काठमाडौं । कुरा १४ वर्षअघिको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)मा गणेश थापाको शक्तिशाली नेतृत्व थियो । अन्तर्राष्ट्रिय फुटबलमा थापाको प्रभाव यतिबिघ्न थियो की, उनले चाहेको कुरा फिफा र एएफसीबाट सजिलै गराउन सक्थे । देशभित्र पनि खेलाडीका रुपमा कमाएको ख्याती र प्रशासकका रुपमा गरेका कामले उनको व्यक्तित्वको कद अग्लँदो थियो । अर्थात एन्फा नेतृत्व आफूले चाहेको जस्तोसुकै काम पनि गर्न सक्ने अवस्थामा थियो । एन्फाभित्र सबै थापाका प्रशंसकमात्र थिए । सरकार, नागरिक समाज र व्यावसायिक प्रतिष्ठानमा पनि उनको पहुँच बलियो थियो ।
त्यही समयको कुरा हो, नेपाली राष्ट्रिय टिम विश्वकप २०१४ को छनोट प्रतियोगिता खेल्ने तयारी गरिरहेको थियो । कमजोर टिमोर लिस्टेलाई पहिलो चरणको प्लेअफमा प्रतिद्वन्द्वी पाउँदा नेपाल पहिलो पटक विश्वकप छनोटमा दोस्रो चरण पुग्न सफल भएको थियो । फुटबल इतिहास, भौतिक पूर्वाधार र देशको आर्थिक अवस्थामा निक्कै पछाडि रहेका कारण टिमोर लिस्टेले दुवै लेगका खेल दशरथ रंगशालामै आएर खेलेको थियो ।
पहिलो लेग २–१ तथा दोस्रो लेग ५–० गरि समग्रमा ७–१ को नतिजा निकाल्दै नेपाल त्यसको भरपूर फाइदा उठाउन सफल भएको थियो । टिमोर लिस्टेले घरेलु खेल आफ्नै देशमा खेल्न दाबी गरेको भए नेपाल दोस्रो लेगका लागि त्यहाँ जानुको विकल्प थिएन ।
वर्षातको समय, त्यसमाथि पनि लामो लिगका कारण क्षतविक्षत बनेको रंगशालालाई तयार गर्नुभन्दा एन्फाको तत्कालिन नेतृत्वलाई जोर्डनको प्रस्ताब उचित लाग्यो । त्यहीअनुसार प्रकृयाहरु सुरु भए । जसरी एन्फामा प्रकृया सुरु भयो, उसैगरी त्यसको सूचना बाहिर चुहिन थाल्यो । त्यसपछि सुरु भयो एउटा भद्र आन्दोलन ‘होम म्याचेज सुड बी प्लेड एट होम’ का नाममा ।
पहिलो चरणमा निरिह टिमोर लिस्टेविरुद्ध बाजी मारेपछि अब नेपालले सामना गर्नुपर्ने भयो, बलियो जोर्डनको । जुन खेलका लागि जोर्डनले टिमोर लिस्टेसँगको खेलअघि नै नेपाललाई दोस्रो चरणमा छानिए दुवै लेग आफ्नो भूमिमा खेल्न प्रस्ताब गर्यो । वर्षातको समय, त्यसमाथि पनि लामो लिगका कारण क्षतविक्षत बनेको रंगशालालाई तयार गर्नुभन्दा एन्फाको तत्कालिन नेतृत्वलाई जोर्डनको प्रस्ताब उचित लाग्यो । त्यहीअनुसार प्रकृयाहरु सुरु भए । जसरी एन्फामा प्रकृया सुरु भयो, उसैगरी त्यसको सूचना बाहिर चुहिन थाल्यो । त्यसपछि सुरु भयो एउटा भद्र आन्दोलन ‘होम म्याचेज सुड बी प्लेड एट होम’ का नाममा ।
सामाजिक संजाल फेसबुकमा त्यस्तो समूह बन्यो । बनेको केही दिनमै सयौं सदस्य बनाउन सफल त्यो समूह नेपाली फुटबलप्रति निकै सचेत र गम्भीर थियो । नेपालले जोर्डनविरुद्धको विश्वकप छनोटका होम एण्ड अवे दुवै खेल विपक्षीको मैदानमा खेल्ने चर्चाका कारण फुटबलप्रेमी युवाहरुको जमात त्यसरी सक्रिय भएको थियो । अनि, सचेत युवाहरुको त्यो समूहले एन्फालाई दवाव दिन फेसबुकको माध्यमबाट यसैगरी सन्देश दिएका थिए, ‘होम म्याचेज सुड बी प्लेड एट होम’ अर्थात घरेलु खेल घरमै खेलिनुपर्छ ।
फेसबुकमा सचेत युवाहरुले अत्यन्तै भद्रताका साथ व्यक्त गरेको त्यो भावना केही सञ्चार माध्यमले टपक्क टिपे । असारे झरीमा लिग चलिरहँदा दुई–चार जना युवा समर्थकले त्यही ‘होम म्याचेज सुड बी प्लेड एट होम’ लेखिएका प्लेकार्ड प्रदर्शन गरे । तर, त्यो भद्र आह्वानले ठूलो नतिजा दियो । ‘इन्भिन्सिबल’ झै मानिएको एन्फा नेतृत्वको ध्यान तान्न सफल भयो । र, सन् २०११ जुलाई २८ का लागि तय भएको जोर्डनविरुद्धको घरेलु खेल धान रोप्ने खेतभन्दा पनि बिजोग अवस्थाको दशरथ रंगशालामा भयो । जहाँ घरेलु मैदानको फाइदा उठाउँदै नेपाल जोर्डनसँग १–१ को ऐतिहासिक बराबरी नतिजा निकाल्न सफल भयो । जवकि पाँच दिनअघि जोर्डनमा भएको अवे लेगमा नेपाल ९–० को फराकिलो अन्तरमा पराजित भइसकेको थियो ।
फुटबलमा घरेलु खेलको महत्व निक्कै विशेष रहन्छ । आफ्नो मैदानमा प्रतिस्पर्धा गर्न पाए जस्तोसुकै बलियो विपक्षीलाई पनि मात दिने आशा फुटबलमा रहने गर्छ । नेपालले आफ्नो घरमा खेल्न पाउँदा सन् २०११ मा भर्खरै विश्वकप खेलेर आएको उत्तर कोरियालाई १–० को नतिजामा रोक्ने बहादुरी गरेर पनि त्यसैलाई प्रमाणित गरेको थियो ।
फुटबलमा घरेलु खेलको महत्व निक्कै विशेष रहन्छ । आफ्नो मैदानमा प्रतिस्पर्धा गर्न पाए जस्तोसुकै बलियो विपक्षीलाई पनि मात दिने आशा फुटबलमा रहने गर्छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि घरेलु मैदानमा खेल्नु फाइदाजनक हुने भएकाले दुवै टिमलाई फेयर प्रतिस्पर्धाको अवसर दिन होम एण्ड अवे पद्दती सुरु गरेको थियो । यही कारण फुटबलमा अवे गोललाई घरमा गरेको गोलको तुलनामा बढि महत्व दिइन्छ । नेपालले आफ्नो घरमा खेल्न पाउँदा सन् २०११ मा भर्खरै विश्वकप खेलेर आएको उत्तर कोरियालाई १–० को नतिजामा रोक्ने बहादुरी गरेर पनि त्यसैलाई प्रमाणित गरेको थियो ।
घरमा खेल्न पाउँदा आफू अभ्यस्त मैदान र आफ्ना समर्थकको साथ पाउने भएकाले नतिजा अनुकुल पार्न फाइदा पुग्ने मान्यता छ । यसकारण दुई लेगको प्रतिस्पर्धामा एउटा खेल आफ्नो मैदानमा खेल्न पाउनु जुनसुकै टिमको अधिकार हो । र, आफ्नो मैदानमा आफ्नो टिमको खेल हेर्न पाउनु समर्थकको पनि अधिकार हो । तर नेपाली राष्ट्रिय टिम र फुटबल समर्थकहरु त्यो अधिकारबाट बञ्चित भएको लामो समय भइसकेको छ ।
मैदानको अवस्था ठिक नभएको बहानामा पहिलो पटक विश्वकप छनोटअन्तर्गत २०८० चैत ९ गते बहराइनविरुद्धको घरेलु खेल विपक्षीको मैदानमा लाँदा एन्फा राजनीतिलाई केन्द्रमा राखेर मतदाताको जन्ती लगेको एन्फाले केही महिनापछि सुरक्षाको बहाना बनायो । नेपाली फुटबलमात्र नभई राष्ट्रिय स्वाभिमानमा समेत दीर्घकालिन दुष्प्रभाव पर्ने गरि एन्फाले आफै भएको एकमात्र दशरथ रंगशालालाई ‘असुरक्षित’ घोषणा गर्यो ।
११ वटा आधिकारिक खेलमध्ये विश्वकप छनोटअन्तर्गत नै संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धका दुवै खेल नेपालले घरमा खेल्न पाएन । किनकी मतदाता खुसी पार्न विदेश सयर गराउने, विपक्षीको मैदानमा गएर खेल्दा त्यो देशबाट पाउने आतिथ्य र पारितोषिकको लोभ आफैले खेल आयोजना गरे पूरा हुँदैनथ्यो ।
त्यसयता नेपालले १२ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । जसमध्ये बंगलादेशविरुद्धको एउटा मैत्रीपूर्ण खेलबाहेक कुनै पनि रंगशालामा खेल्न पाएको छैन । नेपालले खेलेका यी १२ खेलमध्ये इङ्ल्यान्डमा भएको एउटा खेल अनौपचारिक थियो ।
११ वटा आधिकारिक खेलमध्ये विश्वकप छनोटअन्तर्गत नै संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धका दुवै खेल नेपालले घरमा खेल्न पाएन । किनकी मतदाता खुसी पार्न विदेश सयर गराउने, विपक्षीको मैदानमा गएर खेल्दा त्यो देशबाट पाउने आतिथ्य र पारितोषिकको लोभ आफैले खेल आयोजना गरे पूरा हुँदैनथ्यो । यो सबै स्वार्थ पूरा गर्नका लागि एन्फा नेतृत्वले यस्तो वातावरण बनाइसकेको थियो की, एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले नै रंगशालालाई अन्तर्राष्ट्रिय खेलका लागि ‘अयोग्य’ घोषणा गर्यो ।
नेपाली राष्ट्रिय टिम विश्वकपको दौडबाट बाहिरिइसकेको छ । अब अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी एसियन कपका लागि नेपालको चुनौती बाँकी छ । र, त्यही गह्रुंगो चुनौती मकिइसकेका काँधमा बोकेर नेपाली टोली अहिले भियतनाम पुगेको छ । उसोत, एउटै अंक जोड्न नसकेको नेपाल छनोटको समूह ‘एफ’को पुछारमा छ । तर नेपाल र भियतनाममाथि जित हासिल गरेर ६ अंकका साथ दुई खेलको समाप्तीमा शीर्ष स्थानमा रहेको मलेसियामाथि फिफाले कार्वाही गरेका कारण नेपालले नयाँ लाइफलाइन पाउने अपेक्षा गरिएको छ ।
फर्जी कागज पेश गरेर अयोग्य खेलाडी खेलाएको अभियोगमा मलेसिया फुटबल संघ र उसका सात खेलाडीमाथि फिफाको अनुशासन कार्वाही भएको छ । त्यसअनुसार मलेसियासँग पराजित भएर गुमाएको तीन अंक नेपालले प्राप्त गर्ने सम्भावना छ । त्यसो भए नेपालको साउदी अरेबिया जाने आशा जीवित रहन्छ ।
होम खेल घरमै खेल्न पाउनुपर्नेछ । जोर्डनसँग उसको मैदानमा ९ गोल खाए पनि घरमा १–१ को बराबरी गरेजस्तै नतिजा ल्याउन सक्नुपर्नेछ । उत्तर कोरियासँगको खेलबाट प्रेरणा लिनुपर्नेछ । तर, यो सबथोकबाट नेपाली फुटबललाई आफ्नै नेतृत्वले बञ्चित गरिसकेको छ ।
त्यसका लागि लाओससँग समेत हारिसकेको अवस्थामा अब नेपालले बाँकी रहेका खेलमा सुखद नतिजा ल्याउन सक्नुपर्नेछ । तत्कालका लागि भियतनामसँग हार्नुहुन्न । अवे खेलको नतिजा जस्तो भए पनि होम खेल जित्नुपर्नेछ । त्यसका लागि होम खेल घरमै खेल्न पाउनुपर्नेछ । जोर्डनसँग उसको मैदानमा ९ गोल खाए पनि घरमा १–१ को बराबरी गरेजस्तै नतिजा ल्याउन सक्नुपर्नेछ । उत्तर कोरियासँगको खेलबाट प्रेरणा लिनुपर्नेछ । तर, यो सबथोकबाट नेपाली फुटबललाई आफ्नै नेतृत्वले बञ्चित गरिसकेको छ ।
बञ्चित यसअर्थमा की लाखौं फुटबलप्रेमीको आस्थामाथि निर्मम प्रहार गर्दै ‘अयोग्य’ घोषणा गरिएको रंगशालालाई योग्य बनाउनका लागि सिन्को नभाचेको फुटबल नेतृत्वले भियतनामविरुद्धको होम र अवे दुवै खेल उतै खेल्ने प्रपञ्च सफल बनाइसकेको छ । पहिलो लेगमा बिहीबार नेपाल ३–१ को नतिजामा पराजित भइसकेको छ । दोस्रो लेग मंगलबार उतै खेलेर राष्ट्रिय टिम घर फर्किनेछ ।
यतिमात्र होइन, नेपालले मंसिर २ मा मलेसिया तथा चैत १७ मा लाओसविरुद्ध हुने घरेलु खेल पनि आफ्नो मैदानमा खेल्न पाउने संकेत देखिँदैन । ‘अयोग्य’ रंगशालालाई योग्य बनाउन सिन्को नभाचिनु नै यसको सबभन्दा ठूलो प्रमाण हो ।
सुशासनको यो चर्को नाराको आवाज नेपाली खेलकुदसम्म अझै पनि पुग्न सकेको छैन । कुशासनको रोगले नेपालमा खेलकुद सबभन्दा बढि ग्रसित छ । त्यसमा पनि फुटबल अझ अग्रपंक्तिमा छ । खेलकुदसम्म र फुटबलसम्म यो नारा पुर्याउनैपर्छ ।
कैयौं १२ वर्षमा पनि खोला नफर्किएको नेपाली फुटबलमा अब खोला फर्किनैपर्छ । पूरा देश अहिले सुशासनको महाअभियानमा छ । अघिल्लो महिनाको जेन्जी आन्दोलनले राजनीतिक नक्सामा उलटफेर गरेपछि राज्यका सबै तह र तप्कामा कुशासनको अन्त्य हुने र सुशासन स्थापना हुने स्वभाविक आशा पलाएको छ । तर सुशासनको यो चर्को नाराको आवाज नेपाली खेलकुदसम्म अझै पनि पुग्न सकेको छैन । कुशासनको रोगले नेपालमा खेलकुद सबभन्दा बढि ग्रसित छ । त्यसमा पनि फुटबल अझ अग्रपंक्तिमा छ । खेलकुदसम्म र फुटबलसम्म यो नारा पुर्याउनैपर्छ ।
१४ वर्षअघिकै उदाहरण लिउँ । टिमोर लिस्टेविरुद्धको खेलका लागि एन्फाले चलिरहेको शीर्ष डिभिजनको लिग १० दिन रोकेर मैदान बनाएको थियो । जोर्डनविरुद्धको खेल लिग सकिएको १२ दिनपछि थियो । त्यहीबीचमा मैदान तयार गरिएको थियो । गर्न चाहे अहिले पनि सकिन्छ । भियतनामविरुद्धको खेल उतै खेले पनि मलेसिया र लाओससँगका होम खेल अवे मैदानमा खेलाउने छुट एन्फालाई दिनुहुन्न ।
होम म्याच सुड बी प्लेड एट होम ।