कार्तिक ६, २०८१ मंगलबार | १९:२६:४०
सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित
शनिबारको दिन नेपाली खेलकुद

नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी

काठमाडौं । अहिले नेपाली खेलकुदले जति चर्चा कमाइरहेको छ, ती सबै उपलब्धि केलाउने हो भने महिला खेलाडीबाट प्राप्त भएको छ । अघिल्लो साता मात्रै हो, एरिका गुरुङले २०औं सिनियर एसियन कराते च्याम्पियनसिपमा रजत पदक जितेको । त्यसअघि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ओलम्पिक संरचनामा पदक जिताउने पहिलो नेपाली खेलाडी बनिन् ।

नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जित्यो । विगतमा पनि नेपाली खेलकुदमा पाएका धेरैजसो उपलब्धि महिला खेलाडीले नै दिलाएका छन् ।

अहिले राज्यको शीर्ष पदमा रहेका राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्ष नेताहरू खेलप्रति सकारात्मक बनिरहेका छन् । बधाई दिन हतारो देखाउँछन् । संसद् भवनमा पनि खेलकुदको विषयमा सांसदहरूले आवाज उठाउन थालेका छन् ।

खेलाडी डटकमले यस्तै उपलब्धि हासिल गरेका महिला खेलाडीको सूची निकालेको छः

संगिना वैद्य (तेक्वान्दो)

संगिना वैद्य । 

संगिना वैद्य । हालसम्म नेपाली खेलकुदले पाएको सबैभन्दा ठूलो नाम हो । उनी छनोट भएर ओलम्पिक खेल्ने तीनमध्ये पहिलो खेलाडी थिइन् । सन् २००४ फेब्रुअरीमा भएको एथेन्स ओलम्पिक तेक्वान्दो छनोटमा एसिया र ओसियाना क्षेत्रबाट संगिनाले यो उपलब्धि हासिल गरेकी हुन् ।

 थाइल्यान्डमा भएको ‘फ्लाइवेट’ मा नुवाकोटकी संगिनाले स्वर्ण जितेकी थिइन् । खेलाडीको रूपमा संगिनाले साफ, एसियन च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वण दिलाएकी छन् । संगिनापछि तेक्वान्दोका दीपक विष्ट र टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोटबाट ओलम्पिक खेलेका हुन् ।

एरिका गुरुङ (कराते)

एसियाली खेलकुदमा रजत पदक जितेपछि एरिका गुरुङ । 

एरिका गुरुङ नेपाली खेलकुदले पाएको सबैभन्दा उत्कृष्टमध्ये एक कराते खेलाडी बनेकी छन् । उनले देशलाई एसियाली खेलकुदमा करातेबाट पहिलो रजत पदक दिलाएकी छिन् । भर्खरै उनले एसियन कराते च्याम्पियनसिपमा रजत जितेकी छन् । उनले यो सफलता एकै वर्षको अन्तरालमा पाएकी हुन् । नेपाली कराते खेलाडीले एसियन च्याम्पियनसिपमा जितेको यो पहिलो पदक हो ।

एरिकाले १९ औं एसियाली खेलकुदमा रजत जितेको स्थानमा चीनको हाङचाउमा एसियन च्याम्पियनसिपमा पदक जितेकी हुन् । गत वर्ष एसियाडमा रजत पदक जित्दा उनी २५ वर्षपछि नेपाललाई व्यक्तिगत रजत दिलाउने खेलाडी भएकी थिइन् । त्यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाडमा पदक जितेकी थिइन् ।

एसियाडमा जानुअघि उनले इन्डोनेसियाको जकार्तामा १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । एसियाडपछि उनले अमेरिकाको टेक्ससमा भएको युएस ओपनमा स्वर्ण र रजत तथा भुटानको थिम्पूमा आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । त्यसैले उनी नेपालको उत्कृष्ट १० भित्र स्थान बनाउने खेलाडीमा पर्छिन् ।

पलेशा गोवर्धन (पारा तेक्वान्दो)

पेरिस पारा ओलपिम्पकमा कांस्य पदक जितेपछि खुसियाली मनाउँदै पलेश गोवर्धन । 

अघिल्लो महिना मात्र फ्रान्समा सम्पन्न पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितिन् । कुनै पनि खेलाडीले पारामा होस् या समर ओलम्पिकमा जितेको यो नेपालको पहिलो पदक रह्यो । काठमाडौं डिल्लीबजारकी पलेशाले पारा तेक्वान्दोको के-४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलबाट कांस्य जितेकी हुन् ।

 चीनमा आर्टिटेक्चर विषयमा अध्ययनरत उनले गत वर्ष हाङचाउ पारा एसियाडमा पनि कांस्य जितेकी थिइन् । जुन पारा एसियाडमा नेपालले जितेको पहिलो पदक थियो ।

