षेत्री दोस्रो भइन् भने आरम्भ संस्कार विद्यालयकी प्रज्ञा महर्जन र एभिएम स्कुलकी काव्या शाक्य संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।

त्यसैगरी यु–१२ छात्र एकलतर्फ डिएभी स्कुलका रिभानमुनी बज्राचार्य प्रथम, एभिएम स्कुलका आरभ मल्ल दोस्रो तथा डिएभी स्कुलका आयांशु शर्मा रेग्मी र एभिएम स्कुलका शिरीष शाक्य संयुक्त रुपमा तेस्रो भए ।

यु–१५ छात्रा एकलतर्फ सेन्ट मेरीज स्कुलकी सुरम्य शाक्य प्रथम, फ्युचर स्टार स्कुलकी एम्रिन महर्जन दोस्रो तथा एभिएम स्कुलकी अर्शना महर्जन र लिटल एन्जल्स स्कुलकी पामिला जोशी संयुक्त रुपमा तेस्रो स्थानमा रहे ।

यु–१५ छात्र एकलतर्फ भास्सरा सेकेन्डरी स्कुलका रिजान शाक्य प्रथम, आरम्भ संस्कार विद्यालयका निश्चल थापा दोस्रो तथा न्यु होराइजन स्कुल, बुटवलका सुविन क्षेत्री र एभरेस्ट बोर्डिङ स्कुलका आर्यन शाही संयुक्त रुपमा तेस्रो भए ।

यु–१८ छात्रा एकलतर्फ जेम्स स्कुलकी नर्मदा खैटु प्रथम, ग्लोरिया स्कुलकी महिमा महतो दोस्रो तथा काव्या स्कुलकी कृतिका न्यौपाने र एभिएम स्कुलकी श्रेया शाक्य संयुक्त रुपमा तेस्रो भए । यु–१८ छात्र एकलतर्फ भने एभिएम स्कुलका प्रजिल भट्टराई प्रथम, एभिएम स्कुलकै जयाश्नु महर्जन दोस्रो तथा ख्वोपा स्कुलका न्युनिश सुवाल र समृद्धि स्कुलका सार्थक मानन्धर संयुक्त तेस्रो भए ।

आर्चरी (सोकेस) च्याम्पियनसिपमा छात्रा एकलतर्फ जेम्स स्कुलकी सानिया आचार्यले स्वर्ण, जेम्स स्कुलकै सुप्रिया अर्यालले रजत तथा सेलिब्रेशन को–एड स्कुलकी रिदिमा श्रेष्ठले कांस्य पदक जितिन् ।

छात्र एकलतर्फ सेलिब्रेशन को–एड स्कुलका नोलन पाण्डेले स्वर्ण, जेम्स स्कुलका आविष्कार आचार्यले रजत तथा जेम्स स्कुलकै अरिन पराजुलीले कांस्य पदक प्राप्त गरेका थिए ।

भलिबल अन्तर्गत यु–१८ छात्रातर्फको सेमिफाइनलमा सेन्ट लरेन्स स्कुलले इम्पेरियल कलेजलाई तथा माउन्ट ओलिभ स्कुलले जेम्स स्कुललाई २५–१५, २५–११ ले हराउँदै फाइनलमा स्थान बनाएको छन् । यु–१८ छात्र भलिबलको सेमिफाइनलमा भने सेन्ट लरेन्स स्कुलले माउन्ट ओलिभ स्कुललाई तथा मोलिस स्कुलले ब्लु वर्ड कलेजलाई हराउँदै फाइनल प्रवेश गरे ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेबापत गोल्डेन सिद्धार्थ एकेडेमीका मिराज तामाङ, रातो बंगला स्कुलका सहर्ष श्रेष्ठ, केएमसी स्कुलका शिवम दास, कान्जिरोवा सेकेन्डरी स्कुलका अभिनव रिमाल, बृहस्पति विद्या सदनका शिवांश कार्की तथा गोदावरी रेसिडेन्सियल स्कुलका अभिनीत खनाललाई उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो