पुस १३, २०८२ सोमबार | १९:५६:२१
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी
शनिबारको दिन अमेरिकी फुटबल

पोचेटिनोको नयाँ अवतार

काठमाडौं । एउटा असाध्यै सम्भावना भएको फुटबल प्रशिक्षकका रूपमा लिइन्छ, माउरिसियो पोचेटिनो । इङ्लिस फुटबलमा छँदा उनलाई पेप ग्वार्डिओला र योर्गन क्लोप बराबर राखेर हेरिन्थ्यो । भलै, उनी आफैं त्यति सफल रहेनन्, जति ग्वार्डिओला र क्लोप रहे । सायद उनले कुनै एउटा क्लब लामो समय हेर्न पाएनन् । त्यसैले सबैलाई प्रशंसा गर्न लायकको काम देखाउन पाएनन् । केही दिन अगाडिसम्म उनी कुनै जिम्मेवारी नबोकेर बसिरहेका थिए ।

हल्ला भने जताततै थियो । उनी यता जाने छन्, उता जाने छन् भनेर । यसबीच एउटा समाचार आयो, अमेरिकाले आफ्नो राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त गरेका छन्, पोचेटिनोलाई । भनेपछि उनले अबको केही वर्ष क्लब फुटबल हेर्ने छैनन् । 

ठ्याक्कै भन्दा पछिल्लो समय अमेरिकी फुटबलमा धेरै राम्रो भइरहेको छैन । राष्ट्रिय टिमको प्रदर्शन आफैंमा गतिलो भएको छैन । 

बरू कुनै देशको राष्ट्रिय टिम हेर्ने नयाँ अनुभव बटुल्ने छन् । पोचेटिनोको यो अमेरिकासँगको आवद्धताको विशेष अर्थ भने छ नै । सबैलाई थाहा छ, सन् २०२६ मा अमेरिकामै विश्वकप हुँदै छ ।

यो भनेको २१ महिनाको समय मात्रै हो । ठ्याक्कै भन्दा पछिल्लो समय अमेरिकी फुटबलमा धेरै राम्रो भइरहेको छैन । राष्ट्रिय टिमको प्रदर्शन आफैंमा गतिलो भएको छैन । त्यसैले पनि अमेरिकी फुटबललाई चिन्ता छ, कतै आफ्नै देशमा हुने फुटबलमा आफ्नो टिमको प्रदर्शन सबैभन्दा खराब नरहोस । फेरि अमेरिकाको आफ्नै ठूलो महत्त्वाकांक्षा पनि छ, विश्व फुटबलमै आफूलाई बलियो बनाउने । क्लब स्तरमा अमेरिकी फुटबलको हलचल छ नै ।

विश्व फुटबलका सबैभन्दा ठूला नाममध्ये एक लियोनल मेसी अमेरिकामै त खेल्छन्, इन्टर मियामीका लागि । तर आलोचकहरू के भनेर दाबी गर्छन् भने जत्तिकै ठूला केही नाम भए पनि अमेरिकी फुटबलको स्तर कमजोर नै छ ।

 त्यसैको कारणले त हो, राष्ट्रिय टिमको प्रदर्शन राम्रो हुन सकेको छैन । यस्तोमा त्यही राष्ट्रिय टिमको प्रशिक्षकमा प्रवेश गरेका हुन्, अर्जेन्टिनी पूर्व खेलाडी पोचेटिनो । उनको अनुबन्ध कतिसम्म छ त ? त्यो पनि खुलेको छैन ।

 यसको अर्थ के भने पोचेटिनोमाथि विश्वकपसम्म अमेरिकी टिम तयार पार्ने हुनेछ ।

तर अनुमान हो, यो विश्वकपसम्मका लागि हो । यसको अर्थ के भने पोचेटिनोमाथि विश्वकपसम्म अमेरिकी टिम तयार पार्ने हुनेछ । उनीभन्दा अगाडिका प्रशिक्षक थिए, ग्रेग बेरहाल्टर । उनको नेतृत्वमा कोपा अमेरिकामा अमेरिकाको प्रदर्शन राम्रो हुन सकेन । 

अझ त्यो प्रतियोगिता पनि अमेरिकी भूमिमै भएको थियो । सबै परिस्थिति हेर्दा पोचेटिनोसामु ठूलै चुनौती छ । यो चुनौती पक्कै पनि सजिलो छैन । अझभन्दा हुन्छ, साह्रै गाह्रो छ ।

यस्तो विषम परिस्थिति पोचेटिनोका लागि नयाँ पनि होइन । स्पेनी क्लब स्पान्योलमा खेलाडीका रूपमा लामो समय बिताएका पोचेटिनोले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पनि खेले । पछि प्रशिक्षक भएयता स्पान्योल, साउथह्याम्पटन, टोटनहम, पिएसजी र चेल्सी पनि सम्हाहे । 

चेल्सी छाड्दाको समय क्लब र पोचेटिनोबीचको सम्बन्ध तीतो भइसकेको थियो । अब प्रश्न हो, के उनको अमेरिका बसाइ मीठो हुनेछ त ? यो काम साँच्चै गाह्रो भने छ ।