चीनमै सम्पन्न एसियाली पारा ओलम्पिक छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसका लागि स्थान बनाएकी हुन् । उनले एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपहरूमा पनि पदक जितेकी छन् । पलेशाले टोकियो पारा ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन् । त्यहाँ उनी कांस्य पदक भिडन्तमा पराजित भएकी थिइन् । यद्यपि दुई खेल जितेर इतिहास रचेकी थिइन् ।

आयशा शाक्य (तेक्वान्दो)

२०७६ सालको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा स्पेसल अवार्डबाट सम्मानित भएपछि  आयशा शाक्य ।

नेपाली महिला खेलाडीको नाम लिँदा छुटाउन नहुने नाम हो आयशा शाक्य । तेक्वान्दोकी उनले नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितिन् । तेक्वान्दो खेलाडीले एकै प्रतियोगितामा जितेको यो पहिलो दुई स्वर्ण थियो ।

 ललितपुर पाटनकी आयशाले ११औं सागमा स्वर्ण तथा १२औं सागमा रजत जितेकी थिइन् । दुई छोराकी आमा बनेर देशलाई १३औं सागमा पदक जिताएपछि आयशाको चर्चा बढेको थियो । उनी तेक्वान्दोेकै सागका चार स्वर्णधारी दीपक विष्टकी धर्मपत्नीसमेत हुन् ।

गौरिका सिंह (पौडी)

नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि गौरिका सिंह । 

नेपाली महिला खेलाडीमा चर्चा कमाएकी खेलाडी हुन्, गौरिका सिंह । पौडीवाज गौरिकालले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण जितिन् । उनले थप दुई रजत र तीन कांस्य पनि जितिन् । वर्ष २०७६ नेपाली खेलकुदमा गौरिकामय भएको थियो । नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि कीर्तिमान रच्दै १० स्वर्ण जितेकी थिइन् । गौरिकाले सन् २०१६ मा भएको भारतमा भएको १२औं सागमा एक रजत र तीन कांस्य जितेकी थिइन् । 

व्यक्तिगततर्फ पहिलो पटक उनले नै हो सागको पौडीबाट पदक दिलाएको । रियो ओलम्पिक २०१६ मा विश्वकै सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा बटुलेकी गौरिकाले टोकियो ओलम्पिक पनि खेलिन् । हाल उनले अमेरिकामा प्रशिक्षण र पढाइसँगै बढाइरहेकी छन् ।

सावित्रा भण्डारी (फुटबल)

वाफ च्याम्पियनसिपमा इराकविरुद्ध ह्याट्रिक गरेपछि खुसियाली मनाउँदै सावित्रा भण्डारी । 

सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् । हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । तर, अवसर भने कमैले पाउँछन् । यस्तै भाग्यमानी सावित्रा भइन् । हाल उनी विश्वकै प्रख्यात फ्रेन्च लिग खेलिरहेकी छिन् । उनी एनइभान्टे गुएनगाम्पमा दोस्रो सिजन बिताइरहेकी छन् । 

त्यसअघि उनी इजरायलको क्लबमा थिइन् । भारतको लिग तीन सिजन खेलेपछि उनको यात्रा युरोपमा पुगेको थियो । ३८ गोलसहित उनी नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीमा पर्छिन् । उनी पहिलो पटक नेपाललाई साफ च्याम्पियनसिप उपाधि जिताउने योजनामा छन् ।

अरुणा शाही (भलिबल)

अरुणा शाही ।

अरुणा शाही महिला भलिबल टोलीकी कप्तान हुन् । अब, उनलाई भलिबलको ‘ट्रयु लिजेन्ड’ भन्दा फरक पर्दैन । उनको कप्तानीमा नेपालले दुई पटक काभा च्यालेन्ज कप उपाधि जितिसकेको छ । दुई पटक नेपाल उपविजेता भयो । आफ्नै भूमिमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत जित्दा उनले नै कप्तानी भूमिका निभाएकी छन् । पछिल्लो दशक नेपाली भलिबलले रचेको यी सबै ऐतिहासिक उपलब्धि हुन् । यी सबै प्रतियोगितामा गण्डकी प्रदेशकी अरुणा कप्तान थिइन् । त्यसैले पनि नेपाली खेलकुदमा सफल महिलाको नाम आउँदा अरुणाको नाम छुटाउन सकिन्न ।

त्यस्तै अन्य नामहरुः सन्तोषी श्रेष्ठ (एथलेटिक्स)सविता राजभण्डारी (तेक्वान्दो)रुबिना क्षेत्री (क्रिकेट)नविता श्रेष्ठ (टेबलटेनिस)सीताकुमारी राई (तेक्वान्दो)मीरा राई (अल्ट्रा धाविका)