श्रावण २४, २०८२ शनिबार | १७:१९:४३
सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट
शनिबारको दिन शनिबारको दिन

पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा

काठमाडौं । नेपाली खेलकुदमा एउटा ठूलो समस्या छ । खेलकुदले समाजबाट हकलाग्दो महत्व पाएको छैन । खेलकुदका मुद्दा समाजमा चर्चाको विषय बन्दैनन् । समाजले महत्व नदिएपछि सरकार र व्यावसायिक प्रतिष्ठानबाट पनि नेपाली खेलकुद अपहेलित अवस्थामा छ । जसका कारण खेलकुद आफ्नो बहुआयामिक विशेषता उजागर गर्न सफल भइरहेको छैन । समाज र देशलाई प्रगति र समृद्धिको बाटोमा हिँडाउन खेलकुदले उत्प्रेरकको भूमिका निर्वाह गर्न नसकिरहेको यथार्थ हो ।

नेपाली खेलकुदमा प्राज्ञिक बहस गर्न रुचाउनेहरूले प्रत्येक छलफलमा गर्ने गुनासा यस्तै हुन्छन् । वास्तवमा यो गुनासा धेरै हदसम्म जायज पनि छ । खेलकुदलाई खेलकुदको रूपमा बुझिएकै छैन । बुझाउने प्रयास भएकै छैन । स्वयं सरकार, खेलकुद विकासको जिम्मा लिएर बसेका निकायहरू आफैले यो सब बुझेका छैनन् वा बुझे पनि त्यसअनुसार समाजलाई बुझाउने काममा कञ्जुस्याइँ गरिरहेका छन् ।

नेपाली खेलकुद आम जनमानसको सोचमा एउटा फगत मनोरन्जनको साधनका रूपमा मात्र सीमित भइरहेका बेला त्यस्तो सोच परिवर्तनमा केही प्रयासहरू भएका छन् । ‘खेलकुदले युवालाई बिगार्छ’ भन्ने गलत भाष्य स्थापित भइसकेको अवस्थामा ‘होइन, यसले त युवालाई झन अनुशासनको बाटोमा हिँडाउँछ । शिक्षा र जुनसुकै क्षेत्रमा पनि करियर अगाडि बढाउन सघाउँछ । टिममा काम गर्न सिकाउँछ । राष्ट्रिय गौरवका कथाहरू लेख्न प्रेरित गर्छ’ जस्ता खेलकुदका यथार्थता प्रचारप्रसारमा खेलकुद र खेलाडीलाई नै माध्यम बनाएर सकारात्मक सन्देश प्रवाहको कोसिस भएका छन् ।

अघिल्लो वर्षभर कुनै पनि खेलाडीले बटुलेको चर्चाका आधारमा मञ्चको खेलाडी छनोट समितिले ५ खेलाडीको मनोनयन गर्ने अनि आम खेलप्रेमीको मतका आधारमा विजेता चयन गर्ने प्रक्रिया थियो ।

यस्तै एउटा सकारात्मक प्रयासको नाम हो, एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड र यसअन्तर्गतको पिपल्स च्वाइस विधा । २०६१ सालबाट नेपाली खेलकुदमा विभिन्न भूमिकामा रहेर योगदान गर्ने फरक विधाका खेलकर्मीलाई एकै थलोमा सम्मान गर्न थालेको नेपाल खेलकुद पत्रकार मञ्चले २०६६ सालबाट लोकप्रिय वर्ष खेलाडीको विधा थपेको थियो ।

 २०७७ सालमा ‘पिपल्स च्वाइस अवार्ड’ जितेकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही ।

नेपाली खेल पत्रकारहरूको छाता संगठनले गर्ने अवार्डमा यो विधा थप गर्नुको एउटै कारण थियो, कम्तीमा एक महिनाका लागि भए पनि देशव्यापी रूपमा खेलकुदको चर्चा चलाउने । त्यही चर्चामार्फत देशका कुनाकाप्चासम्म खेलकुदको सन्देश फैलाउने अनि समाजले हाल्ने थुप्रै तगारो नाघ्दै र अनिश्चित भविष्यको त्रासमुनि रहेर पनि राष्ट्रिय गौरवका कथा रच्नेहरूलाई नायकका रूपमा स्थापित गर्ने । खेलाडीको स्टारडममार्फत समग्र खेलकुदलाई औद्योगिकीकरणको बाटोमा छिराउन प्रयास गर्ने ।

मञ्चको उद्देश्य पहिलो संस्करणमै सफल रह्यो । पोखराकी भलिबल स्टार मञ्जु गुरुङले पहिलो पटक लोकप्रिय खेलाडीको विधामा बाजी मारिन् । अघिल्लो वर्षभर कुनै पनि खेलाडीले बटुलेको चर्चाका आधारमा मञ्चको खेलाडी छनोट समितिले ५ खेलाडीको मनोनयन गर्ने अनि आम खेलप्रेमीको मतका आधारमा विजेता चयन गर्ने प्रक्रिया थियो ।

 आलोचकहरूले खेलप्रेमीको एसएमएस मतबाट विजेता छानिने यो अवार्डलाई मञ्चको ‘पैसा कमाउने खेलो’ भनेर पनि कुरा काटे । 

मञ्चले अवार्ड हुनु ठीक एक महिनाअघि मनोनीत खेलाडीको सूची सार्वजनिक गर्ने गर्छ । ‘यसो गर्दा मनोनयनमा परेका सबै खेलाडी र तिनका समर्थकले आम खेलप्रेमीसमक्ष मत माग्न जाने पर्याप्त समय पाउँछन्,’ मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी उद्देश्य सुनाउँछन् ।

उनको सम्झनामा पहिलो संस्करणमै मञ्चले सोचेभन्दा बढी चर्चा हुन थाल्यो । खेलकुदका विषय आएपछि मुन्टो बटार्नेहरू पनि कस्ले जित्ला ? हाम्रो क्षेत्रको खेलाडी हो, जसरी पनि जिताउनुपर्छ भन्ने खालका छलफलमा जुट्न थाले । आफूलाई मनपर्ने वा आफू निकट खेलाडीको लागि मत हाल्ने मात्र नभई माग्न नै सक्रिय हुन थाले ।

 २०७९ सालकी ‘पिपल्स च्वाइस अवार्ड’ विजेता टेबलटेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठ ।

‘हामीले काठमाडौंको एउटा हलमा गर्ने अवार्ड त्यस अघिसम्म खेलकुद वृत्तभित्र मात्र सीमित थियो । तर पपुलर विधा थपिएपछि चाहिँ यो एकाएक देशव्यापी हुन थाल्यो । आफ्नो क्षेत्रका खेलाडीका लागि मत माग्न राजनीतिक दलका नेतादेखि सामाजिक अभियन्तासम्म लागे । कतिपय ठाउँमा यही अभियानका लागि मैत्रीपूर्ण खेलहरू आयोजना भए । आमसभा, माइकिङ, सञ्चारमाध्यममा विज्ञापन र सोसियल मिडिया क्याम्पेनिङ हुन थाले,’ राजवंशी रोमाञ्चित हुन्छन्, ‘राजनीतिक नेताले खेलकुदलाई महत्व दिएनन् भनेर सधैं गुनासो हुने गथ्र्यो । तर यो विधाको सुरु गरेपछि विभिन्न दलका नेताहरूले पनि समय निकालेर खेलाडीका लागि जिल्ला जाने, खेलकुदको भाषण गर्ने, खेलकुदमा सम्बन्धित खेलाडीले गरेका योगदानको चर्चा गर्न थाले ।’

 लोकप्रिय खेलाडी विधाको यो यात्राले बीचमा चार वर्षपछि २०७० सालमा नाम फेरेर ‘पिपल्स च्वाइस अवार्ड’ को नयाँ नाम अँगाल्यो ।

पोखरेली मञ्जु गुरुङले पहिलो संस्करण जित्नु स्वाभाविक थियो । पहिलो कुरा त उनी खेलकुदको समृद्ध संस्कार बोकेको सहरकी थिइन् । अनि देशैभर उत्तिकै लोकप्रिय खेल भलिबल उनको आधार थियो ।

मञ्जु स्वयंको अनुभव पनि यसमा राजवंशीको भन्दा फरक छैन । बरू त्योभन्दा उत्साहजनक छ । यही अवार्ड जित्न पोखरा र तत्कालीन मध्यमाञ्चल विकास क्षेत्र तथा देशैभर भलिबलप्रेमीमाझ चलेको अभियानले मञ्जुलाई स्टारबाट सुपरस्टार बनाएको थियो । भलिबल कोर्टको दायराभन्दा बाहिर उनी पहिलो पटक त्यही अभियान दौरान निस्किइन् । एकाएक ९ मिटर चौडाइ र १८ मिटर लम्बाइभित्रबाट मञ्जुको उपस्थिति देशव्यापी बन्न पुग्यो । अन्त्यमा विजेता घोषित भएसँगै माछापुच्छ्रे बैंकले उनलाई स्थायी जागिर नै दियो ।

