माघ ४, २०८१ शुक्रबार | १७:०६:५९
लुम्बिनीको पहिलो जित हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा लुम्बिनीको पहिलो जित हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा
शनिबारको दिन नेपाली फुटबल

मोफसलमा फुटबल माहोल, चर्च ब्वाइज हाबी

काठमाडौं । नेपाली फुटबल गतिविधि अहिले दयनीय अवस्थाबाट गुज्रिइरहेको छ । शीर्ष डिभिजन लिग फुटबल सहिद स्मारक लिग नभएको ५७६ दिन भइसकेको छ । नेपाली खेलाडीको अहिले जीविकोपार्जनको एकमात्रै स्रोत विभिन्न जिल्लामा हुने प्रतियोगिताहरू हो । शीर्ष डिभिजनका अधिकांश खेलाडीले अहिले मोफसलमा हुने प्रतियोगिताबाट रकम जोहो गरिरहेका छन् ।

नेपाली फुटबलमा विगतका दिनमा पनि यस्तो विकराल अवस्था नआएको होइन । त्यतिबेला पनि खेलाडीको आयस्रोत मोफसलका प्रतियोगिताले धानिदिएको थियो । अनि राष्ट्रिय टोली निर्माण पनि यही मोफसलका प्रतियोगितामा गरिएको प्रदर्शनका आधारमा हुन्थ्यो । अवस्था अहिले पनि यस्तै नै छ । फुटबल गतिविधि अस्तव्यस्त रहँदा खेलाडीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न स्थानमा हुने फुटबल प्रतियोगितामा दौडिरहेका छन् ।

अघिल्लो महिनातिरबाट मोफसलका प्रतियोगिताले गति लिन थालेको हो । अहिलेसम्म आधा दर्जनभन्दा बढी स्थानमा प्रतियोगिता भएको छ । त्यसमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड हाबी देखिएको छ । चर्च ब्वाइजले तीन फाइनल खेल्दा दुईमा उपाधि जितेको छ । एनआरटी एउटामा च्याम्पियन बन्दा विभागीय टोली एपिएफ क्लबको नाममा एउटा उपाधि रह्यो ।

मोफसलमा यसपालि पछिल्लो एक दशक नेपाली फुटबलमा उदाएका चर्च ब्वाइज र मछिन्द्र सक्रिय रहँदा गर्विलो इतिहास बोकेका क्लबहरु मनाङ मर्स्याङदी, थ्री स्टार र नेपाल पुलिस निस्क्रिय देखिएका छन ।

अनन्त तामाङ, कमल श्रेष्ठ, समीर तामाङ र एरिक विष्ट जस्ता चर्चित अनुहार रहेको चर्च ब्वाइजले गत नोभेम्बरमा गभर्नर्स गोल्डकपमा सहभागिता जनाएको थियो । सिक्किममा सम्पन्न ४०औं संस्करणको उक्त गोल्डकपमा चर्च ब्वाइज भारतीय आइएसएल क्लब चेन्नाइन एफसीसँग १-० ले पराजित भएकोे थियो । लगत्तै मंसिर अन्तिम साता भएको इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइज अर्को शीर्ष डिभिजन क्लब एनआरटीसँग ३-० ले निराश बन्यो ।

झापा कपको उपाधिका साथ चर्च ब्वाइज युनाइटेड ।

इलाम गोल्डकपलगत्तै सुरु भयो झापा कप । त्यसमा चर्च ब्वाइजले एनआरटीसँग पछिल्लो फाइनलमा बेहोरेको हारको बदला लियो । यसपालि चर्च ब्वाइजले विपक्षी पोस्टमा तीन गोल हान्यो । अञ्जन विष्टको कप्तानीमा रहेको एनआरटीले जवाफमा एक गोलमात्र फर्काउन सकेको थियो । अञ्जन मोफसलकै विभिन्न प्रतियोगिताका लागि भनेर चर्च ब्वाइजबाट एनआरटीसँग अनुबन्धित भएका थिए ।

पाँचथरको फिदिममा यही पुसमा सम्पन्न फाल्गुनन्द गोल्डकपमा चर्च ब्वाइजले शीर्ष डिभिजन क्लब मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराएर उपाधि हासिल गरेको थियो ।

यसबाहेक असोजमा भएको चितवन गोल्डकपमा बुटवल लुम्बिनीले बाजी मारेको थियो । बुटवलले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको थियो । मोफसलमा यसपालि पुलिसको यो एकमात्र सहभागिता रह्यो ।

इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै एनआरटीका खेलाडी । 

चितवनमै भएको राइनो कप फुटबलमा विभागीय टोली एपिएफले नमोबुद्ध युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उपाधि जितेको थियो । अहिले लमजुङको बेंसीसहरमा त्रिवेणी कप चलिरहेको छ ।

मोफसलमा यसपालि पछिल्लो एक दशक नेपाली फुटबलमा उदाएका चर्च ब्वाइज र मछिन्द्र सक्रिय रहँदा गर्विलो इतिहास बोकेका क्लबहरु मनाङ मर्स्याङदी, थ्री स्टार र नेपाल पुलिस निस्क्रिय देखिएका छन । पुलिसले आफूलाई नकआउट किङको दर्जा दिन्थ्यो । त्यस्तै कुनै जमाना थियो मोफसलमा थ्री स्टार र मनाङको उपस्थिति नेपाली समर्थकलाई चाहिन्थ्यो नै । तर, अहिले अवस्था फेरिएको छ । मनाङ र थ्री स्टारमा अहिले चर्चित खेलाडीको बाहुल्य त रहेन नै । नाम चलेका खेलाडीको के कुरा गर्नु, यहाँ त टोली निर्माण गर्न नै क्लबलाई गाह्रो भइरहेको अवस्था छ ।