पुस ५, २०८२ आइतबार | ०२:२८:५३
धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर

अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई साधारणसभाप्रति उत्तरदायी नरहेको आरोप लगाउँदै बिहीबार स्पष्टीकरण दिएका छन् ।

गत कात्तिक २ गते खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव किरण राईलाई निलम्बन गरेपछि अध्यक्ष नेम्वाङले खड्कासँग आइतबार लिखित स्पष्टीकरण मागेका थिए ।

नेम्वाङले खड्कामाथि ‘संघको पहिचानलाई कमजोर बनाएको, आन्तरिक विषयहरुमा गोपनियता कायम नराखेको, संघको विधान विपरित अनाधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सञ्जाल र आम सञ्चार माध्यमहरुको प्रयोग गरि गलत अफवाह फैलाएको जस्ता अनैतिक कार्यहरु गरेको’ आरोपसहित स्पष्टीकरण माग गरेका थिए ।

त्यसैको स्पष्टीकरण दिने क्रममा खड्काले ‘विधानअनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको, कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहँदा लेटरहेड, छापलगायतका सामाग्रीहरुमाथि पहुँच रहेको र त्यसलाई संघको कार्यालयमै बसेर प्रयोग गरेको, संघ विरोधी गतिविधि नगरेको, महासचिवले साधारणसभाको निर्णयविपरित आफूखुसी पत्रकार सम्मेलन गरेर लिग हुँदैन भनेपछि स्पष्टीकरण सोधेको र त्यसको जवाफ नआएपछि विधानअनुसार नै निलम्बन गरेको’ उल्लेख गरेका छन् ।

खड्काले स्पष्टीकरण पत्रमा ‘नेपाली फुटबललाई जीवन्त, चलायमानका साथै विधि विधान र पद्दतिपूर्वक सञ्चालन गर्न महासचिव राई बाधक रहेको’ जिकिर गर्दै उनलाई निलम्बन गर्ने आफ्नो निर्णय कार्यान्वयन होस भनेर पनि अनुरोध गरेका छन् ।

अध्यक्ष नेम्वाङ साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले महासचिवसँग स्पष्टीकरण मागेका थिए । महासचिवले गत बैशाखमा एन्फा साधारणसभाको निर्णयविपरित यो वर्ष लिग नहुने भन्दै पत्रकार सम्मेलन गरेपछि खड्काले उनीसँग स्पष्टीकरण मागेका थिए । तर राईले त्यसलाई बेवास्था गरेपछि बाध्यतावश निलम्बन गर्नुपरेको खड्काको भनाई थियो ।

नेम्वाङले भने आफू र महासचिव राई साउदी अरेबिया गएको बेला खड्काले अनधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरेको आरोप लगाएका थिए । खड्काले व्यक्तिगत रुपमा लेटरहेड र छापको दुरुपयोग गरि महासचिवलाई स्पष्टीकरण सोधेको र विना अधिकार महासचिवलाई निलम्बन गरेको भन्दै नेम्वाङले प्रश्न उठाएका थिए ।

तीन वर्षअघिको निर्वाचनमा एकै प्यानलबाट निर्वाचित भए पनि हाल एन्फा राजनीतिमा अध्यक्ष नेम्वाङ र वरिष्ठ उपाध्यक्ष खड्का फरक कित्तामा छन् । आन्तरिक राजनीतिमा महासचिव राई अध्यक्ष नेम्वाङका मुख्य सारथी हुन् । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I