काठमाडौं । अर्को हार, अनि अर्को प्रतियोगिताबाट पनि बाहिर । यो नतिजा हो, इङ्लिस फुटबलको महारथी म्यानचेस्टर सिटीको ।
रियाल मड्रिडसँग दोस्रो लेगमा ३-१ को हार बेहोरेपछि सिटी समग्रमा ६-३ को हार बेहोर्दै यूइएफए च्याम्पियन्स लिगको प्लेअफबाट बाहिरिएको छ ।
सिटीमा देखिएको असामान्य स्थिती एउटा गहिरो रणनीतिक समस्या पनि हो । अहिले पेप ग्वार्डिओलाले अंगालेको ऐतिहासिक रणनीतिले आफ्नो स्तर गुमाएको छ नै ।
च्याम्पियन्स लिगमा बेहोरेको यो हारको पिडा भुलाउन नपाउँदै गएको आइतबार प्रिमियर लिग लिडरसँग पनि सिटीको हालत उस्तै रह्यो । इत्तिहाद रंगशालामा सिटीलाई लिभरपुलले निराश बनाउँदा दुई गोल गर्यो । बुधबार टोटनहमलाई १-० ले हराएसँगै सिटीको यो चोटमा केही मल्हम त लागेको छ । तर, यो जितले सिटीका सबै समस्या छोपिदिएको भने छैन ।

अहिलेलाई उनीहरुको समस्या सूचीमै राख्दा पनि निक्कै लामो बन्न जान्छ । बढ्दो उमेर र चोटले सताइरहेको टिमले खेलाडीको व्यक्तित्वलाई नै नसुहाउने गल्तिहरु गरिरहेको छ । घट्दो आत्मविश्वासले टिमको लयलाई लगातार कमजोर बनाउँदै लगेको छ । झन, मुख्य भनिएका खेलाडीबाट नै औसतभन्दा तल्लो स्तरको प्रदर्शन हुनुले पनि सिटीको समस्या थप बढाएको छ । यी सबै समस्याहरू गएको बुधबार सान्टियागो बेर्नाबेउमा छरपष्ट भयो । टोलीको प्रदर्शन रियालको मैदानमा औसत मात्र रह्यो ।
तर, यी सबै सिटी ओराली लाग्नाका कारण होइनन्, लक्षण चाँही हुन सक्छन् ।
ग्वार्डिओला त्यही प्रशिक्षक हुन्, जो ‘जुएगो दे पोजिसियन’ अर्थात ‘पोजिसनल प्ले’ को संस्थापकको रूपमा पनि परिचित छन् ।
सिटीमा देखिएको असामान्य स्थिती एउटा गहिरो रणनीतिक समस्या पनि हो । अहिले पेप ग्वार्डिओलाले अंगालेको ऐतिहासिक रणनीतिले आफ्नो स्तर गुमाएको छ नै । यो टिमले आफ्नो रणनीतिलाई भविष्यमा परिवर्तन र स्तरोन्नती गर्न आवश्यक समेत देखिएको छ ।
पहिलो लेगपछि ग्वार्डिओलाले नै भने, 'यसले जसरी विगतमा काम गर्थ्यो । अहिले त्यसरी गरेन ।'

टिममा चलिरहेको संकटको बीचमा, ग्वार्डिओलाले प्रेस सम्मेलनहरूमा रणनीतिक समस्याहरूको बारेमा विचार गर्न थालेका छन् । केही हप्ता अगाडि उनले केही विशेष कुरा बुझेको भनेका थिए ।
बर्नमाउथ र ब्राइटनलाई उद्धृत गर्दै उनले भने, ‘आजको आधुनिक फुटबल पोजिसनल होइन । टिमले लय समात्नुपर्ने हुन्छ ।’
सिटीले न्यूक्यासलविरुद्ध ३९ लामो पास पूरा गर्यो । जुन उनीहरूको सिजनको चौथो उच्च अंक र २ नोभेम्बर पछि सबैभन्दा बढी हो ।
ग्वार्डिओलाको यो एउटा ठूलो स्वीकारोक्ती हो । ग्वार्डिओला त्यही प्रशिक्षक हुन्, जो ‘जुएगो दे पोजिसियन’ अर्थात ‘पोजिसनल प्ले’ को संस्थापकको रूपमा पनि परिचित छन् । १५ वर्षअघि स्पेनिस महारथी बार्सिलोनाको जिम्मेवारीमा हुँदा ग्वार्डिओलाको यही रणनीतिले क्याटलानको क्लबलाई फुटबलका सबैखाले प्रतियोगिताको उपाधि जिताएको थियो ।
यसले एउटा प्रश्न उठाएको छ, के यो ‘पेपीफिकेशन’ अन्त्यको शुरुआत हो ?
फेरि विकसित हुँदै छन् ग्वार्डिओला
प्रिमियर लिगमा आवद्द भएयता ग्वार्डिओला म्यानचेस्टर सिटीको एक अपडेटेड संस्करणतर्फ बढिरहेको कुरालाई पनि नकार्न सकिँदैन ।

उनले सिटीको टोलीलाई घरेलु फुटबलमा प्रभुत्व जमाउन सबभन्दा पहिला पुनः संरचना गरे । त्यसपछि उनले सिटीलाई एक प्राविधिक, बढी शारीरिक र विजेता मेसिनमा परिष्कृत गरे । जसमा एर्लिङ हालान्ड र सेन्टर ब्याकको भूमिका महत्वपूर्ण थिए ।
जनवरीमा चेल्सीविरुद्धको ३-१ को जितमा सिटीले विपक्षीको रक्षापंक्तीमाथि कति पटक लामो पास खेल्यो भन्ने स्पष्ट थियो । जहाँ नयाँ अनुबन्धित ओमर मार्मौसले हाल्यान्डसँगै ‘रन’ बनाएका थिए ।
ग्वार्डिओला सिटीको वर्तमान समस्याबाट माथि उठ्न पक्कै पनि केही नयाँ गरिरहेका छन् ।
सिटीले न्यूक्यासलविरुद्ध ३९ लामो पास पूरा गर्यो । जुन उनीहरूको सिजनको चौथो उच्च अंक र २ नोभेम्बर पछि सबैभन्दा बढी हो । यस्तै, एडरसनका ‘ओपन प्ले’ पासमध्ये ३०.२% लामो प्रहार गरिएको थियो । यो उनको सिजनको दोस्रो उच्चतम प्रतिशत हो ।

सिटीमा परिवर्तन ल्याउने मार्मौस एकमात्र नयाँ खेलाडी भने होइनन् । ‘मिनी रोड्री’ को उपमा पाएका निको गोन्जालेजले पनि मिडफिल्डलाई साँघुरो र खेलको गतिलाई निर्देशित गरिरहेका छन् ।
गोन्जालेजको प्रदर्शन तथ्यांकमा पनि त्यस्तै लोभलाग्दो छ । उनले न्युक्यासलविरुद्ध ११२ ‘टचेज’ गर्दा १०० पटक सफल पास दिए । चार पटक ‘ट्याकल’ गरेका उनको पास सटिकता ९७.१ प्रतिशत थियो ।
सिटीको भविष्य
सिटीका विंगरहरू पहिले जस्तो घातक छैनन् । पेनाल्टी क्षेत्र बाहिर हालान्डको अनुपस्थितिको बारेमा पनि बहस चलिरहेको छ । अहिले एसी मिलानमा पुगेका काइल वाकरको अनुपस्थिती पनि सिटीका निम्ति समस्या बनेको छ ।
ग्वार्डिओला सिटीको वर्तमान समस्याबाट माथि उठ्न पक्कै पनि केही नयाँ गरिरहेका छन् ।
यदि गोन्जालेज नयाँ रोड्री हुन र मार्मोशले रणनीति परिष्कृत गर्न मद्दत पुर्याउँछन् भने, ग्वार्डिओला शायद सिटीको रणनीतिहरूलाई पुनः जागृत गर्ने र आधुनिक बनाउने दिशामा अघि बढिरहेका छन् ।