कार्तिक २२, २०८२ शनिबार | १६:१९:५५
‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण
शनिबारको दिन

एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण यही मितिमा सुरु गर्ने भनेर नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरिसकेको त छैन । तर, यसको चर्चा र सहभागी टिमले तयारीमा तीव्रता दिएका छन् ।

स्तरीय खेलाडी, उत्कृष्ट बोर्डकास्टिङसँगै पहिलो संस्करणको एनपिएल निकै चर्चा पायो । कानूनी प्रक्रियामा क्यान चुक्दा त्यति नै विवादित पनि बनेको छ ।

त्यसैले पनि दोस्रो संस्करणको टुंगो राम्रोसँग लागेको छैन । तर, क्यानले सात प्रदेशको प्रतिनिधित्व गर्ने आठ टिमलाई नोभेम्बरमा प्रतियोगिता हुन सक्ने सुइँको दिइसकेको छ ।

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका र प्रदेशको सहभागिता गराउने खेलाडीलाई टोलीमा निरन्तरता दिइएको छ । यसरी एनपिएलको दोस्रो संस्करण खेल्ने टोलीका लागि कुल ५६ खेलाडीको टुंगो लागिसकेको छ ।

त्यसै अनुसार साबिक विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, चितवन टाइगर्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले एक मार्कीसहित ६ खेलाडी रिटेन गरिसकेका छन् । सबै टिमले क्यानको नियमअनुसार नै मार्की यथावत राखेका छन् ।

रिटेन गरेका ६ खेलाडीमा अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका र प्रदेशको सहभागिता गराउने खेलाडीलाई टोलीमा निरन्तरता दिइएको छ । यसरी एनपिएलको दोस्रो संस्करण खेल्ने टोलीका लागि कुल ५६ खेलाडीको टुंगो लागिसकेको छ । अब, अगस्टमा क्यानले प्रतियोगिताको बाँकी खेलाडी टुंगो लगाउन मिनी अक्सन गर्दै छ ।

जनकपुर बोल्ट्सअप्रत्यासित रूपमा फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुरले उपाधि जितेर मधेश प्रदेशमा खुसीयाली मनाएको थियो । उसले मार्की खेलाडी आसिफ शेख र कप्तान अनिल साहलाई रिटेन गरेको छ । 

जनकपुरले रिटेन गरेको कप्तान अनिल साह । 

यसबाहेक उत्कृष्ट बलर घोषित ललितनारायण राजवंशीसहित शुभ कंसाकार, किशोर महतो, तुलबहादुर थापामगर र रुपेश सिंहलाई रिटेन गरेको हो । आसिफले एनपिएलमा १० खेल खेल्दा १६२ रन बनाएका थिए । 

टोली फाइनलमा पुग्दा विदेशी खेलाडीकै साथ बलियो थियो । यता, ललितले सर्वाधिक १७ विकेट लिएका थिए ।

सुदूरपश्चिम रोयल्सफाइनलसम्म सानदार प्रदर्शन गर्दै त्रिवि क्रिकेट मैदानमा सबैभन्दा धेरै समर्थक बटुलेको सुदूरपश्चिम उपाधि निर्णायक भिडन्तमा जनकपुरसँग चुक्यो । 

दोस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यसहित सुदूरपश्चिमले मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । 

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी । 

पहिलो संस्करण उत्कृष्ट प्रदर्शन गरेका विनोदसहित नरेनले प्रदेशको पनि प्रतिनिधित्व गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी चुनिएका दीपेन्द्रले ९ खेलमा २२७ रन बनाएका थिए । अनुभवी विनोदले पनि ओपनिङमा उत्कृष्ट साथ दिँदै ९ खेलमा २३५ रन बनाए ।

कर्णाली याक्सअक्सनसम्म खासै चर्चामा नआएको कर्णाली याक्स स्पोर्ट्स प्रालिले भारतीय चर्चित खेलाडी शिखर धवन अनुबन्ध गरेर एनपिएलकै चर्चा र ब्रान्ड भ्यालु ह्वात्तै बढायो । 

सोमपाल कामीको कप्तानी तथा ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टोलीले प्लेअफसम्मकै यात्रा तय गरेको थियो । ट्यालेन्ट हन्टबाट विपिन शर्मा ल्याएर प्रतियोगिताकै उदीयमान खेलाडीको रुपमा कर्णाली याक्सले उभ्याएको थियो । उनले १३ विकेट लिएका थिए । 

कर्णालीले दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको युवा बलर विपिनप्रसाद शर्मा । 

यसलाई आधार मानेर कर्णालीले पुनः सोमपालसहित राष्ट्रिय टिमका गुलसन झा, नन्दन यादवसँगै उत्कृष्ट भएका विपिनलाई रिटेन गरेको छ । कर्णाली प्रदेशको झल्को दिने खेलाडी अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीलाई पनि मालिक गृहेन्द्र घिमिरेले रिटेन गराएका छन् ।

चितवन राइनोजपाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरलाई अनुबन्ध गरेर चितवनले पनि पहिलो सिजनमा सनसनी प्रदर्शन गरेको थियो । 

पहिलो संस्करणको इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चितवन चौथो भएको थियो । टोलीले मार्की तथा कप्तान कुशल मल्लसहित राष्ट्रिय टोलीका रिजन ढकाल, कमलसिंह ऐरीलाई रिटेन गरेको छ । 

चितवनका मार्की कुशल मल्ल । 

दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि नवीरकण गरेको छ । कुशलले पहिलो सिजनमा १ अर्धशतकसहित १८४ रन बनाएका थिए । रिजनले ८ खेलमा १३ विकेट लिएका थिए ।

काठमाडौं गोर्खाजसिइओ परिवर्तन र नाम नै परिवर्तनपछि काठमाडौं पनि दोस्रो संस्करणमा फरक देखिने संकेत गरेको छ । यसअघिको काठमाडौं गुर्खाज अब गोर्खाज भएको छ । 

मार्की तथा कप्तान करण केसी रहेको काठमाडौंले पहिलो संस्करण पाँचौं स्थानमा रहेर टुंग्याएको थियो । टोलीले करणसँगै भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र रशिद खानलाई रिटेन गरेको छ । 

काठमाडौंमा निरन्तरता पाएका ब्याटर भीम सार्की । 

करणले पहिलो संस्करणमा ७ खेलमा १२ विकेट लिएका थिए ।

विराटनगर किङ्ससन्दीप लामिछाने मार्की तथा कप्तान रहेको विराटनगरले पहिलो संस्करण बिर्सनलायक प्रदर्शन गर्यो । सन्दीप आफै स्वाभाविक लयमा आउन निकै संघर्ष गर्नुपर्यो । 

न्युजिल्यान्डका भेट्रान खेलाडी मार्टिन गप्टिल अनुबन्ध गरे पनि टोली छैटौं मात्रै भयो । ७ मध्ये २ खेलमात्रै जित्यो । विराटनगरले यसपटक सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । 

विराटनगरका मार्की सन्दीप लामिछाने । 

एनपिएल अघि भएको घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सन्दीप र लोकश तथा प्रतिश लयमा देखिएका छन् । त्यसैले पनि विराटनगर यसपटक अलि हौसाएको छ ।

पोखरा एभेन्जर्ससर्वाधिक ३ करोड ५७ लाखमा टिम खरिद गरेको पोखरा एभेन्जर्सका लागि पहिलो संस्करण बिर्सनलायक रह्यो । पोखराले पनि पहिलो सिजनमा २ जित मात्र निकाल्यो । 

टिम पाउन टोलीले सुरुमा जस्तो लडाइँ गरेको थियो, मैदानमा पनि जितका लागि उस्तै संघर्ष गर्नुपर्यो । मार्की कुशल भुर्तेलबाट टोलीले आस गरेको प्रदर्शन पाउन सकेन । अन्य खेलाडी पनि चल्न सकेनन् । विदेशी खेलाडी पनि स्वाभाविक लयमा रहेनन् । 

पोखराले रिटेन गरेका बलर सागर ढकाल । 

यसपटक टोलीले मार्की कुशलसहित दिनेश खरेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाई रिटेन गरेको छ । मार्की कुशल भुर्तेलले ७ खेलमा मात्र ५४ रन बनाएका थिए ।

लुम्बिनी लायन्सराष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनी लायन्सले पहिलो संस्करण कहिल्यै सम्झन चहाँदैन। लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेको टोलीले ७ खेलमा १ जित मात्र निकालेकाे थियाे । 

लुम्बिनीले रोहितसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिषेक गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको छ । यद्यपि रोहितले अन्य खेलाडीको भन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

लुम्बिनीका मार्की रोहितकुमार पौडेल ।

रोहितले ७ खेलमा २ अर्धशतकसहित २७९ रन बनाएका थिए । बलिङमा पनि उनले ८ विकेट लिएका थिए ।