माघ ८, २०८२ बिहीबार | १९:१५:४२
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई साधारणसभाप्रति उत्तरदायी नरहेको आरोप लगाउँदै बिहीबार स्पष्टीकरण दिएका छन् ।

गत कात्तिक २ गते खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव किरण राईलाई निलम्बन गरेपछि अध्यक्ष नेम्वाङले खड्कासँग आइतबार लिखित स्पष्टीकरण मागेका थिए ।

नेम्वाङले खड्कामाथि ‘संघको पहिचानलाई कमजोर बनाएको, आन्तरिक विषयहरुमा गोपनियता कायम नराखेको, संघको विधान विपरित अनाधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सञ्जाल र आम सञ्चार माध्यमहरुको प्रयोग गरि गलत अफवाह फैलाएको जस्ता अनैतिक कार्यहरु गरेको’ आरोपसहित स्पष्टीकरण माग गरेका थिए ।

त्यसैको स्पष्टीकरण दिने क्रममा खड्काले ‘विधानअनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको, कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहँदा लेटरहेड, छापलगायतका सामाग्रीहरुमाथि पहुँच रहेको र त्यसलाई संघको कार्यालयमै बसेर प्रयोग गरेको, संघ विरोधी गतिविधि नगरेको, महासचिवले साधारणसभाको निर्णयविपरित आफूखुसी पत्रकार सम्मेलन गरेर लिग हुँदैन भनेपछि स्पष्टीकरण सोधेको र त्यसको जवाफ नआएपछि विधानअनुसार नै निलम्बन गरेको’ उल्लेख गरेका छन् ।

खड्काले स्पष्टीकरण पत्रमा ‘नेपाली फुटबललाई जीवन्त, चलायमानका साथै विधि विधान र पद्दतिपूर्वक सञ्चालन गर्न महासचिव राई बाधक रहेको’ जिकिर गर्दै उनलाई निलम्बन गर्ने आफ्नो निर्णय कार्यान्वयन होस भनेर पनि अनुरोध गरेका छन् ।

अध्यक्ष नेम्वाङ साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले महासचिवसँग स्पष्टीकरण मागेका थिए । महासचिवले गत बैशाखमा एन्फा साधारणसभाको निर्णयविपरित यो वर्ष लिग नहुने भन्दै पत्रकार सम्मेलन गरेपछि खड्काले उनीसँग स्पष्टीकरण मागेका थिए । तर राईले त्यसलाई बेवास्था गरेपछि बाध्यतावश निलम्बन गर्नुपरेको खड्काको भनाई थियो ।

नेम्वाङले भने आफू र महासचिव राई साउदी अरेबिया गएको बेला खड्काले अनधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरेको आरोप लगाएका थिए । खड्काले व्यक्तिगत रुपमा लेटरहेड र छापको दुरुपयोग गरि महासचिवलाई स्पष्टीकरण सोधेको र विना अधिकार महासचिवलाई निलम्बन गरेको भन्दै नेम्वाङले प्रश्न उठाएका थिए ।

तीन वर्षअघिको निर्वाचनमा एकै प्यानलबाट निर्वाचित भए पनि हाल एन्फा राजनीतिमा अध्यक्ष नेम्वाङ र वरिष्ठ उपाध्यक्ष खड्का फरक कित्तामा छन् । आन्तरिक राजनीतिमा महासचिव राई अध्यक्ष नेम्वाङका मुख्य सारथी हुन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate