चैत्र १७, २०८२ मंगलबार | १६:५८:४६
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

कोशीमाथि पुलिसको जित

काठमाडौं । कोशी प्रदेशलाई सहज रुपमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन पुलिस प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पर्साको विगञ्जमा रहेको टिबी साह क्रिकेट मैदानमा कोशीमाथी ६ विकेटको जित हासिल गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो ।

कोशीले दिएको १६३ रनको सामान्य लक्ष्य पुलिसले ३३ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा कप्तान आरिफ शेखले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेले । ७९ बलको सामना गरेका आरिफले ११ चौका र १ छक्का प्रहार गरेका थिए , कप्तान आरिफले पाँचौ विकेटका लागि रशिद खानसँग १५४ रनको शतकीय साझेदारी गरे ।

रशिदले ९० बलमा ८ चौका  र १ छक्काको सहयोगमा ७३ रनमा अविजित रहे । पिएम कपको इतिहासमा पाँचौ विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो । यसअघि यो कीर्तिमान आर्मीका कुशल मल्ल र कप्तान विनोद भण्डारीको नाममा रहेको थियो । उनीहरुले सन् २०२४ मा मधेश प्रदेशविरुद्ध पाँचौ विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए । पिएम कपको इतिहासमा कुनै पनि विकेटका लागि भएको यो पाँचौ ठूलो साझेदारी हो ।

पुलिसको सुरुवात भने खराब रह्यो । पुलिसले ८ ओभर भित्र ११ रन बनाउँदा ४ महत्वपुर्ण विकेट गुमाएको थियो । पुलिसका लागि शंकर राना, अमित श्रेष्ठ र दिल्शाद अलि रनको खाता नखोल्दै पेभिलियन फर्कदा दिनेश खरेलको नाममा २ रन मात्र रह्यो ।

पुलिसलाई सुरुवाती दबाबमा राख्न कोशीका विपिन महतोले २ तथा दिपेश काडेलले १ विकेट लिए । सुरुवाती ८ ओभरमा ४ विकेट लिएको कोशीले पछिल्लो २५ ओभरमा कुनै विकेट लिन नसक्दा पुलिसले जित हासिल गर्यो ।

त्यसअघि पुलिसले टस जितेर बलिङको निणर्य लिएपछि पहिला ब्याटिङ गरेको कोशी ४२ दशमलब ५ ओभरमा १६२ रनमा अलआउट भएको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाए । सुजनले ४२ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । सुमन श्रेष्ठ ४३ तथा अंकित सुवेदी २६ रनमा आउट भए ।

सुरुवात राम्रो गरेको कोशीका मध्येक्रमका ब्याटर एक पछि अर्को आउट हुँदा कम रनमा रोकिन पुग्यो । शिबांस बजगाईं १५ रनमा आउट हुँदा कोशीका ७ ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । कोशीलाई कम स्कोरमा रोक्न पुलिसका दिनेश खरेलले ५ विकेट लिए । दिनेशले ७ दशमलब ५ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । ललित राजवंशी र सागर ढकालको नाममा समान २ विकेट रह्यो ।

जितसँगै ५ खेलमा ७ अंकका साथ पुलिस समान अंकको मधेशलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । कोशी भने पाँचौ खेल खेलिसक्दा पनि जितको खोजीमा छ । पहिलो खेलमा मधेशसँग बाडेको १ अंकका साथ कोशी तालिकाको पुछारमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो