पुस १५, २०८२ बुधबार | २०:३७:०५
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन

फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल

काठमाडौं । पाकिस्तानको फुटबल समुदायका लागि ठूलो झट्का दिँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तानलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई पुनः तत्कालको प्रभावले निलम्बन गरेको हो । गत बिहीबार फिफा काउन्सिल ब्यूरोले गरेको निर्णयअनुसार पिएफएफले आफ्नो विधानको परिमार्जित संस्करण अंगीकार गर्न असफल भएका कारण यो निर्णय लिइएको हो । जसलाई फिफा र एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले पिएफएफमाथि लागेको पछिल्लो प्रतिबन्धपछि सामान्यीकरण प्रक्रियाको भागको रूपमा अनिवार्य गरेको थियो।

फिफाले पहिलो पटक पाकिस्तान फुटबल फेडेरेसनलाई १० अक्टोबर २०१७ मा तेस्रो पक्षको हस्तक्षेपका कारण निलम्बन गरेको थियो । फिफाको यो प्रतिबन्ध करिब एक वर्षसम्म कायम रह्यो । 

फिफाको आधिकारिक विज्ञप्तिले लोकतान्त्रिक र न्यायपूर्ण शासन सुनिश्चित गर्न पाकिस्तानी फुटबल प्रशासनमा अहिले निलम्बनको अपरिहार्य भएको जनाएको छ ।

‘पाकिस्तान फुटबल फेडेरेसनलाई तत्काल प्रभावले निलम्बन गरिएको छ । यसले पिएफएफको विधानको परिमार्जित संस्करण अंगीकार गर्न असफल भएको छ । नयाँ विधानले न्यायपूर्ण र लोकतान्त्रिक चुनाव सुनिश्चित गर्ने र यसले फिफाबाट अनिवार्य गरिएको आफ्नो दायित्व पूरा गर्ने आस थियो,’ फिफा काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘निलम्बन तब हटाइने छ, जब पिएफएफ कंग्रेसले फिफा र एएफसीबाट प्रस्तुत विधानको संस्करण स्वीकृत गर्नेछ,’ विज्ञप्तिमा थप उल्लेख छ । फिफाले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध विश्व फुटबलका निम्ति नयाँ भने होइन । फिफाबाट पिएफएफ प्रतिबन्धमा परेको यो तेस्रो पटक हो । पिएफएफ र प्रतिबन्धबीचको यो सम्बन्ध सन् २०१७ बाट सुरु भएको थियो । यसले पिएफएफमा जारी शासकीय र प्रशासनिक समस्याहरू स्पष्ट देखाउँछ ।

मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै नेपाल (नीलो) र पाकिस्तान, तस्विरः एन्फा । 

फिफाले पहिलो पटक पाकिस्तान फुटबल फेडेरेसनलाई १० अक्टोबर २०१७ मा तेस्रो पक्षको हस्तक्षेपका कारण निलम्बन गरेको थियो । फिफाको यो प्रतिबन्ध करिब एक वर्षसम्म कायम रह्यो । पिएफएफ १३ मार्च २०१८ मा प्रतिबन्धबाट फुकुवा भयो । प्रतिबन्ध हटेसँगै पाकिस्तानलाई २०१८ मा भएको एसियाली खेलकुद र साफ च्याम्पियनसिपमा भाग लिन अनुमति प्राप्त भएको थियो ।

७ अप्रिल, २०२१ मा पिएफएफलाई फिफाले दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट प्रतिबन्ध गर्यो । सोही वर्षको २७ मार्चमा पाकिस्तान फुटबल फेडेरेसनको कार्यालयलाई पूर्वअध्यक्ष सैयद अस्फाक हुसेन शाहको नेतृत्वमा एक समूहले बलजफ्ती कब्जा गरेपछि त्यस बेला फिफा यो निर्णयसम्म पुगेको थियो ।

यस कारण पाकिस्तानमा भइरहेको महिला फुटबल च्याम्पियनसिपसमेत रद्द भयो । सैयदले पिएफएफमाथि बल प्रयोग गरेसँगै बाह्य हस्तक्षेपका कारण तत्काल निलम्बन गरेको थियो । त्यसबेला फिफाको यो प्रतिबन्ध एक वर्षभन्दा बढी समयसम्म कायम रह्यो । जसबाट पिएफएफ २९ जुन २०२२ मा मुक्त भएको थियो ।

नेपाल (रातो) र पाकिस्तानको युवा टोली प्रतिस्पर्धा गर्दै । 

प्रतिबन्धको अर्थ के ?पछिल्लो निलम्बन पाकिस्तानी फुटबलको लागि ठूलो धक्का बनेको छ । विशेष गरी महिला राष्ट्रिय टिमका निम्ति । पाकिस्तानी महिला टिमले गत वर्ष नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा साबिक विजेता बंगलादेशविरुद्ध १–१ को सनसनीपूर्ण बराबरी खेलेको थियो । जतिबेला पाकिस्तानले खेलको इन्जुरी समयअघिसम्म साबिक विजेताविरुद्ध १–० को अग्रता बनाएको थियो ।

प्रतिबन्धमा परेसँगै पाकिस्तानको राष्ट्रिय टोली र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनबाट वञ्चित बनेका छन् । अर्थात पाकिस्तानका कुनै पनि फुटबल टिमले फिफा र एएफसीबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।  साथै यो प्रतिबन्धले विकासात्मक कार्यक्रम, वित्तीय सहायता र अन्तर्राष्ट्रिय सहकार्यलाई असर पुर्याउने छ । जसले पाकिस्तानी फुटबलको प्रगति प्रक्रिया थप अवरुद्ध बनाउने निश्चित बनेको छ ।

पाकिस्तानको महिला फुटबल टोली, तस्विरः केशव कटवाल/खेलाडी ।