यो विधा विवादमा पनि पर्यो । आलोचकहरूले खेलप्रेमीको एसएमएस मतबाट विजेता छानिने यो अवार्डलाई मञ्चको ‘पैसा कमाउने खेलो’ भनेर पनि कुरा काटे । तर, त्रिपुरेश्वर र देशैभरका जिल्ला सदरमुकामस्थित कभर्डहल वरिपरी खुम्चिएर निसास्सिइरहेको खेलकुद सम्भावनालाई देशव्यापी रूपमै सामाजिकीकरण गर्ने अभियानको सफलतासामु त्यस्ता आलोचनाको स्वर निकै मसिनो सुनियो । उद्देश्यको सफलताले गुञ्जायमान खेलकुद अभियानसामु त्यसको कुनै आवाजले अस्तित्व नै पाएन ।

 २०७७ सालकी ‘पिपल्स च्वाइस अवार्ड’ विजेता भलिबल खेलाडी उषा भण्डारी ।

मञ्जुबाट सुरु भएको त्यो अभियान प्रत्येक वर्ष उद्देश्यमा खरो उत्रिँदै निरन्तर अगाडि बढिरहेको छ । लोकप्रिय खेलाडी विधाको यो यात्राले बीचमा चार वर्षपछि २०७० सालमा नाम फेरेर ‘पिपल्स च्वाइस अवार्ड’ को नयाँ नाम अँगाल्यो । मञ्चले विजेता चयनको प्रक्रियामा पनि परिमार्जन गर्यो । पहिला विजेता चयन खेलप्रेमीको एसएमएस मत एकमात्र आधार थियो । अब त्यसमा खेलप्रेमीको अनलाइन मतसँगै फेसबुकमा गर्ने लाइक, खेल पत्रकार तथा सबै राष्ट्रिय खेलका मुख्य प्रशिक्षकले गर्ने मतलाई पनि थप गराइयो ।  

अहिलेसम्मका १५ विजेतामध्ये १३ जना महिला छन् । 

प्रक्रिया र नाम परिवर्तन भए पनि उद्देश्य उही थियो । अनि नतिजा पनि उस्तै । यही मर्ममा १५ संस्करणको यात्रा पूरा गर्दा पिपल्स च्वाइस अवार्डले केही रोचक तथ्य स्थापित गरेको छ ।  लोकप्रिय खेलाडी विधाको यो यात्राले बीचमा चार वर्षपछि २०७० सालमा नाम फेरेर ‘पिपल्स च्वाइस अवार्ड’ को नयाँ नाम अँगाल्यो ।भलिबलपछि टेबलटेनिसले चार पटक पिपल्स च्वाइस अवार्ड जितेको इतिहास छ ।

देशकै सबैभन्दा लोकप्रिय मानिने फुटबलबाट सन्तोष साहुखलले २०६७ सालमा बाहेक कसैले अहिलेसम्म पिपल्स च्वाइस अवार्ड हात पारेको इतिहास छैन । उसुकी झरना गुरुङ र एथलेटिक्सकी कान्छीमाया कोजु भलिबल र टेबलटेनिसबाहेकका खेलबाट पिपल्स च्वाइस अवार्ड जित्ने अरू थप खेलाडी हुन् । योभन्दा रोचक तथ्य त के भने अहिलेसम्मका १५ विजेतामध्ये १३ जना महिला छन् । पिपल्स च्वाइस अवार्ड जित्ने दुई पुरुष खेलाडी साहुखल र टेबलटेनिसका स्यान्टु श्रेष्ठ (२०७५) मात्र हुन् ।

भलिबलमा मञ्जुको विरासत पछ्याउँदै २०६८ सालमा पोखरेली सिपोरा गुरुङ, २०६९ सालमा न्यु डायमन्डकी रमिला तण्डुकार, २०७१ सालमा पोखराकै उत्पादन सरस्वती चौधरी, २०७६ सालमा न्यु डायमन्डकी रेश्मा भण्डारी, २०७७ सालमा म्याग्दीकी चेली राष्ट्रिय टिमकी कप्तान अरुणा शाही, २०७९ सालमा नेपाल पुलिसकी उषा भण्डारी र २०८१ सालमा एपिएफकी कविता भट्टले निरन्तरता दिए ।

 २०७८ सालकी ‘पिपल्स च्वाइस अवार्ड’ विजेता टेबलटेनिस खेलाडी एलिना श्रेष्ठ । 

त्यसबाहेक २०६७ सालमा फुटबलका सन्तोष साहुखलले बाजी मार्दा २०७० सालमा उसुकी झरना विजेता भएकी थिइन् । २०७२ सालमा विनाशकारी भूकम्पका कारण अवार्ड भएन भने टेबलटेनिसबाट २०७३ सालमा नविता श्रेष्ठ, २०७५ मा स्यान्टु श्रेष्ठ, २०७८ मा एलिना महर्जन र २०८० मा सिक्का सुवाल श्रेष्ठले पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको लोकप्रियतालाई उद्देश्यअनुरुप थप विस्तार गरिरहेका छन् ।