भाद्र २१, २०८२ आइतबार | २१:४५:५५
विद्यावाणीलाई अन्तरविद्यालय फुटसल उपाधि एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा नेपाललाई दुई कांस्य एभरेस्ट महिला भलिबल लिगः लुम्बिनी पाँचौं सेटमा विजयी एरिकालाई कराते महासंघको सम्मान एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा विद्यावाणीलाई अन्तरविद्यालय फुटसल उपाधि एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा नेपाललाई दुई कांस्य एभरेस्ट महिला भलिबल लिगः लुम्बिनी पाँचौं सेटमा विजयी एरिकालाई कराते महासंघको सम्मान एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा
शनिबारको दिन पल्सर स्पोर्ट्स अवार्ड

फरक क्षमताको मान, पारा एथलिट सम्मान

काठमाडौं । खेलकुदमा कुनै पनि खालको विभेद पूर्ण रुपमा वर्जित हुन्छ । जात, भाषा, धर्म, लिंग, भूगोल, वर्ण, समुदाय, शारीरिक बनावट वा विशेषतालगायतका कुनै पनि आधारमा विभेदरहित समाजको कल्पना खेलकुदले गर्छ ।

शारीरिक रूपमा अपांगता हुनेहरूले कतिपय क्षेत्रमा समाजका लागि गरेको योगदान सबलाङ्गभन्दा विशेष र खास रहने गरेका पाइन्छ । शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि भनेर विश्व खेलकुदले पारा खेलकुदको अवधारणा ल्याएको छ । जहाँ स्थानीयस्तरदेखि विश्व र ओलम्पिक स्तरसम्मका स्पर्धाहरू आयोजना हुन्छन् ।

पारा खेलकुदको औपचारिक इतिहास पनि झन्डै डेढ सय वर्ष पुरानो भइसकेको छ । सन् १८८८ मा जर्मनीको बर्लिनमा कान नसुन्नेहरूका लागि पहिलो खेलकुद क्लब स्थापना भएको तथ्य इतिहासका पानामा सुरक्षित छन् । अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीका अनुसार सैनिक बलबाट विश्वमा शासन गर्न चाहने त्यो समयमा युद्धमा घाइते भएका सेना वा सर्वसाधारणको बाँकी जीवन खेलकुदको माध्यमबाट सहज बनाउने उद्देश्यमा त्यो क्लब स्थापना गरिएको थियो ।

त्यसपछि औपचारिक रूपमा पारा खेलकुदमा प्रभावकारी पाइला चाल्ने श्रेय बेलायतलाई जान्छ । बेलायतमा १९४४ मा स्पाइनल इन्जुरी सेन्टर स्थापना भयो । जहाँ उपचारलाई प्रभावकारी बनाउन खेलकुदीय गतिविधि सञ्चालन गर्न थालियो । पछि त्यसैलाई प्रतिस्पर्धात्मक रूप दिन थालेको इतिहास पनि पाइन्छ  । पारा ओलम्पिकको संगठित रूपको आधार त्यहींबाट तयार भएको मानिन्छ ।

नेपालमा पारा खेलकुदको इतिहास धेरै पुरानो छैन । भएको पनि सधैं विवादको घेराभित्रै सीमित छ । 

पारा खेलकुदलाई थप विस्तार गर्ने अभियानको दोस्रो पाइलास्वरुप बेलायतले १९४८ को ओलम्पिक आयोजना गर्दा उदघाटन समारोहमा ह्विलचेयर खेल समावेश गरेको थियो । स्टोक म्यान्डेभिल नाम दिइएको उक्त प्रतिस्पर्धामा १६ जना घाइते महिला र पुरुषले आर्चरीमा भाग लिएका थिए । आधुनिक पारा ओलम्पिकको जग त्यहींबाट बसेको विश्वास लिइन्छ ।

स्टोक म्यान्डेभिलले १९६० बाट औपचारिक तरिकाले नै पारा ओलम्पिकको रूप लियो । इटालीको रोममा १९६० मा भएको ओलम्पिक दौरान पहिलो पटक पारा ओलम्पिक आयोजना गरिँदा २३ देशका ४ सय खेलाडीले भाग लिएका थिए । त्यसयता प्रत्येक चार वर्षमा फरक क्षमता भएका खेलाडीका लागि पारा ओलम्पिक महोत्सव आयोजना हुने गर्छ । अहिले यो पारालिम्पिक बनेको छ ।

ओलम्पिकको छातामुनि जस्तै पारा ओलम्पिकको पनि महादेशीय खेल महोत्सवहरू हुन थालेका छन् । समग्रमा भन्दा सामान्य खेलकुदजस्तै पारा खेलकुदले पनि समाजको महत्त्वपूर्ण हिस्सामा आफूलाई स्थापित गरिसकेको छ ।

नेपालमा पारा खेलकुदको इतिहास धेरै पुरानो छैन । भएको पनि सधैं विवादको घेराभित्रै सीमित छ । तर नेपाली पारा खेलाडीले अनुदार समाज, स्वार्थकेन्द्रित प्रशासन, तयारीका लागि आवश्यक पूर्वाधारकै अभाव तथा आफ्नै शारीरिक समस्यालगायतका तगारोहरू नाघ्दै सबलाङ्ग खेलाडीले भन्दा ठूला राष्ट्रिय गौरवका कथाहरू लेखेका छन् ।

पलेशा गोवर्धनले जितेको पारा ओलम्पिकको कांस्य, एसियाली खेलकुद र एसियन च्याम्पियनसिपको कांस्य अनि युथ एसियाली खेलकुद र एसियाली पारा ओलम्पिक छनोटमा स्वर्ण पदक त्यसैको प्रमाण हो । नेपाली खेलकुदको इतिहासमै ओलम्पिक स्तरमा कुनै पनि खेलाडीले जितेको त्यही पहिलो पदक हो । जुन ऐतिहासिक सफलता पलेशाले गत वर्ष फ्रान्समा सम्पन्न पेरिस पारा ओलम्पिकमा हासिल गरेकी थिइन ।

नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले २०६७ सालबाट फरक क्षमताका खेलाडी तथा खेलकर्मीले पुर्याएको योगदानको कदर गर्ने उद्देश्यसहित पारा सम्मान सुरु गरेको थियो ।

नेपालमा पारा खेलकुदको इतिहासजस्तै नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित र बहुप्रतीक्षित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पनि पारा विधाको इतिहास लामो छैन । २०५४ सालबाटै सुरु भएको अवार्डले २१ संस्करणको सफल यात्रा पूरा गरिसक्दा पारा विधामा भने १४ संस्करण मात्र पूरा भएको छ ।

नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले २०६७ सालबाट फरक क्षमताका खेलाडी तथा खेलकर्मीले पुर्याएको योगदानको कदर गर्ने उद्देश्यसहित पारा सम्मान सुरु गरेको थियो । त्यसयता १४ संस्करणमा तेक्वान्दोले सबैभन्दा धेरै चार पटक यो अवार्ड हासिल गरेको छ भने क्रिकेटले २ तथा टेबलटेनिस, एथलेटिक्स र करातेले १-१ पटक पारा सम्मान प्राप्त गरेका छन् । बाँकी ५ पटक चाहिँ विभिन्न खेलमा योगदान गर्नेहरू यो विधाबाट सम्मानित भएका छन् । व्यक्तिगत रूपमा चाहिँ पलेशा गोवर्धन र विक्रमबहादुर राना दुई पटक अवार्ड पाउने भाग्यमानी खेलाडी हुन् ।

२०६७ सालमा टेबलटेनिसका अर्जुन सापकोटाबाट सुरु भएको अवार्डको दोस्रो संस्करणमा एथलेटिक्स र क्रिकेटमा योगदान गरेका विक्रमबहादुर राना सम्मानित भए । रानाले २०७० सालमा पनि यो पुरस्कार ग्रहण गरे । २०६९ सालमा एथलेटिक्सकी शर्मिला लामिछाने यो सम्मानबाट सम्मानित हुँदा तेक्वान्दोका यादव कुँवरले २०७१, सीता भण्डारीले २०७३ तथा पलेशाले २०७९ र २०८१ मा यो सम्मान हासिल गरेका थिए ।

विनाशकारी भूकम्पका कारण २०७२ सालमा अवार्ड हुन सकेन । क्रिकेटका पदम बडेलाले २०७४ तथा मनकेशरी चौधरीले २०७६ सालमा पारा सम्मान हासिल गरे । पारा ओलम्पियन धाविका मैया विशुंखे २०८०, बास्केटबल र क्रिकेटमा उत्तिकै योगदान गरेका हिमाल अर्याल २०७५, टेबलटेनिस, बास्केटबल र क्रिकेटका डिगमसिंह चेम्जोङ २०७७, पौडी र पावर लिफ्टिङकी सरिता थुलुङ २०७८ सालमा सम्मानित भएका छन् ।

पहिलो पटक काठमाडौंबाहिर गर्ने क्रममा यसपालि पोखरा लगिएको अवार्ड भोलि भदौ २९ गते घोषणा हुँदा पारा सम्मानको १५औं विजेता को होला त ? प्रतीक्षाका लागि अब आठ दिनमात्र बाँकी !