चैत्र १७, २०८२ मंगलबार | १९:२१:०९
पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो

'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टको ट्रेनिङ सेन्टरले ‘नेक्स्ट जेन बुट क्याम्प’ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत अञ्जनले क्याम्पका बारेमा जानकारी गराएको हो ।

आक्र्श ग्रुपको मुख्य प्रायोजन रहेको क्याम्प १० दिनसम्म चल्नेछ । क्याम्प यही चैत्र २१ गते देखि ३० गतेसम्म ललितपुरको बुद्धिविकास फुटबल मैदानमा नेपाली फुटबलका अनुभवी प्रशिक्षक सनोज श्रेष्ठको नेतृत्वमा हुनेछ ।

फुटबल प्रशिक्षणसँगै सहभागी बालबालिकालाई क्याम्पबाट जीवनमा सफलता हासिल गर्न चाहिने अनुशासन, मिहिनेत र धैर्यता जस्ता कुराहरु सिकाइने अञ्जनले बताए । ‘हरेक मानिसको सफलताको पछाडि उसको मिहिनेत लुकेको हुन्छ । यो क्याम्पबाट फुटबल प्रशिक्षणमात्र नभएर केही कुरा पाउनका लागि अनुशासन, मिहिनेत र धैर्यता अत्यावश्यक भन्ने कुरा बालबालिकाले सिक्न पाउने विश्वास लिएका छौं ।’

प्रशिक्षण बिहान ८ बजेदेखि १० बजेसम्म चल्नेछ । श्रेष्ठको नेतृत्वमा प्रवीन श्रेष्ठ, निशानभक्त श्रेष्ठ, रुपेश केसी र विदेशी एरिक बोल्वे म्पुटुले प्रशिक्षण दिने बताइएको छ ।

क्याम्पलाई ३६१ डिग्रीले सह–प्रायोजन गरेको छ । अञ्जन ३६१ डिग्रीको ब्रान्ड एम्बासडरसमेत हुन् । त्यस्तै पर्फोमेन्स पार्टनरमा नाडा र ट्राभल्स एन्ड टूर्स पार्टनरमा एक्सप्लोर ट्राभल एन्ड टूर्स प्रा.लि. छन् । यसैगरी ड्रेसिङ पार्टनरमा ए एन्ड एस जोडिएको छ ।

क्याम्पमा भाग लिनका लागि ८ हजार ५ सय शुल्क तिर्नुपर्नेछ । सहभागी खेलाडीले जर्सीसहित खेल सामाग्री, हरेक दिनको खाजा, प्रमाणपत्र र विभिन्न गिफ्ट भौचरहरु पाउनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो