काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) २०२५ का लागि लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
बिहीबार दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा एक कार्यक्रम आयोजना गर्दै काठमाडौं किङ्सले अफिसियल ‘एन्थम’सँगै जर्सी अनावरण गरेको हो ।
काठमाडौं किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दिपक नेपालीले जर्सी अनावरण गरेका हुन् । कार्यक्रममा अग्रहरीले एनएसपिएलका लागि काठमाडौं किंग्सको तयारी राम्रो रहेको बताए ।
यस्तै एन्थमका गायक तथा संगीतकार प्रिजोल नेपालीले काठमाडौँको संस्कृति र नेवारी समुदायसंग जोड्ने प्रयास स्वरुप एन्थम निर्माण गरिएको जानकारी दिए ।
‘ओम नेचर फुड्स’को स्वामित्वमा रहेको काठमाडौं किंग्सको मार्की खेलाडीमा जितेन्द्र कार्की र मुख्य प्रशिक्षकमा राम नरेश गिरी छन् ।
‘डिजिआर स्पोट्र्स’को आयोजनामा पहिलो पटक हुन लागेको टेनिस बल नाइट क्रिकेट नोभेम्बर १ देखि १० सम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । दस ओभर (टी–१०)को फम्र्याटमा खेलाइने प्रतियोगितामा कूल ७ टोलीको सहभागिता रहनेछ ।
